Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

बागलुङको धवलागिरि क्याम्पस सभापतिमा अनेरास्ववियुकी शेख विजयी

खबरडबली संवाददाता

बागलुङ । स्वतन्त्र विद्यार्थी यूनियनको नयाँ नेतृत्वका लागि बागलुङस्थित धवलागिरि बहुमुखी क्याम्पसमा भएको निर्वाचनमा अनेरास्ववियुकी आश्मिन शेख विजयी भएको छन।

बुधबार विहान सम्पन्न मत परिणामअनुसार अखिल संयुक्तबाट उम्मेदवार बनेकी अनेरास्ववियुकी शेखले ५५२ मत प्राप्त गरी विजयी भएको हो । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघकी सृष्टि आचार्यले ४९१ ले मत प्राप्त गरे। 

सभापतिमा उम्मेदवारी दिए पनि नेविसंघकी उम्मेदवार आचार्यलाई समर्थन गरेका दिपक सुवेदीले ७ मत प्राप्त गरे। शेख धवलागिरि बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित हुने पहिलो महिला बनेको छिन । 

सचिवमा नेविसंघका सचिन हरिजन ५३४ मत प्राप्तगरी विजयी भएको छन । उनका निकटम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारी ९अखिल संयुक्त प्यानल० का रुद्रबहादुर पुनले ५०९ मत प्राप्त गरिन। कोषाध्यक्षमा पनि नेविसंघका बिशाल थापाले ६५४ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी अखिल संयुक्त प्यानलकी रेशा शर्माले ३८४ मत प्राप्त गरिन।  

सदस्यहरूमा नेविसंघका ७ र अनेरास्ववियका १ जना उम्मेदवार विजयी भएका छन् । नेविसंघका प्रशान्त सुवेदीले ६१२, दीपसागर सुवेदीले ६११, सुदिप घर्ती मगरले ५५८, सृष्टि घर्तीले ५४३, सुवासबाबु घर्तीले ५२२, सेमान्त शर्माले ५१८ र शुभम राजभण्डारीले ४९६ र अनेरास्ववियुका विकल्प घर्ती मगरले ५६४ मत प्राप्त गरी विजयी भएका हुन् ।

बागलुङको एक मात्र आङ्गिक क्याम्पस धवलागिरि बहुमुखी क्याम्पसमा मंगलबार भएको मतदानमा १ हजार ५९ मत खसेको थियो । क्याम्पसमा १ हजार ४ सय ७६ मतदाता रहेका थिए । निर्वाचनमा कांग्रेसले नेविसंघको एकल प्यानल बनाएको थियो । एमाले, माओवादी, राष्ट्रिय जनमोर्चा, नेकपा एस र राप्रपाको संयुक्त प्यानल बनाएर निर्वाचनमा सहभागी भएका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झापा–५ बाट निर्वाचित बालेन शाहले बुझे प्रमाणपत्र

काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफ्नो निर्वाचन प्रम...

झापा-५ मा बालेनले ओलीलाई करिब ५० हजार मतान्तरले हराए

काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार शाहले ...

मोरङ–२ मा कृष्ण कार्की ठूलो मतान्तरले निर्वाचित, मिनेन्द्र रिजाल तेस्रो

विराटनगर । मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्ण कार्की प्रतिनिधिसभा सदस्यमा निर्वा...

नेपाली जनता र सरकारलाई मोदीको बधाइ - दिए ‘ऐतिहासिक कोशेढुंगा’को संज्ञा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै सम्पन्न निर्वाचनको सफलताका लागि नेपाली जनता र सरकारलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल ...

झापा-५ को अन्तिम परिणाम सार्वजनिक गरिदै, सुरक्षा व्यवस्था कडा

काठमाडौं । सर्वाधिक चासोको क्षेत्र मानिएको झापा–५ को मतगणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ ...

तोसिमा कार्की ललितपुर–३ बाट भारी मतान्तरले निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी ललितपुर क्षेत्र नं. ३ की उम्मेदवार तोसिमा कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। निर्वाचन परिणामअन...

सिन्धुली–१ मा रास्वपाका धनेन्द्र कार्की विजयी

काठमाडौं। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धनेन्द्र कार्की विजयी ...

लमजुङमा रास्वपाका धर्मराज केसी विजयी, पृथ्वी सुब्बा गुरुङ पराजित

गोरखा । लमजुङ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार धर्मराज केसी विजयी भएका छन्। उनले नेकपा एमाले का उम्मे...

गुल्मी–१ मा रास्वपाका सागर ढकाल विजयी

गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकाल विजयी भएका छन्। उनल...

काठमाडौं ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE