तनहुँ । राजमार्ग विस्तारको क्रममा पृथ्वीराज मार्गमा भएको एक महिना सम्मको आंशिक अवरोध हटेको छ । विस्तारको क्रममा रहेको पृथ्वीराज मार्गको मुग्लिङ–पोखरा अन्तर्गतको पूर्वी खण्डमा भएको अवरोध शुक्रवारबाट हटेको हो । यातायात अवरोध हुँदा यात्रुलाई सास्ती भएको थियो ।
राजमार्ग विस्तारको कामको लागि तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगर खण्ड एक महिनासम्म आंशिक रूपमा बन्द भएको थियो । बन्दीपुर–४ चुनपहरास्थित सडक निर्माणकार्यलाई तीव्रता दिन एक महिना सम्मको लागि यातायात व्यवस्था कार्यालय विमलनगरबाट नयाँ पुलसम्म पाँच सय मिटर खण्ड आंशिक रूपमा बन्द गर्न गरिएको थियो ।
उक्त खण्ड आवश्यकताअनुसार समय समयमा ४५ मिनेटदेखि एक घण्टासम्मका लागि बन्द गरिएकोमा सो अवरोध हटेको मुग्लिङ–पोखरा सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। निर्माणको काम भने जारी रहेकोले आंशिक रूपमा करिब १५ मिनेट सम्म अवरोध हुन सक्ने उनले जानकारी दिए। पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क ९एडिबी०को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु। छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३० गते, २०८२ - १२:२१
काठमाडौँ । नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा। राजन भट्टराईले भदौ २३ र २४ गते भएका घटनाको निष...
माघ ३० गते, २०८२ - १२:००
डोल्पा । डोल्पामा बिहीबार बिहान जिप दुर्घटना भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–३ जिउ गाउँदेखि त्रिपुराकोटतर्फ आउँदै गरेको जिप दुर्घटनामा परेको स्थानीय...
माघ ३० गते, २०८२ - ११:३८
नेपालगन्ज। फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मतदातालाई सही मतदान गर्ने तरिका सम्बन्धी जानकारी दिनुका साथै मतदान गर्न उत्प...
माघ ३० गते, २०८२ - ११:२४
काठमाडौँ। स्थानीय बजारमा आज तोलामा रु १०० ले सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने रु ५० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आ...
माघ ३० गते, २०८२ - ११:११
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट राजीनामा दिएका छन्। उनले बिहीबार महामन्त्री कबिन्द्र बुर्...
माघ ३० गते, २०८२ - ११:०१
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी तथा हिमाली जिल्लाको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री सुशीला कार्की सोलुखुम्बु पुगेकी छन्। ...
माघ ३० गते, २०८२ - १०:४८
नवलपरासी। पश्चिम नवलपरासी क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि नेपाली कांग्रेसका उम्मेदवार एवं केन्द्रीय सदस्य विनोद चौधरीले आ...
माघ २९ गते, २०८२ - १७:२०
काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटनविरुद्ध दायर रिट निवेदनमा फागुन ८ गतेका लागि साधारण तारेख तोकेको छ। यसअघि अदालत प्रशासनले आजका लागि साधारण तारे...
माघ २९ गते, २०८२ - १७:०१
बर्दिबास। महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी मिलले आन्तरिक कारण जनाउँदै उखु क्रसिङ अस्थायी रूपमा बन्द गरेको छ । कारखानाले आज बिहानदेखि क्रसिङ बन्द भए...
माघ २९ गते, २०८२ - १६:५७
दमक। उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीले नयाँ विचार र सोचको प्रतिनिधित्व गर्ने बताएको छन् । जेनजी आन्दोलनपछि विकल...



प्रतिकृया लेख्नुहोस्: