सिद्धार्थनगर । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेयले लुम्बिनी बौद्धमार्गीहरुको आस्थाको केन्द्रसँगै विश्व शान्ति पर्यटनको केन्द्र रहेको बताएको छन । दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव तथा अन्तर्राष्ट्रिय ध्यान महोत्सव उद्घाटन समारोहलाई शुक्रवार बिहान सम्बोधन गर्दै मन्त्री पाण्डेयले विश्वभरका शान्तिप्रियहरुको पनि पवित्र स्थल भएकाले शान्ति पर्यटनको केन्द्र भएको उल्लेख गरे।
चिनिया दुताबाससँगहको सहकार्यमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहित विभिन्न निकायहरूको आयोजनामा बिहीबारदेखि सुरु भएको महोत्सवको शुक्रवार बिहान उद्घाटन समारोह गरिएको हो । मन्त्री पाण्डेयले लुम्बिनी बौद्ध धर्माम्बलम्बीहरुको आस्थाको केन्द्र मात्रै नभई विश्वव्यापी रूपमा लुम्बिनीबाट शान्ति, एकता सदभाव र मानवताको सन्देश दिन सकिने बताउनुभयो । उहाँले विश्व सम्पदा सूचीमा रहेको लुम्बिनीको संरक्षणका लागि मन्त्रालयले काम गरिरहेको बताए। उनले चिनियाँ दूतावासले गरेको लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सवले नेपालको पर्यटन प्रवर्द्धनसँगै मित्रता भातृत्व र एकतालाई बलियो बनाउने बताए । मन्त्री पाण्डेयले भने नेपालले संस्कृति, आध्यात्मिक र साहसी पर्यटनबाट लाभ लिन सक्ने बताउँदै यसको प्रमुख गन्तव्य लुम्बिनी हुन्छ, हालै पर्यटन प्रवर्द्धन, संस्कृति आदानप्रदान र हवाई सेवा विस्तारका लागि थाइल्यान्ड, कम्बोडिया लगायतका देशसँग सहकार्यमा सम्झौता भएको छ ।
अब त्यसको कार्यान्वयनमा लाग्न आग्रह गरे। लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डेयले बुद्ध जन्मस्थल लुम्बिनीसँग जोडिएका तिलौराकोट, देव दह र रामग्रामलाई विश्वशान्ति सहर बनाउनुपर्नेमा जोड दिए । नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले चिनले नेपालसँगको सम्बन्धलाई दिगो बनाउन पवित्र स्थल लुम्बिनीमा दोस्रो पटक लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति सम्मेलन गरेको बताए। सम्मेलनको उद्घाटन मायादेवी मन्दिर उद्यानमा १ सय भिक्षु र ४ सय साधकको सहभागितामा ध्यान गराइएको थियो ।
शनिवार खेलकुद र विकासका लागि अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन कार्यक्रम राखिएको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष पूर्व मन्त्री जीवनराम श्रेष्ठले बताए। शुक्रवार समितिले लुम्बिनी क्षेत्रका खेलकुदका सामाग्रीहरू समेत वितरण गर्ने छ । शुक्रवार नै लुम्बिनी विश्वविद्यालयमा सांस्कृतिक आदानप्रदान कार्यक्रम, साँझ लुम्बिनी स्क्वायरमा सांस्कृतिक कार्यक्रम राखिएको दूतावासले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८२ - १७:१९
सर्लाही । कांग्रेस सभापति गगन थापाले सर्लाही-४ बाट मनोनयन दर्ता गराएका छन् । आफू टिकट वितरणमा व्यस्त भएपछि सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता ...
माघ ७ गते, २०८२ - १७:०६
चितवन। आगामी प्रतिनिधि सभा निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गरेक...
माघ ७ गते, २०८२ - १६:५६
रुकुम । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन् । मुख्य नि...
माघ ७ गते, २०८२ - १६:४२
रौतहट । रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका स्वर्गीय नेता अफताब आलमका छोरा डा। फिरदोस आलमले उम्मेदवारी दर्ता गराएका छन् । यसअघिको निर्वाचनमा...
माघ ७ गते, २०८२ - १६:१४
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका नागरिक बचाउ महाअभियानका संयो...
माघ ७ गते, २०८२ - १५:५३
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत, पर्साले १ करोड धरौटी माग गरेको छ । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा...
माघ ७ गते, २०८२ - १५:५०
काठमाडौं । निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले आगामी निर्वाचनका लागि ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । जेनजी आन्दोलनपछि ...
माघ ७ गते, २०८२ - १५:०७
झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ताका क्रममा रास्वपा र ...
माघ ७ गते, २०८२ - १४:३२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार उनले झापा...
माघ ७ गते, २०८२ - १४:०८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले अधिकृतको कार्यालय पुगेर भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्...




प्रतिकृया लेख्नुहोस्: