धनगढी । सुदूरपश्चिम प्रदेशमा रानाथारु समुदायमा आज खख्डेहरा पर्व मनाइँदै छ । होरीको महत्वपूर्ण एवम् विशेष दिनको रुपमा सो समुदायका मानिसले खख्डेहरा पर्व मनाइ रहेका हुन । यस पर्वमा बिहानै गाउँभन्दा पर सडकमा खख्डेहरा फुटाउने गरिन्छ । गाउँका पुरुष, महिलाले खख्डेहरा फुटाउने गर्दछन् ।
खख्डेहरा फुटाएसँगै आजबाट पुरुषको तर्फबाट होरी समापन हुने गरेको जनाइएको छ । होरी यो समुदायको सबैभन्दा ठुलो पर्व हो । माघ पूर्णिमाबाट सुरु भएको यो पर्व एक महिना आठ दिनसम्म मनाउने गरिन्छ । होरीको अन्तिम दिनलाई खख्डेहरा पर्वको रुपमा मनाउने गरेको धनगढी गाउँका पध्ना (भलमनसा)भज्जी रानाले बताए।
उनका अनुसार खख्डेहरा पर्वमा बिहानै पाँच बजेतिर खख्डेहरा फुटाइ सकेपछि पध्ना र चाकरको घरमा होरी खेल्ने, फगुइ माग्ने लगायतको चलन रहेको छ । साँझतिर खानपान गरेर एक वर्षका लागि होरीलाई बिदाइ गर्ने गरेको पध्ना रानाले बताए ।
खख्डेहरामा माटोको सात वटा गोली र खपरा लगेर सेलाउने गरिन्छ । सात गोलीलाई सात भवानीको रुपमा मान्ने गरेको पध्ना रानाको भनाइ छ । “राक्षसहरूलाई पराजित गरी भवानीहरूले रक्षा गरेकोले साँधैभरि यसरी नै साथ दिइरहनू भनेर पूजा गरिन्छ”, उनले भने,“त्यसपछि खख्डेहरा फुटाइन्छ ।” खख्डेहरामा खपरा फुटाउने गरेको बताइएको छ ।
रानाथारु समुदायको खख्डेहरा पर्वको अवसर पारेर सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा पनि दिएको छ । खख्डेहरा फुटाएर पुरुषले आफ्नो होरी समापन गर्ने गरे पनि महिलाले भने चैतको चराइँमामात्रै होरी समापन गर्ने गरेको जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - १७:०१
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण...
मंसिर २३ गते, २०८२ - १६:५४
कठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाडो समाधान हुनुपर्ने बताएको छन् । नक्खुस्थित एनसेल कार्...
मंसिर २३ गते, २०८२ - १६:३६
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनका लागि तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका...
मंसिर २३ गते, २०८२ - १६:२३
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता तथा नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु...
मंसिर २३ गते, २०८२ - १६:११
विराटनगर। काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।...
मंसिर २३ गते, २०८२ - १५:५२
काठमाडौँ। पछिल्लो छ कारोबार दिन पुँजीबजार निरन्तर ओरालो देखिएको छ । गतहप्तादेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यस हप्ता कारो...
मंसिर २३ गते, २०८२ - १५:३४
चितवन। विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षहरुमा लागत मूल्...
मंसिर २३ गते, २०८२ - १५:२०
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको टुङ्गो लगाउन यही मङ्सिर २४ र २५ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बोलाएको छ । ...
मंसिर २२ गते, २०८२ - १६:५४
काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...
मंसिर २२ गते, २०८२ - १६:४१
काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...




प्रतिकृया लेख्नुहोस्: