Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

१५ महिला हिम जलविज्ञानमा दिक्षित

खबरडबली संवाददाता

काठमाडौं। नेपाल राष्ट्रिय विश्व हिमनदी, जल तथा मौसम सप्ताह २०२५ अन्तर्गत ललितपुरको चाकुपातस्थित युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेजमा दुई दिने हिम जलविज्ञान तालिम समपन्न भएको छ।

हिउ पग्लिएर कति पानी बग्दछ, तापक्रम बढ्दा हिमतालको सतह कति बढ्छ र हिम नदी कति पछाडि हट्छ, भन्ने विषयहरूमा पूर्वानुमान लगाउन अति उपयोगी जाम्स जे२००० नामक सफ्टवेयर विश्वका धेरै देशहरूमा प्रयोग भइरहेका छन्।

विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ)को आह्वानमा हरेक वर्ष मे महिनाको तेस्रो हप्तामा उक्त संगठनका सबै सदस्य राष्ट्रहरूमा विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाइने सप्ताह यस वर्ष नेपालमा चैत्र ४ देखि १० गते सम्म परेको छ।

नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय अनुसार जल तथा उर्जा आयोगको सचिवालयको नेतृत्वमा नेपालका सरकारी तथा गै.स.स.हरूले उक्त सप्ताहमा विभिन्न कार्यक्रमहरू आयोजना गर्ने गर्दछन्।

यसै अन्तर्गत अन्तरराष्ट्रिय जल व्यवस्थापन संस्थान (इमि)ले जल तथा मौसमविद् समाज-नेपाल (सोहम), एभरेष्ट इन्जिनियरिङ कलेज, द स्मल अर्थ नेपाल (सेन) र युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेजको सहकार्यमा जल विज्ञान विधामा संलग्न नेपाली महिला प्राविधिकहरूलाई जाम्स जे२००० नामक सफ्टवेयर सफ्टवेयरको तालिम कार्यक्रम सञ्चालन गरेको हो।

उक्त सफ्टवेयर प्रयोग गरी हिउँ पग्लिएर बग्ने पानीको मात्राको अनुमान कसरी गर्ने, हिउँ पग्लिँदा तल्लो भेगमा बग्ने खोलाको बहावमा कस्तो असर पर्छ, र तापक्रममा वृद्धी भई धेरै हिउँ पग्लिँदा भविष्यमा सुख्खा याममा खोलाहरू कत्तिको सुक्छ भन्ने विषयमा दुधकोशी जलाधारको तथ्याङ्कको आधारमा तालिम दिइएको थियो।

दुई दिने तालिमबाट सरकारी, गै.स.स., निजी कम्पनी तथा विश्वविद्यालयका विद्यार्थी गरी १५ जना महिला प्रशिक्षार्थीहरू लाभान्वित भएका छन्।

कार्यक्रमको समापन सत्रमा अन्तरराष्ट्रिय जल व्यवस्थापन संस्थान (इमि), जल तथा मौसमविद् समाज-नेपाल (सोहम), द स्मल अर्थ नेपाल तथा युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेजका प्रतिनिधिहरूले सफल प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए।

आफुले आर्जन गरेको सीपबाट हिम जलविज्ञान सम्बन्धी आफ्नो शोध र थेसिस लेखनमा प्रयोग गर्न सकिने अभिव्यक्ति प्रशिक्षार्थीहरूले दिएका थिए। कार्यक्रमका मूल स्रोत व्यक्ति इमिका प्रख्यात हिम जलविज्ञ श्री सौरम प्राधानाङ्गले तालिमबाट प्राप्त सीपको निरन्तर प्रयोगबाट प्रशिक्षार्थीहरूको क्षमता थप अभिवृद्धि हुने जनाए।

 

 

 

 

 

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झापा–५ बाट निर्वाचित बालेन शाहले बुझे प्रमाणपत्र

काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफ्नो निर्वाचन प्रम...

झापा-५ मा बालेनले ओलीलाई करिब ५० हजार मतान्तरले हराए

काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार शाहले ...

मोरङ–२ मा कृष्ण कार्की ठूलो मतान्तरले निर्वाचित, मिनेन्द्र रिजाल तेस्रो

विराटनगर । मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्ण कार्की प्रतिनिधिसभा सदस्यमा निर्वा...

नेपाली जनता र सरकारलाई मोदीको बधाइ - दिए ‘ऐतिहासिक कोशेढुंगा’को संज्ञा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै सम्पन्न निर्वाचनको सफलताका लागि नेपाली जनता र सरकारलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल ...

झापा-५ को अन्तिम परिणाम सार्वजनिक गरिदै, सुरक्षा व्यवस्था कडा

काठमाडौं । सर्वाधिक चासोको क्षेत्र मानिएको झापा–५ को मतगणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ ...

तोसिमा कार्की ललितपुर–३ बाट भारी मतान्तरले निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी ललितपुर क्षेत्र नं. ३ की उम्मेदवार तोसिमा कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। निर्वाचन परिणामअन...

सिन्धुली–१ मा रास्वपाका धनेन्द्र कार्की विजयी

काठमाडौं। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धनेन्द्र कार्की विजयी ...

लमजुङमा रास्वपाका धर्मराज केसी विजयी, पृथ्वी सुब्बा गुरुङ पराजित

गोरखा । लमजुङ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार धर्मराज केसी विजयी भएका छन्। उनले नेकपा एमाले का उम्मे...

गुल्मी–१ मा रास्वपाका सागर ढकाल विजयी

गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकाल विजयी भएका छन्। उनल...

काठमाडौं ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE