Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

पर्यटकीय गन्तव्य बन्दै घोराहीको पुरन्धारा झरना

खबरडबली संवाददाता

घोराही । बबई गाउँपालिका –५ मा रहेको पुरन्धारा झरना पछिल्लो समय पर्यटकीय केन्द्रका रुपमा विकास भएको छ । हापुरे बजारबाट करिव १० किलोमिटर पश्चिम दक्षिण बबई नदीको छेउमा रहेको झरनाले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने गरेको छ ।  

घना जंगलको बिचमा करिव ४५ फिट उचाइबाट झर्ने झरनाकोे मनमोहक दृश्य अवलोकनसँगै फोटो, भिडियो खिच्ने र मनोरञ्जनका लागि दैनिक मानिसहरु पुग्ने गरेको स्थानीय बताउँछन् । गर्मीको समयमा झरनाको अवलोकनसँगै पौडी खेल्नका लागि धेरै मानिसहरु आउने गरेको बबई गाउँपालिका –५ निवासी स्थानीय शेरबहादुर बस्नेत बताउछन् । 

उहाँका अनुसार झरना अवलोकन, मनोरञ्जन तथा वनभोजका लागि दैनिक सय बढी आन्तरिक तथा बाह्य पर्यटक आउनेगरेका छन् । झरनाको प्रचार–प्रसारसँगै विकासका लागि पूर्वाधार निर्माण भएपछि यो क्षेत्रमा आउने मानिसको संख्यामा वृद्धि भएको भन्दै बस्नेतले भने, ‘पहिले खास चर्चामा थिएन, मानिस पनि आउँदैन थिए । पछिल्लो समय झरना क्षेत्रमा पूर्वाधार विकाससँगै प्रचार–प्रसार भएपछि आउने मानिसको संख्या दोव्वरले बृद्धि भएको छ ।’ 

उनका अनुसार खासगरी सार्वजनिक विदा र चाडपर्वको समयमा झरना हेर्न आउनेको संख्या धेरै हुनेगरेको छ । जंगल क्षेत्रमा भएको र स्तरीय सडक नहुँदा बर्षातको समयमा झरनास्थलसम्म पुग्न समस्या हुने भएकाले सवैभन्दा पहिले सडकको अवस्था सुधारमा ध्यान दिनुपर्ने अर्का स्थानीय सुनिता बुढाले बताए।

सडकको अवस्था सुधार गर्दै उक्त क्षेत्रमा पर्यटक आकर्षणका लागि थप पूर्वाधार निर्माण गर्न सके बाह्य तथा अन्तरिक पर्यटनको वृद्धि हुने उनको भनाइ छ । झरनासँगै जोडेर पर्यटक प्रवर्धनका लागि बबई नदीमा जलविहार, साहसिक खेल, प्राकृतिक पदयात्रा र जंगली जीवजन्तु अवलोकनका लागि पनि राम्रो सम्भाना रहेको र त्यसका लागि पूर्वाधार विकास आवश्यक रहेको बताईन। 

‘अहिले पुरन्धारा झरना मात्र मानिसहरु हेर्न आउने गरेका छन्, यहाँ झरना मात्र होइन, बबई नदीमा जलविहार, प्राकृतिक पदयात्रा र जंगली जीवजन्तु सकिने अवस्था छ’ स्थानीय बुढाले भनिन, ‘यी सबैलाई समेटेर विकास गर्न आवश्यक छ । जसले घुम्नेसँगै बबईको आर्थिक समृद्धिमा सहयोग पुग्ने देखिन्छ ।’ 

झरना भएको क्षेत्रलाई व्यवस्थित रुपमा विकाससँगै प्रचार–प्रसारका लागि गुरुयोजना निर्माण गरेर विकासको काम सुरु भए पनि बजेट अभावका कारण पूरा गर्न नसकेको बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री बताउछन् । झरना भएको स्थानसम्म पुग्नका लागि प्रदेश सरकार तथा बबई गाउँपालिकाको सहयोगमा विभिन्न समयमा सडक निर्माण, पिकनिक स्पोर्टस निर्माण, हिड्ने बाटोमा काठको रेलिङ, भर्याङ, शौचालय लगायत निर्माण गरिएको बताए। 

अध्यक्ष खत्रीका अनुसार डिभिजन वन कार्यालय मार्फत केही बर्षअघि करिव १४ लाख खर्च गरेर झरनासम्म पुग्नका लागि काठको रेलिङ, बस्नेत प्रतिक्षालय लगायतका संरचना निर्माण गरिएको तर ती प्रयाप्त नभएको बताउछन् । उनका पार्क क्षेत्रमा सडक समेत कालोपत्रे गरिएको अन्य क्षेत्रमा पनि ग्राभेल गरिएको बताए।  

झरना अवलोकन गर्न आउने पर्यटकबाट व्यक्तिगत शुल्क नलिने गरे पनि सवारीसाधनबाट पार्किङ शुल्क लिने गरिएको छ । मोटरसाइकलबाट ३० रुपियाँ, कार तथा जिपबाट दुईसय र बसबाट दुईसय ५० रुपियाँ लिने गरिएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुकुम्वासीको समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा मेरो सरकार ढालियो: प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण...

एनसेलको शेयर विवाद चाँडो समाधान हुनुपर्छ: सञ्चारमन्त्री खरेल

कठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाडो समाधान हुनुपर्ने बताएको छन् । नक्खुस्थित एनसेल कार्...

ईश्वर पोखरेलको अवधारणापत्र : नयाँ चुनौतीको सामना गर्न सक्षम हुनेगरी पार्टी सङ्गठनको पुनर्गठन गर्न जोड

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनका लागि तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका...

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता तथा नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु...

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

विराटनगर। काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।...

गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो

काठमाडौँ। पछिल्लो छ कारोबार दिन पुँजीबजार निरन्तर ओरालो देखिएको छ । गतहप्तादेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यस हप्ता कारो...

अण्डाको मूल्य हालसम्मकै उच्च, प्रतिगोटा कति पुग्यो ?

चितवन। विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षहरुमा लागत मूल्...

राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको टुङ्गो लगाउन यही मङ्सिर २४ र २५ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बोलाएको छ । ...

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुन:निर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...

हेटौँडा पुग्यो अदालतको पत्र, सडक विस्तार कार्य स्थगित

काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending