घोराही । बबई गाउँपालिका –५ मा रहेको पुरन्धारा झरना पछिल्लो समय पर्यटकीय केन्द्रका रुपमा विकास भएको छ । हापुरे बजारबाट करिव १० किलोमिटर पश्चिम दक्षिण बबई नदीको छेउमा रहेको झरनाले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने गरेको छ ।
घना जंगलको बिचमा करिव ४५ फिट उचाइबाट झर्ने झरनाकोे मनमोहक दृश्य अवलोकनसँगै फोटो, भिडियो खिच्ने र मनोरञ्जनका लागि दैनिक मानिसहरु पुग्ने गरेको स्थानीय बताउँछन् । गर्मीको समयमा झरनाको अवलोकनसँगै पौडी खेल्नका लागि धेरै मानिसहरु आउने गरेको बबई गाउँपालिका –५ निवासी स्थानीय शेरबहादुर बस्नेत बताउछन् ।
उहाँका अनुसार झरना अवलोकन, मनोरञ्जन तथा वनभोजका लागि दैनिक सय बढी आन्तरिक तथा बाह्य पर्यटक आउनेगरेका छन् । झरनाको प्रचार–प्रसारसँगै विकासका लागि पूर्वाधार निर्माण भएपछि यो क्षेत्रमा आउने मानिसको संख्यामा वृद्धि भएको भन्दै बस्नेतले भने, ‘पहिले खास चर्चामा थिएन, मानिस पनि आउँदैन थिए । पछिल्लो समय झरना क्षेत्रमा पूर्वाधार विकाससँगै प्रचार–प्रसार भएपछि आउने मानिसको संख्या दोव्वरले बृद्धि भएको छ ।’
उनका अनुसार खासगरी सार्वजनिक विदा र चाडपर्वको समयमा झरना हेर्न आउनेको संख्या धेरै हुनेगरेको छ । जंगल क्षेत्रमा भएको र स्तरीय सडक नहुँदा बर्षातको समयमा झरनास्थलसम्म पुग्न समस्या हुने भएकाले सवैभन्दा पहिले सडकको अवस्था सुधारमा ध्यान दिनुपर्ने अर्का स्थानीय सुनिता बुढाले बताए।
सडकको अवस्था सुधार गर्दै उक्त क्षेत्रमा पर्यटक आकर्षणका लागि थप पूर्वाधार निर्माण गर्न सके बाह्य तथा अन्तरिक पर्यटनको वृद्धि हुने उनको भनाइ छ । झरनासँगै जोडेर पर्यटक प्रवर्धनका लागि बबई नदीमा जलविहार, साहसिक खेल, प्राकृतिक पदयात्रा र जंगली जीवजन्तु अवलोकनका लागि पनि राम्रो सम्भाना रहेको र त्यसका लागि पूर्वाधार विकास आवश्यक रहेको बताईन।
‘अहिले पुरन्धारा झरना मात्र मानिसहरु हेर्न आउने गरेका छन्, यहाँ झरना मात्र होइन, बबई नदीमा जलविहार, प्राकृतिक पदयात्रा र जंगली जीवजन्तु सकिने अवस्था छ’ स्थानीय बुढाले भनिन, ‘यी सबैलाई समेटेर विकास गर्न आवश्यक छ । जसले घुम्नेसँगै बबईको आर्थिक समृद्धिमा सहयोग पुग्ने देखिन्छ ।’
झरना भएको क्षेत्रलाई व्यवस्थित रुपमा विकाससँगै प्रचार–प्रसारका लागि गुरुयोजना निर्माण गरेर विकासको काम सुरु भए पनि बजेट अभावका कारण पूरा गर्न नसकेको बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री बताउछन् । झरना भएको स्थानसम्म पुग्नका लागि प्रदेश सरकार तथा बबई गाउँपालिकाको सहयोगमा विभिन्न समयमा सडक निर्माण, पिकनिक स्पोर्टस निर्माण, हिड्ने बाटोमा काठको रेलिङ, भर्याङ, शौचालय लगायत निर्माण गरिएको बताए।
अध्यक्ष खत्रीका अनुसार डिभिजन वन कार्यालय मार्फत केही बर्षअघि करिव १४ लाख खर्च गरेर झरनासम्म पुग्नका लागि काठको रेलिङ, बस्नेत प्रतिक्षालय लगायतका संरचना निर्माण गरिएको तर ती प्रयाप्त नभएको बताउछन् । उनका पार्क क्षेत्रमा सडक समेत कालोपत्रे गरिएको अन्य क्षेत्रमा पनि ग्राभेल गरिएको बताए।
झरना अवलोकन गर्न आउने पर्यटकबाट व्यक्तिगत शुल्क नलिने गरे पनि सवारीसाधनबाट पार्किङ शुल्क लिने गरिएको छ । मोटरसाइकलबाट ३० रुपियाँ, कार तथा जिपबाट दुईसय र बसबाट दुईसय ५० रुपियाँ लिने गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २३ गते, २०८२ - १८:४०
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफ्नो निर्वाचन प्रम...
फाल्गुन २३ गते, २०८२ - १८:२४
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार शाहले ...
फाल्गुन २३ गते, २०८२ - १७:४४
विराटनगर । मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्ण कार्की प्रतिनिधिसभा सदस्यमा निर्वा...
फाल्गुन २३ गते, २०८२ - १७:३४
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै सम्पन्न निर्वाचनको सफलताका लागि नेपाली जनता र सरकारलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल ...
फाल्गुन २३ गते, २०८२ - १७:२७
काठमाडौं । सर्वाधिक चासोको क्षेत्र मानिएको झापा–५ को मतगणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ ...
फाल्गुन २३ गते, २०८२ - १७:१४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी ललितपुर क्षेत्र नं. ३ की उम्मेदवार तोसिमा कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। निर्वाचन परिणामअन...
फाल्गुन २३ गते, २०८२ - १७:०५
काठमाडौं। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धनेन्द्र कार्की विजयी ...
फाल्गुन २३ गते, २०८२ - १६:२५
गोरखा । लमजुङ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार धर्मराज केसी विजयी भएका छन्। उनले नेकपा एमाले का उम्मे...
फाल्गुन २३ गते, २०८२ - १६:१६
गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकाल विजयी भएका छन्। उनल...
फाल्गुन २२ गते, २०८२ - १७:३१
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। ...



प्रतिकृया लेख्नुहोस्: