रौतहट। शुक्रबार मध्यराति आएको भीषण हावाहुरीसहितको असिना पानीका कारण रौतहट जिल्लाका किसानहरु ठूलो मारमा परेका छन् ।
विशेष गरी जिल्लाको उत्तरी क्षेत्रका कृषकहरुले लगाएको मकै तथा गहुँबाली पूर्ण रुपमा नष्ट भएको छ ।
चन्द्रपुर, फतुवा विजयपुर, गुजरा तथा वृन्दावन नगरपालिकाका विभिन्न वडामा खेती गर्दै आएका किसानहरुको बालीनाली पूर्ण रुपमा सखाप भएपछि उनीहरु गहिरो चिन्तामा परेका छन् । स्थानीय किसानहरुका अनुसार उनीहरुले मेहनतका साथ लगाएको अन्नबाली असिना पानीले पूर्ण रुपमा नष्ट गरिदिएको छ ।
वृन्दावन नगरपालिका–१ का किसान रामलोचन राउतले लगाएको एक विघा १० कठ्ठा मकै पूर्ण रुपमा नष्ट भएको छ । त्यस्तै, चन्द्रपुर–१० का किसान अवधलाल राउतले आफ्नो करेसावारी तथा मकैबाली पूर्ण रुपमा क्षति पुगेको बताएका छन् । राउतका अनुसार उनले खेतमा लगाएको काक्रो, साग, करेला, प्याज, खुर्सानी तथा डेढ विघामा लगाएको मकै पूर्ण रुपमा नष्ट भएको छ ।
वृन्दावन–१ बलेरीका किसान प्रेमलाल पटेल, रविन्द्र पटेल र हेमन राउतले समेत ठूलो नोक्सानी व्यहोरेका छन् । प्रेमलाल पटेलले १० कठ्ठा, रविन्द्र पटेलले १५ कठ्ठा, हेमन राउतले १५ कठ्ठा मकै तथा १५ कठ्ठा गहुँबाली पूर्ण रुपमा गुमाएका छन् । बलेरी क्षेत्रका मात्रै करिब ५ सय विघामा लगाएको मकैबाली असिना पानीले नष्ट पारेको वृन्दावन जल उपभोक्ता समितिका सचिव सुरेन्द्रप्रसाद पटेलले जानकारी गराएका छन् ।
कृषकहरुले आफ्नो मेहनतले लगाएको बालीनाली एकै रातमा नष्ट भएपछि ठूलो आर्थिक मारमा परेका छन् । यस संकटपूर्ण अवस्थालाई ध्यानमा राख्दै स्थानीय तथा प्रदेश सरकारलाई राहत उपलब्ध गराउन किसानहरुले माग गरेका छन् । वृन्दावन जल उपभोक्ता समितिका सचिव पटेलले भने, “किसानले ठूलो आशा राखेर बाली लगाएका थिए, तर असिना पानीले सबै नष्ट गरिदियो । स्थानीय सरकारले पीडित किसानहरुको विवरण संकलन गरी संघ तथा प्रदेश सरकारसमक्ष राहतका लागि पहल गर्नुपर्छ ।'
कृषि प्रधान देश नेपालमा किसानहरु प्राकृतिक प्रकोपको मारमा परिरहँदा राहत तथा क्षतिपूर्ति कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न आवश्यक देखिन्छ । स्थानीय सरकारहरुले प्रभावित कृषकहरुको उचित क्षतिपूर्ति दिलाउन पहल गर्नुपर्ने आवाज उठ्न थालेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - १७:०१
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण...
मंसिर २३ गते, २०८२ - १६:५४
कठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाडो समाधान हुनुपर्ने बताएको छन् । नक्खुस्थित एनसेल कार्...
मंसिर २३ गते, २०८२ - १६:३६
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनका लागि तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका...
मंसिर २३ गते, २०८२ - १६:२३
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता तथा नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु...
मंसिर २३ गते, २०८२ - १६:११
विराटनगर। काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।...
मंसिर २३ गते, २०८२ - १५:५२
काठमाडौँ। पछिल्लो छ कारोबार दिन पुँजीबजार निरन्तर ओरालो देखिएको छ । गतहप्तादेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यस हप्ता कारो...
मंसिर २३ गते, २०८२ - १५:३४
चितवन। विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षहरुमा लागत मूल्...
मंसिर २३ गते, २०८२ - १५:२०
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको टुङ्गो लगाउन यही मङ्सिर २४ र २५ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बोलाएको छ । ...
मंसिर २२ गते, २०८२ - १६:५४
काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...
मंसिर २२ गते, २०८२ - १६:४१
काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...




प्रतिकृया लेख्नुहोस्: