Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

कुलमानबारे प्रधानमन्त्री ओलीले संसदमा के भने ?

खबरडबली संवाददाता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रसेवक कर्मचारीहरूको गुण वा दोषबारे टिप्पणी गर्ने उपयुक्त स्थल संसद् नभएको बताएका छन्।

सोमबारको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्तीमा परेका कुलमान घिसिङको विषय अदालतमा विचाराधीन रहेकोले संसद्मा यसबारे थप चर्चा, परिचर्चा विधिसम्मत नहुने तर्क गरेका छन् ।

केही दिनयता संसद् अवरुद्ध रहेको सन्दर्भ उल्लेख गर्दै भने,'एउटा कर्मचारीको विषयमा प्रश्न उठाएर संसद् अवरुद्ध गर्नु उचित होइन।'  उनले राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने र दोषीलाई कारबाही गर्ने विधि स्वयं सदनले निर्धारण गरेको बताए ।

प्रधानमन्त्री ओलीले कुनै कर्मचारीबाट विभागीय मन्त्रीले आफू प्रति ‘लोयल्टी’ महसुस नगरेमा 'चेन अफ कमान्डुले प्रभावकारी रूपमा काम गर्न नसक्ने अवस्था आउन सक्ने बताउँदै भने,'यस्तो अवस्थामा सरुवा गर्ने, जगेडामा राख्ने, स्पष्टीकरण माग्ने, नसिहत–चेतावनी दिने वा पदमुक्त गर्ने जस्ता निर्णय लिन सकिन्छ ।'

प्रधानमन्त्री ओलीको आजको सम्बोधनपछि संसद्को कारबाही पुनः सुचारु भएको छ।

प्रधानमन्त्री ओलीले भने,'केही दिनयता संसद् अवरुद्ध छ। सुशासनका विषयमा प्रश्न उठ्नु स्वाभाविक हो। सरकारका कामकारबाहीप्रति प्रश्न उठाउने वा समर्थन गर्ने स्थल नै यो सम्मानित सदन हो। तर, अहिले उठाइएको विषय सामान्य छ— एउटा कर्मचारीको विषयमा संसद् अवरुद्ध हुनु उपयुक्त होइन। राष्ट्रसेवक कर्मचारीहरूको गुणरदोष टिप्पणी गर्ने उचित स्थल संसद् होइन। यसका लागि निश्चित प्रक्रिया छन्। राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने र दोषीलाई कारबाही गर्ने विधि यसै सदनले निर्धारण गरेको छ ।'

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाही-१ मा रास्वपाकी भण्डारीको फराकिलो अग्रता

सर्लाही। सर्लाहीको क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नितिमा भण्डारी कार्कीले अग्रता बढाउँदै लगेका छन् ।  प्रारम्भिक मतपरिणाम...

विष्णु पौडेलभन्दा शुलभ खरेल १३ हजार बढी मतले अगाडि

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ को मतगणना जारी रहँदा रास्वपाका उम्मेदवार सुलभ खरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतगणना अनुसार खरेलले १६,७८८...

सुनसरी–१ मा रास्वपाकी गोमा तामाङको अग्रता, हर्क साम्पाङ दोस्रो स्थानमा

विराटनगर। सुनसरी क्षेत्र नम्बर १ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएपछि रास्वपाका उम्मेदवार गोमा तामाङले स्पष्ट अग्रता लिएकी छन्। प्रारम्भिक मतगणना अ...

ताप्लेजुङमा नेकपाका परागको सुरुवाती अग्रता

फुङलिङ। प्रतिनिधि सभा सदस्य निर्वाचन ताप्लेजुङमा नेपाली कम्युनिष्ट पार्टीका खेल प्रसाद बुढाक्षेत्री (पराग)ले सुरुवाती अग्रता लिएको छन् । सिरिजङ्घा ...

अछाम–१ मा भीम रावलको प्रारम्भिक अग्रता

अछाम। प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत अछाम क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टी उम्मेदवार भीमबहादुर रावलले सुरुवाती अग्रता लिएको छन् । ...

निर्वाचनको पछिल्लो मतगणना: ७० स्थानमा रास्वपा अगाडि

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जारी मतगणना अनुसार ७० स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ । निर्वाचन आयोगका अ...

भक्तपुर–२ मा रास्वपाको अग्रता कायमै

भक्तपुर। प्रतिनिधि सभा सदस्य निर्वाचनको बिहीबार सम्पन्न मतदानपछि मत परिणाम आउने क्रममा भक्तपुर निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९र...

सर्लाही–४ अमरेश अगाडि, गगन थापा पछि

सर्लाही। प्रतिनिधि सभा निर्वाचनको हट स्पट मानिएको सर्लाही क्षेत्र नम्बर ४ को प्रारम्भिक मतगणनामा गगन कुमार थापा पछि परेका छन्। सार्वजनिक भएको प्रार...

जुम्लामा ज्ञानेन्द्र शाहीको फराकिलो अग्रता

जुम्ला। जुम्ला कनकासुन्दरी गाउँपालिकाको वडा नम्बर १, २, ३, ५, ६ र ७ को हालसम्म मत गणना हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर शाही...

मोरङ–२ मा रास्वपाका प्रतिनिधि दुर्गा रेग्मीको मृत्यु

विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि दुर्गा रेग्मीको मृत्यु भएको छ। रास्वपाका उम्मेदवार कृ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE