काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजदूत एवम् वरिष्ठ पत्रकार कमल कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । सोमबार नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालय आलोकनगरमा पुगेर प्रधानमन्त्री ओलीले कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गरेको हो ।
सोमबार नेकपा एसको पार्टी केन्द्रीय कार्यालयमा कोइरालाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । पत्रकार, लेखक तथा कुटनीतिज्ञ समेत रहनुभएका कोइरालाको ८७ वर्षको उमेरमा आइतबार राति निधन भएको थियो । पक्षघातपछि उपचारका क्रममा अस्पताल लगिएको थियो । उपचारकै क्रममा कोइरालाको निधन भएको हो ।
यसैगरी, श्रद्धाञ्जली अर्पण गर्न पार्टी केन्द्रीय कार्यालयमा नेकपा एसका नेतारकार्यकर्ताहरूको भिड लागेको छ । श्रद्धाञ्जली दिन पुग्नुभएका पार्टीका अध्यक्ष माधवकुमार नेपालले कोइरालाले नेपालको कम्युनिष्ट आन्दोलनमा निर्वाह गरेको भूमिका महत्त्वपूर्ण रहेको बताए। चुनौतीहरूको सामना गरेर अघि बढ्नुपर्ने कुरा कोइरालाबाट सिक्नुपर्ने बताए। अध्यक्ष नेपालले कोइराला पत्रकारकाहरूको पनि आदर्श व्यक्तित्व भएको बताए ।
त्यस्तै, पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, नेपाली कांग्रेसका नेता डा। मीनेन्द्र रिजाल, पूर्वराजदूत टङ्क कार्की, त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पत्रकारिता विभाग प्रमुख डा जगत नेपाललगायत नेताहरुले श्रद्धाञ्जली दिए ।
उनी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को पोलिटब्यूरो सदस्यसमेत थिए । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - १७:१५
काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आज मन्त्रालयमा पदभार ग्रहण गरेकी छन्। प्रधानमन्त्री सुशीला कार्कीको ...
मंसिर २७ गते, २०८२ - १६:३५
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिका लागि पटकपटक सङ्घर्षबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित ...
मंसिर २७ गते, २०८२ - १६:२३
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा आगामी महाधिवेशनलाई लक्षित गर्दै पदाधिकारी तथा केन्द्रीय क...
मंसिर २७ गते, २०८२ - १५:४९
काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मन्त्रीमा नियु...
मंसिर २७ गते, २०८२ - १५:३६
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद र कार्यक्रम अपूरो हुने बताएको छन्। राष्ट्रिय यु...
मंसिर २७ गते, २०८२ - १५:२०
हेटौँडा । हेटौँडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ। सर्वोच्च अदालतको इजलास नम्बर २ मा शुक्र...
मंसिर २७ गते, २०८२ - १५:१२
काठमाडौं। गृह मन्त्रालयबाट विगत तीन महिनामा जेनजी आन्दोलन र यससँग सम्बन्धित विभिन्न ३२ वटा महत्वपूर्ण निर्णय भइ मन्त्रिपरिषदबाट स्वीकृत भएका छन् । गृह...
मंसिर २७ गते, २०८२ - १४:४४
सुर्खेत । रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेप्रति अहिलको सरकारले आफ्नो स्पष्ट धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताएक...
मंसिर २७ गते, २०८२ - १४:३३
हुम्ला। नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमी आउजाउ पूर्ण रुपमा बन्द भएको छ । पाँच हजार मिटर उचाइको न्यालु लेकमा परेको यसअघिको हिउँ जमेर याताया...
मंसिर २७ गते, २०८२ - १४:१८
काठमाडौँ । पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा खोलामाथि निर्माण भइरहेको चार लेनको ९० मिटर लामो कंक्रिट पुल आगामी पुस महि...




प्रतिकृया लेख्नुहोस्: