काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजदूत एवम् वरिष्ठ पत्रकार कमल कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । सोमबार नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालय आलोकनगरमा पुगेर प्रधानमन्त्री ओलीले कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गरेको हो ।
सोमबार नेकपा एसको पार्टी केन्द्रीय कार्यालयमा कोइरालाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । पत्रकार, लेखक तथा कुटनीतिज्ञ समेत रहनुभएका कोइरालाको ८७ वर्षको उमेरमा आइतबार राति निधन भएको थियो । पक्षघातपछि उपचारका क्रममा अस्पताल लगिएको थियो । उपचारकै क्रममा कोइरालाको निधन भएको हो ।
यसैगरी, श्रद्धाञ्जली अर्पण गर्न पार्टी केन्द्रीय कार्यालयमा नेकपा एसका नेतारकार्यकर्ताहरूको भिड लागेको छ । श्रद्धाञ्जली दिन पुग्नुभएका पार्टीका अध्यक्ष माधवकुमार नेपालले कोइरालाले नेपालको कम्युनिष्ट आन्दोलनमा निर्वाह गरेको भूमिका महत्त्वपूर्ण रहेको बताए। चुनौतीहरूको सामना गरेर अघि बढ्नुपर्ने कुरा कोइरालाबाट सिक्नुपर्ने बताए। अध्यक्ष नेपालले कोइराला पत्रकारकाहरूको पनि आदर्श व्यक्तित्व भएको बताए ।
त्यस्तै, पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, नेपाली कांग्रेसका नेता डा। मीनेन्द्र रिजाल, पूर्वराजदूत टङ्क कार्की, त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पत्रकारिता विभाग प्रमुख डा जगत नेपाललगायत नेताहरुले श्रद्धाञ्जली दिए ।
उनी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को पोलिटब्यूरो सदस्यसमेत थिए । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २२ गते, २०८२ - १५:३२
काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ को मतगणना जारी रहँदा रास्वपाका उम्मेदवार सुलभ खरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतगणना अनुसार खरेलले १६,७८८...
फाल्गुन २२ गते, २०८२ - १५:२४
विराटनगर। सुनसरी क्षेत्र नम्बर १ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएपछि रास्वपाका उम्मेदवार गोमा तामाङले स्पष्ट अग्रता लिएकी छन्। प्रारम्भिक मतगणना अ...
फाल्गुन २२ गते, २०८२ - १५:१८
फुङलिङ। प्रतिनिधि सभा सदस्य निर्वाचन ताप्लेजुङमा नेपाली कम्युनिष्ट पार्टीका खेल प्रसाद बुढाक्षेत्री (पराग)ले सुरुवाती अग्रता लिएको छन् । सिरिजङ्घा ...
फाल्गुन २२ गते, २०८२ - १५:०७
अछाम। प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत अछाम क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टी उम्मेदवार भीमबहादुर रावलले सुरुवाती अग्रता लिएको छन् । ...
फाल्गुन २२ गते, २०८२ - १५:०४
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जारी मतगणना अनुसार ७० स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ । निर्वाचन आयोगका अ...
फाल्गुन २२ गते, २०८२ - १४:५७
भक्तपुर। प्रतिनिधि सभा सदस्य निर्वाचनको बिहीबार सम्पन्न मतदानपछि मत परिणाम आउने क्रममा भक्तपुर निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९र...
फाल्गुन २२ गते, २०८२ - १४:४८
सर्लाही। प्रतिनिधि सभा निर्वाचनको हट स्पट मानिएको सर्लाही क्षेत्र नम्बर ४ को प्रारम्भिक मतगणनामा गगन कुमार थापा पछि परेका छन्। सार्वजनिक भएको प्रार...
फाल्गुन २२ गते, २०८२ - १४:३९
जुम्ला। जुम्ला कनकासुन्दरी गाउँपालिकाको वडा नम्बर १, २, ३, ५, ६ र ७ को हालसम्म मत गणना हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर शाही...
फाल्गुन २२ गते, २०८२ - १४:३५
विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि दुर्गा रेग्मीको मृत्यु भएको छ। रास्वपाका उम्मेदवार कृ...
फाल्गुन २२ गते, २०८२ - १४:१४
काठमाडौँ । काठमाडौँ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम नौ हजार ८२१ मतसहित अग्रस्थानमा छन्। निर्वाचन ...



प्रतिकृया लेख्नुहोस्: