Ntc summer Offer
Khabar Dabali २७ चैत्र २०८१ बुधबार | 9th April, 2025 Wed
Investment bank

जयनगर–बर्दिबास रेल्वे: मुआब्जा पाउने आशमा जग्गाधनी

खबरडबली संवाददाता

महोत्तरी । जयनगर–बर्दिबास रेल्वेमा जग्गा परेर अझै उचित मुआब्जा नपाएका जग्गाधनीले राहत महसुस गरेका छन् । 

बर्दिबास नगरपालिका–१४ मा छ बिघा र भङ्गाहा–४ को १५ कट्ठा जग्गाको वर्गीकरणमा भएको त्रुटि रेल विभागले सच्याउने जनाएपछि रेल्वेले अधिग्रहण गर्नपूर्वका जग्गाधनीमा अब उचित मुआब्जा पाउने आश जागेको हो ।

जयनगर–बर्दिबासको जम्मा ६९ किलोमिटरको यो दूरीमध्ये ५१ किलोमिटरमा रेल्वेको ट्र्याक निर्माण भई सेवासमेत सञ्चालन भइसकेको छ ।

भङ्गाहा–बर्दिबास खण्डको १८ किमी दूरीभित्र उल्लेखित क्षेत्रफलको जग्गाको वर्गीकरण त्रुटिपूर्ण रहेको भन्दै जग्गाधनी आन्दोलनमा उत्रेपछि यस खण्डको निर्माणको काम अघि बढ्न सकेको छैन ।

यसैबीच विभागले स्थानीय प्रशासन, जिल्लास्थित नापी कार्यालय, जग्गाधनी, रेल विभागका अधिकारी र बर्दिबास एवं भङ्गाहाका जनप्रतिनिधिको उपस्थितिबीच वर्गीकरणमा भएको त्रुटि सच्याइने जनाएपछि यस खण्डको काम सुरु गर्न अब निकास निस्केको छ ।

“रेल विभागका प्रतिनिधिले वर्गीकरण गरिएको नक्सामा भएको त्रुटि सच्याउने प्रतिबद्धता जनाउनुभएको छ”, रेल विभागका प्रतिनिधि सुमोद पोखरेलको भनाइ उद्धृत गर्दै भङ्गाहा–४ का कुशेश्वर यादवले भने,“मुआब्जा निर्धारण समितिकै वर्गीकरणअनुसार रकम पाउन आन्दोलनमा उत्रिनुपर्‍यो, अब भने रकम पाइन्छ कि भन्ने आश जागेको छ ।”

रेल विभागले अधिग्रहण गरेको यादवको सडकसँगै जोडिएको जग्गा मुआब्जा वितरणका बेला नक्सामा सडक नदेखिएको भनेपछि विवाद बढेको हो । बर्दिबास–१४ को खोल्सीपैनी पश्चिमका लागि समितिले गरेको वर्गीकरण त्यही ठाउँको आफ्नो जग्गामा फरक परेको भन्दै ३५ किसान आन्दोलित भएपछि रेल्वेको भङ्गाहा–बर्दिबास खण्डको निर्माण रोकिएको हो ।

अहिले भने खोल्सीपैनी पश्चिमको आफूहरुको रेल्वेले अधिग्रहण गरेको जग्गाको वर्गीकरणमा भएको त्रुटि रेल विभागले सच्याउने बताएपछि अब समितिले गरेको निर्धारणअनुसारको रकम पाउने आश जागेको रेल्वे आयोजना पीडित सङ्घर्ष समितिका अध्यक्ष बर्दिबास–१ का निरोज अधिकारीले बताए । रेल्वेले गरेको नक्साङ्कनमा अधिकारीसहितका ३५ जनाको जग्गा खोल्सीपैनी पश्चिम नकोरिँदा छ बिघा क्षेत्रफलका पुराना जग्गाधनीले पाउने मुआब्जा कम देखिँदा विवाद भएको हो ।

“हामीले बढी मागेकै हैनौं, जहाँ हाम्रो जग्गा छ, त्यो जग्गाको जे मुआब्जा तोकिएको छ, हामीले त्यही मागेका हौँ”, उचित मुआब्जा नपाएपछि पीडितले गठन गरेको रेल्वे आयोजना पीडित सङ्घर्ष समितिका अध्यक्ष निरोज अधिकारीले भने,“पैनीपश्चिमको जे अवस्थिति छ, रेल्वे विभागले नक्साङ्कन गर्दा सो नदेखिँदा मात्र हामी मर्कामा परेर आन्दोलनमा उत्रिनुपरेको हो, अब रेल विभागका प्रतिनिधिले सो त्रुटि सच्याइने बताएपछि समाधान होला भन्ने लागेको छ ।”

यसैगरी भङ्गाहा–४ का यादवको जग्गा सडकले छोएको भए पनि रेल्वेले गरेको नक्साङ्कनमा सडक कोरिएको छैन । यी दुवै ठाउँको जग्गाको अवस्थितिबारे स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले स्थलगत अवलोकन गरी दिएको प्रतिवेदनसमेत विभागले कार्यान्वयन नगरेपछि जग्गाधनी आन्दोलित भएका थिए । भङ्गाहामा सडकले छोएको जग्गाको रु छ लाख र नछोएको जग्गाको रु एक लाख ५० हजार प्रतिकट्ठा मुआब्जा निर्धारण छ । आफ्नो जग्गा सडकले छोएको हुँदाहुँदै मुआब्जा नछोएको गरिँदा अन्याय परेको यादवले बताए । 

जयनगर–बर्दिबास रेल्वेतर्फ अब वर्गीकरणमा भएको त्रुटि सच्चिएपछि ट्र्याक निर्माण कार्य अघि बढ्ने वातावरण बन्दै गएको बर्दिवासका नगरप्रमुख प्रह्लादकुमार क्षत्रीको भनाइ छ । 

यद्यपि बर्दिबास–१४ मै पूर्व–पश्चिम रेलमार्गमा परेका १४ परिवारको घर उठाउन भने अझै समस्या रहेको छ । बर्दिबास–१४ का १४ घरपरिवारको मुआब्जा विवाद अझै जटिल नै छ । रेल विभागका प्रतिनिधि पोखरेलले यी परिवारका नाउँमा जग्गा नहुनु, जग्गा फिल्डबुकमा देखिए पनि अर्कैको नाउँमा हुनुले सडक छेउमै हुँदासमेत यसको समाधान पहिल्याउन विशेष निर्णय नै पर्खिनपर्ने बताए । 

यी १४ घरपरिवार बसोबास गरेको जग्गा फिल्डबुकमा स्व।निरबहादुर हमालको नाउँ भेटिएको छ । फिल्डबुकमा नाउँ भए पनि जग्गाधनी प्रमाणपुर्जा बन्नुअघि नै उनको निधन भयो । अहिले स्व हमालले नै बसाउनुभएका उक्त परिवार ४० वर्षदेखि बस्दै आएको ठाउँबाट विस्थापित हुने भएका छन् । 

सो ठाउँमा जग्गाधनी प्रमाणपुर्जा नभएपछि मुआब्जा दिन नसकिने विभागको निर्णयले अहिलेको ठाउँ छुटेपछि कहाँ जाने भन्ने आधार नहुँदा प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले यिनको हकमा जग्गा हकदाबीको सूचना प्रकाशित गरी समस्या समाधान गर्न नयाँ प्रक्रिया सुरु गर्नु निकास हुने बताए । 

यो प्रक्रियाअनुसार आवश्यक निर्णयका लागि नेपाल सरकारलाई अनुरोध गरिँदा केही निकास निस्किने कवारीको निष्कर्ष छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुनेवाला ससुरा आफ्नो पुर्व प्रेमी परेपछि....

लन्डन । स्कटल्याण्डबाट एउटा यस्तो घटना बाहिर आएको छ, जसले सबैलाई चकित बनाएको छ ।  बिहेको तयारीमा व्यस्त रहेकी एउटी युवती क्रिस्टिना मार्कले आफ्नो ह...

बल्खु प्रदर्शनबाट पक्राउ परेका चार जना को को हुन् ?

काठमाडौ । प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बल्खुमा मङ्गलबार गरेको प्रदर्शनबाट चार जना पक्राउ परेका छन् ।  काठमाडौँ प्रहरी परिसरका...

राप्रपा नेता राणा र मिश्र थप १५ दिन हिरासतमै

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता रबिन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा थप १५ दिन हिरासतमा बस्नु पर्ने भएको छ । काठमाडौं जि...

बालेनलाई लिङ्देनको सुझावः आजको कार्यक्रमका बारेमा धेरै हिरो भएर पत्र नकाट्नू

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई धेरै हिरो भएर पत्र नकाट्न सु...

चीनको सैन्य विस्तार ‘आश्चर्यजनक’: नाटो प्रमुख

टोकियो । मङ्गलबारदेखि सुरु भएको जापान भ्रमणमा नाटो प्रमुखले चीनको सशस्त्र बलको विस्तार ‘आश्चर्यजनक’ रहेको बताएका छन् । नाटो प्रमुखको भ्रमण एसिया(प्रशा...

आईजीपीलाई दीपक थापा एमालेको भ्रातृ संगठन युवा संघको सहअध्यक्ष रहेछन्ः राजेन्द्र लिङ्देन

याद राख्नुस्, फुली लगाइदिने दलका नाइके र सिफारिस गर्नेहरू सधैं सत्तामा हुँदैनन्

राप्रपाको सभाबाट घुसपैठको आरोपमा दुई जना नियन्त्रणमा

काठमाडौं । राप्रपाले बल्खुमा आयोजना गरेको सभास्थलबाट घुसपैठ गरेर सभाको वातावरण बिथोल्न खोजेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  उनी...

संविधान संसोधनका लागि समिति बनाएर काम गर्छौं: प्रधानमन्त्री

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनको अनुभवका आधारमा विद्यमान व्यवस्थालाई सबल बनाउने लक्ष्यका लागि संविधान संशोधन गर्न राजनीतिक समिति ...

जडिबुटी प्रशोधन केन्द्रमा माओवादी कार्यकर्ताले आगो लगाएको ज्ञानेन्द्र शाहीको आरोप

झूटा मुद्दा लगाएर थुन्ने कोसिस गरिए लाखौँ जनताले गणतन्त्रवादी नेताहरूको घर घेर्ने चेतावनी

जनप्रतिनिधि, कर्मचारी र शिक्षकका छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने

ओखलढुङ्गा ।  ओखलढुङ्गाको मोलुङ गाउँपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी नपढाउने जनप्रतिनिधि, सरकारी कर्मचारी र शिक्षकको सेवा सुविधा रोकिने भएको छ । ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy