Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank

नवलपरासीमा आलु खेती गरिने क्षेत्र र उत्पादन वृद्धि

खबरडबली संवाददाता

मध्यविन्दु। नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा चालु आबमा ५९ हजार १२० मेट्रिकटन आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा यस वर्ष आलु खेती गरिने क्षेत्र र उत्पादनसमेत बढेको छ । 

जिल्लामा यस आर्थिक वर्षमा तीन हजार २१६ हेक्टर क्षेत्रफलमा आलु खेती भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी विश्वास काफ्लेले बताए । गत वर्षको तुलनामा यस वर्ष खेती गरिने क्षेत्र र उत्पादनसमेत बढेको उनले बताए । 

“गत आर्थिक वर्ष तीन हजार २०५ हेक्टर क्षेत्रफलमा आलु खेती हुँदा ५८ हजार ४१३ मेट्रिकटन उत्पादन भएको थियो”, उनले भने, “गत आवको तुलनामा यस वर्ष ११ हेक्टर क्षेत्रफल बढेको छ भने ७०७ मेट्रिकटन आलु धेरै उत्पादन भएको छ ।”

नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा विगत चार वर्षदेखि आलु खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो । कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो चार वर्षमा जिल्लामा आलु खेती १०१ हेक्टर क्षेत्रफल बढेको छ । क्षेत्रफल बढेसँगै आलुको उत्पादन पनि वृद्धि भएको प्रमुख तिवारीले बताए। 

“जिल्लामा आर्थिक वर्ष २०७८र७९ मा तीन हजार ११५ हेक्टर क्षेत्रफलमा आलु खेती भएको तथ्याङ्क रहेको छ भने त्यो क्षेत्रफल चालु आव २०८१र८२ सम्म १०१ हेक्टरले बढेर तीन हजार २१६ हेक्टरमा विस्तार भएको छ”, उहाँले भन्नुभयो, “उत्पादन पनि आव २०७८र७९ मा ५० हजार १५२ मेट्रिकटन भएकोमा त्यसमा आठ हजार ९६८ मेट्रिकटनले वृद्धि भएर ५९ हजार १२० मेट्रिकटन वार्षिक उत्पादन हुन थालेको छ ।”

जिल्लामा व्यावसायिक आलु खेती गर्ने किसानको सङ्ख्या प्रत्येक वर्ष बढेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा देखिएको छ । पछिल्लो चार वर्षको आलु खेती गरिने क्षेत्रफल र उत्पादन हेर्दा प्रत्येक वर्ष वृद्धि हुँदै गएको देखिएको कृषि ज्ञान केन्द्रका कृषि बाली विज्ञ सञ्जय ढकालले बताए।

“आलु उत्पादनका हिसाबले नवलपरासी ९बर्दघाट सुस्तापूर्व० आत्मनिर्भर रहेको छ,” उनले भने, “सरकारी तहबाट लगानी वृद्धि हुँदा कृषक आलु खेतीतर्फ आकर्षित भएका छन् ।”

कृषि ज्ञान केन्द्रले चालु आवमा समुदायस्तमा प्रशोधनयोग्य र खायन आलु प्रवर्द्धनको लागि कुल एक करोड ८५ लाख रकम विनियोजित गरेको थियो । आलुको बीउको लागि कृषि ज्ञान केन्द्रले ३१ वटा समूह एवं सहकारीलाई ६५ प्रतिशत अनुदानमा करिब ८० लाख बराबरको अनुदान प्रदान गरेको कृषि बाली विज्ञ ढकालले जनकारी दिए। 

जिल्लाको मध्यविन्दु र कावासोती नगरपालिका एवं हुप्सेकोट गाउँपालिका क्षेत्रमा आलु राम्रो उत्पादन हुने गरेको छ । सो क्षेत्रमा व्यावसायिक रूपमा आलु उत्पादन गर्ने कृषक र कृषि समूहको सङ्ख्या उल्लेख्य रहेको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताए। किसानले उत्पादन गरेको आलु स्थानीय बजारका साथै बुटवल, नारायणगढ र काठमाडौँलगायतका सहरमा जाने गरेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरा-दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा। पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई)  दुबईका लागि उडान सञ्चालन हुन लागेको छ । आगामी असोज ७ गतेदेखि नियमित उडान सञ्च...

समतालाई केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दाबी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट समता, सामाजिक न्याय र समन्यायिक समृद्धिलाई केन्द्रमा राखेर ल्याएको दाबी ...

करको दर हेरफेर गरेको आरोप अस्वीकार गर्दै अर्थमन्त्री वाग्लेले भने– तपाईँका काण्डहरु पनि खुल्नेछन्

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमार्फत करको दर हेरफेर गरी निश्चित व्यवसायीलाई फाइदा पुर्‍याएको आरोपको खण्डन गरेका छन्। प्रतिनिधिसभाको बैठ...

रास्वपा कोशी प्रदेश सभापतिमा चन्द्रबहादुर राई निर्वाचित, पराजित गोमा तामाङले राजनीति छोड्ने घोषणा

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन्। मोरङको विराटचोकमा सम्पन्न पार्टीको पहिलो प...

इराकस्थित अमेरिकी दूतावासद्वारा इराकमा रहेका अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह

इराक। इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा रहेका अमेरिकी नागरिकलाई पुर्ण तयारीका साथ क्षेत्रीय घटनाक्रमको सङ्कटकालीन अवस्थामा...

रुकुम पश्चिममा घाँस काट्न गएकी महिलाको मृत्यु

रुकुमपश्चिम। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –५ मा एक महिलाको मृत्यु भएको छ । वडाका काँडागाउँ निवासी करिब ३५ वर्षीया रमा पुरीको आज बिहान मृत्यु भएक...

गृहमन्त्री सुधन गुरुङ पीडितको गुनासो सुन्न माइतीघरमा

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ विभिन्न माग राख्दै माइतीघर पुगेको छन् । उनको निजी सचिवालयका अनुसार मन्त्री गुरुङ माइती घरमा विभिन्न मुद्दा बोकेर धर्ना...

नक्कली भुटानी शरणार्थी प्रकरण: हाइप्रोफाइल व्यक्तिलाई बयानका लागि झिकाउन माग

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको प्रकरणसम्बन्धी अदालतमा विचाराधीन मुद्दामा बुधबारदेखि अन्तिम बहस सुरु भएको छ। ...

शिक्षण अस्पताल अस्पताल पुगे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतको उपचारका लागि अस्पताल पुगेका छन् । दाँतमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वव...

नेपाल–भारत सीमा व्यवस्थित गर्न संयुक्त प्राविधिक टोली क्रियाशील छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्साङ्कनको काम बाँकी रहेको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending