Ntc summer Offer
Khabar Dabali १९ बैशाख २०८२ शुक्रबार | 2nd May, 2025 Fri
Investment bank

मुस्ताङमा चौरीको आलो खाने मेला, सर्वसाधारणको भिड

खबरडबली संवाददाता

मुक्तिनाथ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, खिवाङका ६२ वर्षीया देउबहादुर गर्बुजा चौंरीको आलो रगत पिउन मुस्ताङको थासाङ गाउँपालिका–२, बोक्सी खोलामा आउछन्। विगत सात वर्षदेखि विभिन्न अस्पतालमा ग्यास्ट्रिकको उपचार गराए पनि निको नभएपछि सब परिवार र आफन्तसँग पुग्ने गरेका गर्बुजाले प्रति गिलास तीन सय रुपियाँ तिरे। गर्बुजासँगै गाउँबाट करिब ३० जना जिप रिर्जभ गरेर चौरीको मेलामा आउनुभएको छ । पोखरा महानगरपालिका वडा नं।२५ बस्ने निरमायाँ पुनले लगातार तीन वर्ष चौरीको रगत पिउन थालेपछि आफ्नो स्वास्थ्यमा सुधार आएको बताए।

एक सातासम्म मुस्ताङमा बसेर चौरीको आलो रगत खाएर फर्कने निरमायाँले गानोगोलाको समस्या धेरै सुधार भएको बताए । निरमायाँ भन्छन्, ‘‘जनविश्वाससँगै मेरो समस्यामा सुधार आएको छ, हरेक वर्ष यहाँ आउँछु ।’’ हिमालय याक नाक संरक्षण समितिले याक दिवसको अवसरमा आयोजना गरेको मेलामा विभिन्न रोगबाट ग्रसित बिरामीको भिड लागेको छ । मुस्ताङ, म्याग्दीका साथै कास्की, काठमाडौं र बुटवल लगायतका क्षेत्रबाट आयुर्वेदिक र प्याथोलोजी उपचार पद्धतिबाट आजित भएका सर्वसाधारण आएको हिमालय याक नाक पालन उपसमिति संयोजक बुद्धिरत्न तुलाचनले बताए।

संयोजक तुलाचनले भने, ‘‘पहिलो दिनै भिड लागेको छ, यहाँ आउने सबै खुसी भएर फर्किनुहुन्छ ।’’ मेलामा विभिन्न समूहबाट ल्याइएको याक–नाकबाट हुने आम्दानीसँगै पालनपोषण र संरक्षण गर्ने गरिएको संयोजक तुलाचनको भनाइ छ । हिमाली भेगमा पाइने, गोरु जस्तो देखिने भाले जनावर याक हो भने गाई जस्तो देखिने शुद्ध नश्लको पोथी नाक चौरी भनिन्छ । मेलामा चौरी विभिन्न समूहबाट तीन सयको हाराहारीमा याक र चौरी ल्याइएको छ । एकजन बिरामीले एकदेखि सात गिलाससम्म चौरीको आलो रगत पिउने गरेका छन् ।

समुन्द्री सतहदेखि ३७ सय मिटर उचाइको हिमाली खर्कमा चरेका चौँरीहरूले पाँचऔंले, निरमसी, जटामसी, यार्सागुम्बाजस्ताजडीबुटी खाने भएकाले रगत सेवनले गानोगोला, तुस, अपच, हाडजोर्नी, नसासम्बन्धी रोग, यौनउत्तेजना आदि समस्या कम हुने जनविश्वास रहेको छ । एउटा वयस्क चौंरीबाट २० गिलाससम्म रगत निकाल्न सकिन्छ । चौँरीको आलो रगतमा भएको परजीवीले मानव स्वास्थ्यमा पार्नसक्ने असरलाई ध्यानमा राखेर स्थानीय थासाङ गाउँपालिका पशु शाखाले जुकाविरुद्ध निःशुल्क औषधी वितरण तथा परीक्षण समेत गर्ने गरेको छ । चौंरीको घाँटीमा फलामको सानो र तिखो हतियार ९चुलेसी० ले प्वाल पारेर रगत निकाल्ने गरिन्छ । चौँरीको दूधबाट चिज, दही, घीउ र छुर्पीलगायतका परिकार बनाएर बिक्री गरिन्छ । थासाङ गाउँपालिकाको चरन क्षेत्रमा १० जना किसानको सात सयको हाराहारीमा चौरी र याक पालेका छन् । नेपाल सरकारले पहिलोपटक घोषणा गरेको याक दिवसलाई समेत हिमालय याक नाक संरक्षण समितिले स्वागत गरेको छ ।

वैशाख ६ देखि १५ गतेसम्म सञ्चालन हुने मेलामा चौरी र याकका बारेमा जानकारी गराउने, पर्यटनको प्रवर्धनका साथै हिमाल क्षेत्रमा बसोबास गर्ने गोठालाहरूसँग समेत अनुभव लिने, तारा खेलको याकचौरीको प्रदर्शनी गर्ने, जैविक विविधता संरक्षणसम्बन्धी चेतनामुलक कार्यक्रम गर्ने, सांस्कृतिक कार्यक्रम गरिने आयोजकले जनाएको छ । हरेक वर्ष मुस्ताङमा वैशाख र साउन महिनामा याक र चौंरीबाट आलो रगत निकालेर पिउने मानिसको भिड लाग्ने गर्दछ । मुस्ताङका ५ स्थानीय तहमा चार हजाभन्दा बढी याकचौरी पालन गरिएको छ ।

स्थानीय तहले समेत याकचौरी पालन व्यवसायीहरूलाई गोठ सुधारसहित विभिन्न अनुदानका कार्यक्रमहरु समेत सञ्चालन गरेको छ भने हकहित र उत्थानका लागि हिमालयन याकचौरी पालन तथा संरक्षण व्यवस्थापन समितिसँग सहकार्य गरेको छ । यता मेडिकल चिकित्सकका अनुसार पशुचौपायाको आलो रगतलाई औषधीको माध्यम बनाउने परम्परा भए पनि रोग निको हुने वैज्ञानिक आधार नभएको बताउँछन् । आलो रगतमा विभिन्न विषाक्त पदार्थका अवशेषहरू हुने आलो रगत र मासु विज्ञानमा ताजा रगत खान योग्य बस्तु वा भागको रूपमा परिभाषित नगरिएकाले हिमाली क्षेत्रको चरन क्षेत्रमा रहेका पशुचौपायाको शरिररमाभित्र हेमोग्लोविनको मात्रा धेरै हुने भएकाले आवश्यकता परेमा निकालेर फाल्न सकिने बताउँछन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँ जलविद्युत् आयोजना प्रभावितलाई क्षतिपूर्ति वितरण

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा विस्फोट गर्दा क्षति भएकामध्ये ...

विद्यालय कर्मचारीद्वारा सरकारसँगको ९ बुँदे सहमति अस्वीकार

काठमाडौँ । शिक्षक र सरकार महासंघबीच बुधबार भएको सहमतिमा शिक्षकहरूले असन्तुष्टि जनाएका छन् । विद्यालय कर्मचारीहरूले सरकारसँग भएको ९ बुँदे सहमति अस्वीका...

श्रमिक आयोग बनाउनुपर्नेमा नेता कोइरालाको जोड

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा। शेखर कोइरालाले श्रमिक आयोग बनाउनुपर्नेमा जोड दिएको छन् । बिहीबार ललितपुरमा नेपाल ट्रेड युनियन काँग्रेसले एक सय ...

एमालेले पार्टी सदस्यता साढे सात लाख पुर्याउने

काठमाडौँ। नेकपा (एमाले)ले पार्टीको आगामी विधान महाधिवेशनसम्ममा सदस्यता सङ्ख्या सात लाख ५० हजार पुर्याउने जनाएको छ ।  एमालेले यस वर्षलाई पार्टीको आन...

जसपा नेत्रीले पेस्ताेल पड्काउँदै नाचेको भिडिओ भाइरल, अनुसन्धानको लागि जिप्रका बोलाइयो

जनकपुरधाम । जसपा नेपालकी केन्द्रीय सदस्य डा। बबी सिंह यादवले डान्स गर्दै पड्काएको पेस्तोलबारे सप्तरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। यादवले पेस्...

श्रम, रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम, रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्ने बताएको छन् । एक सय ३६ औँ अन्तरराष्ट्रिय श्रमिक दिवसका अ...

बाबुआमालाई वृद्धाश्रममा राख्ने होइन, सन्तानसँगै बस्ने संस्कारको विकास गर्नुपर्छ: राष्ट्रियसभा सदस्य बस्नेत

काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रियसभाका सांसद गोपालकुमार बस्नेतले राज्यले ज्येष्ठ नागरिकलाई संरक्षण गर्नेभन्दा पनि उनका सन्तानलाई आफ्ना बाबुआमाप्रतिको...

सामान्य बर्सातलेनै भासिन थाल्यो कोदारी राजमार्ग

सिन्धुपाल्चोक। अहिले चलिरहेको निरन्तरको सामान्य बर्सातले कोदारी लोक मार्गको भासिन थालेको छ । सडक भासिन थालेपछि पटक पटक सडक अवरुद्ध हुन थालेको छ । सडक ...

राहुघाट जलविद्युत् आयोजना सम्पन्न, परीक्षण उत्पादन हुँदै

म्याग्दी। रघुगङ्गा गाउँपालिकामा ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजना निर्माण भएको छ ।  तुदी पावर कम्पनी लिमिटेड ...

पर्वतमा लुङ्दीखोला सिँचाइ आयोजना सम्पन्न

पर्वत । जलजला गाउँपालिका–७ धाइरिङमा सञ्चालित लुङ्दीखोला–भेडावारी–दुलेपानी सिँचाइ आयोजना सम्पन्न भएको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending