घोराही। नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री डा. प्रकाशशरण महतले चाहे अनुसार सरकारले काम गर्न नसक्दा जनतामा निराशा बढेको बताएको छन्।
नेपाल प्रेस युनियन दाङ शाखाले आइतबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता महतले जनतामा अपेक्षा धेरै भएको तर सरकारले सीमित स्रोत र साधनबाट काम गर्नुपर्दा धेरै उपलब्धी हासिल गर्न नसकिएको बताएको हो।
अर्थतन्त्र कमजोर हुँदा सीमित स्रोत र साधनबाट काम गर्नुपर्ने सरकारलाई बाध्यता भएको भन्दै पत्रकार सम्मेलनमा प्रवक्ता महतले भने,‘अर्थतन्त्रको खराब अवस्थाका कारण सोचे जति काम गर्न सक्ने अवस्था छैन। जसका कारण जनतामा निराशा छ। भनेको समय केही हुँदैन भन्ने भ्रम छ।’
जनतामा भएका निराशालाई चिर्दै राजनीतिक स्थायित्व र समृद्धिका लागि देशका प्रमुख पार्टी कांग्रेस र एमाले मिलेर सरकार गठन भए पनि अपेक्षा गरे अनुसार काम हुन नसकेको बताए। उनले तिनै तहका सरकारले समन्वय गरेर ठुला योजना संघीय सरकार, मझौला योजना प्रदेश सरकार र साना योजना स्थानीय सरकारले बजेट बिनियोजन गरेर अघि बढ्न सके योजना अलपत्र नपर्ने र काम देखिने समेत बताएको थिए।
सरकारको गति बढाउँदै सुशासन, विकास निर्माणसँगै जनतालाई दिने सेवा प्रवाहमा सहज ल्याउन सक्ने भएपनि सरकारले प्रभावकारी रुपमा काम गर्न नसेकेको बताएको हो।
सरकारले जायज मागलाई सम्बोधन गरेर शिक्षकलाई कार्यक्षेत्रमा पठाउनुपर्ने बताए। आफ्ना माग पुरा गर्ने नाममा आन्दोलन गरेर शिक्षकले पठनपाठन र कक्षा १२ को जाँच नै प्रभावित पार्नु गलत भएको भन्दै प्रवक्ता महतले शिक्षकका जायज माग सम्बोधन गर्नुपर्ने पक्षमा कांग्रेस रहेको बताएको थिए। त्यसका लागि सरकारको भूमिका प्रभावकारी हुनुपर्ने भएपनि नदेखिएको बताए।
प्रवक्ता महतले संक्षम, योग्य र अर्थतन्त्रलाई मार्गनिर्देशन गर्न सक्ने योग्य व्यक्तिलाई गर्भनर नियुक्त गर्न सरकारले ढिलाई गर्न नहुने बताएको छन्।
सहकारी प्रकरणमा साना बचतकर्ताको रकम अपचलन भएको भन्दै प्रवक्ता महतले उक्त रकम सम्बन्धित व्यक्तिबाटै अशुलउपर गरी बचतकर्तालाई फिर्ता गर्ने काममा सरकार लाग्नुपर्ने बताएको छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३० गते, २०८२ - १५:३३
काठमाडौं । मंगलबार नेप्से परिसूचक १४.२४ अंकले घटेर २६३४.८६ विन्दुमा बन्द भएको छ। आज कारोबार रकम पनि घटेको छ। आइतबार १० अर्ब २० करोड रूपैयाँको स...
बैशाख ३० गते, २०८२ - १५:१८
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन कार्यालय प्रमुख जयलालप्रसाद साह कानूसहित छ जनाविरुद्ध सार्वजनिक सम्...
बैशाख ३० गते, २०८२ - १५:१२
काठमाडौँ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पुष्पलाल राजमार्ग निर्माण प्रक्रिया छिटोभन्दा छिटो सक्न सरकारसँग माग गरेको छन् । मङ्गलबार...
बैशाख ३० गते, २०८२ - १४:४५
काठमाडौं । गृहमन्त्रीको साथी हुँ भन्दै धाक धम्की दिएको अभियोगमा एकजना पक्राउ परेका छन् । काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–३ घर भएका ५० वर्षीय राजकुमार श...
बैशाख ३० गते, २०८२ - १४:४०
किएभ। टर्कीलाई रूस र युक्रेनबिचको वार्ता स्थलका रूपमा प्रस्ताव गरिएकाले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पला...
बैशाख ३० गते, २०८२ - १४:३२
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति एवम् सांसद डोलप्रसाद अर्यालले वर्षा याममा हुने सम्भावित जोखिमलाई मध्यनजर गरी आवश्यक ...
बैशाख ३० गते, २०८२ - १४:१९
मिसन ८४ मा हामी एक्लै चुनाव लड्छौँ र सरकार बनाउछौँ
बैशाख ३० गते, २०८२ - १३:५६
काठमाडौँ। परराष्ट्रमन्त्री डा. आरजु देउवा राणाले सगरमाथा संवाद २०२५ को तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छिन् । मङ्गलबार पत्रकार सम्मेलनको आयोजन...
बैशाख ३० गते, २०८२ - १३:४२
काभ्रे। काभ्रेको पनौती नगरपालिका–५ स्थित ढलमल खोलामा बेपत्ता भएका महिलाको खोजीकार्यका लागि विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी बलको टोली खटि...
बैशाख ३० गते, २०८२ - १३:२०
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर–संसदीय सभामुख सम्मेलन’ (आइएससी)का सहभागीले आज भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवास, बालुवाटार...
प्रतिकृया लेख्नुहोस्: