Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

अपेक्षा अनुसार काम नहुँदा जनतामा निराशा छ : प्रवक्ता महत

खबरडबली संवाददाता

घोराही। नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री डा. प्रकाशशरण महतले चाहे अनुसार सरकारले काम गर्न नसक्दा जनतामा निराशा बढेको बताएको छन्। 

नेपाल प्रेस युनियन दाङ शाखाले आइतबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता महतले जनतामा अपेक्षा धेरै भएको तर सरकारले सीमित स्रोत र साधनबाट काम गर्नुपर्दा धेरै उपलब्धी हासिल गर्न नसकिएको बताएको हो। 

अर्थतन्त्र कमजोर हुँदा सीमित स्रोत र साधनबाट काम गर्नुपर्ने सरकारलाई बाध्यता भएको भन्दै पत्रकार सम्मेलनमा प्रवक्ता महतले भने,‘अर्थतन्त्रको खराब अवस्थाका कारण सोचे जति काम गर्न सक्ने अवस्था छैन। जसका कारण जनतामा निराशा छ। भनेको समय केही हुँदैन भन्ने भ्रम छ।’ 

जनतामा भएका निराशालाई चिर्दै राजनीतिक स्थायित्व र समृद्धिका लागि देशका प्रमुख पार्टी कांग्रेस र एमाले मिलेर सरकार गठन भए पनि अपेक्षा गरे अनुसार काम हुन नसकेको बताए। उनले तिनै तहका सरकारले समन्वय गरेर ठुला योजना संघीय सरकार, मझौला योजना प्रदेश सरकार र साना योजना स्थानीय सरकारले बजेट बिनियोजन गरेर अघि बढ्न सके योजना अलपत्र नपर्ने र काम देखिने समेत बताएको थिए। 

सरकारको गति बढाउँदै सुशासन, विकास निर्माणसँगै जनतालाई दिने सेवा प्रवाहमा सहज ल्याउन सक्ने भएपनि सरकारले प्रभावकारी रुपमा काम गर्न नसेकेको बताएको हो।  

सरकारले जायज मागलाई सम्बोधन गरेर शिक्षकलाई कार्यक्षेत्रमा पठाउनुपर्ने बताए। आफ्ना माग पुरा गर्ने नाममा आन्दोलन गरेर शिक्षकले पठनपाठन र कक्षा १२ को जाँच नै प्रभावित पार्नु गलत भएको भन्दै प्रवक्ता महतले शिक्षकका जायज माग सम्बोधन गर्नुपर्ने पक्षमा कांग्रेस रहेको बताएको थिए। त्यसका लागि सरकारको भूमिका प्रभावकारी हुनुपर्ने भएपनि नदेखिएको बताए। 

प्रवक्ता महतले संक्षम, योग्य र अर्थतन्त्रलाई मार्गनिर्देशन गर्न सक्ने योग्य व्यक्तिलाई गर्भनर नियुक्त गर्न सरकारले ढिलाई गर्न नहुने बताएको छन्।

सहकारी प्रकरणमा साना बचतकर्ताको रकम अपचलन भएको भन्दै प्रवक्ता महतले उक्त रकम सम्बन्धित व्यक्तिबाटै अशुलउपर गरी बचतकर्तालाई फिर्ता गर्ने काममा सरकार लाग्नुपर्ने बताएको छन्। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्याङ्जामा मतपत्रमा हस्ताक्षर नहुँदा मतदान रोकियो

काठमाडौं । स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–१०, मोदीखोलास्थित बालज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान रोकिएको छ। मतपत्रमा मतदान अधिकृतले ...

सर्लाही पुगे गगन थापा

सर्लाही। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा काठमाडौँमा मतदान गरेर बिहीबार दिउँसो सर्लाही आइपुगेको छन् । थापा सर्लाही ४ बाट प्रतिनिधि सभा सदस्य ...

मध्याह्न १२ बजेसम्म १८ प्रतिशत मतदान

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज मध्याह्न १२ बजेसम्म करिब १८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । आज बिहान ७ बजेदेखि सुर...

बैतडीमा २८ हजार १४१ मत खस्यो

बैतडी। बिहीबार बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा शान्तिपूर्ण रुपमा मतदान जारी रहेको छ । जिल्ला निर्वाचन कार्याल...

महोत्तरीमा वडाध्यक्षको मतदान विवादपछि रोकिएको मतदान पुन: सुरु

काठमाडौं । महोत्तरीको बर्दिबास–७ मा वडाध्यक्षको मतदान विवादपछि रोकिएको मतदान पुन: सुरु भएको छ। बर्दिबास नगरपालिका–७ प्रेमनगरस्थित रानी मावि मतदान क...

दोलखामा मतपत्र लुटिएपछि बुथ एजेन्टलाई नै प्रहरीले नियन्त्रणमा लियो

काठमाडौं । तामाकोशी गाउँपालिका-४ को मालु मतदान केन्द्रमा मतदान रोकिएको छ। कर्मचारीमाथि हातपातको प्रयास भएपछि प्रहरीले हवाई फायर गरेको थियो। त्यसपछि मत...

बिहान ११ बजेसम्म देशभरि १०.१८ प्रतिशत मत खस्यो

काठमाडौं । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, देशभरि बिहान ११:०० बजेसम्म १९ लाख २३ हजार ८२४ मत खसेको छ। यो कुल मतदाताक...

दोलखाको तामाकोसी–४ मा रोकिएको मतदान पुन: सुचारु

काठमाडौँ। दोलखाको तामाकोसी गाउँपालिका–४ स्थित गोल्मेश्वर मावि मतदान स्थलमा रोकिएको मतदान पुन: सुचारु गर्ने सहमति भएको छ। बागमती प्रदेशका डीआईजी दीप...

सर्लाहीको बलरा–४ मा रोकिएको मतदान पुन: सुरु

काठमाडौं। सर्लाहीको बलरा नगरपालिका–४ स्थित एक मतदान केन्द्रमा केही समयका लागि रोकिएको मतदान पुन: सुरु भएको छ। उक्त पालिका राष्ट्रिय स्वतन्त्र पार्ट...

बर्दिवासमा पौने घण्टापछि सुरु भयो मतदान

बर्दिवास। महोत्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचनको कडा सुरक्षावीच विहिवार बिहान निर्धारित समयमा मतदान सुरु भएको छ । सबै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE