Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

विदेशबाट फर्किएर च्याउखेतीमा रमाउँदै धरानका अजित भुजेल

खबरडबली संवाददाता

धरान । तीन वर्ष वैदेशिक रोजगारबाट स्वदेश फर्किएका बराहक्षेत्र नगरपालिका–९ का अजित भुजेल अहिले बारीमा च्याउखेती गरेर वार्षिक रु १८ लाखभन्दा बढी बचत गरिरहेको छन् । दुबईको त्यो तातो घाम पसिना र परदेशको पीडाले थिचिएका उहाँ अहिले च्याउको टनेलभित्र हरियाली सपना देखिरहेको छन् ।

अजितले दुबईमा काम गर्दा महिनाको रु ३५–४० हजार कमाउथे तर त्यो पैसाले खासै जीवन चलाउन सजिलो भने थिएन । आफूलाई खाना खर्च अनि घरखर्च पठाउँदै सकिन्थ्यो । बचत त के गर्नु र कहिलेकाहीँ त ऋणै लाग्थ्यो । उनी भन्न्छन्, “गाउँ आएपछि हातमा धेरै पैसा थिएन, तर मनभित्र एउटा आँट र अनुभव भने थियो । अब विदेश होइन, आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचले च्याउखेती सुरु गरेँ ।”

उनले भने,  “सुरुका दिनमा दु:ख र चुनौती भए पनि अहिले व्यवसायले फन्को मार्यो । विसं २०७० मा दुईवटा टनेलमा रु दुई लाख २७ हजारको लगानीमा सुरु गरेको थिएँ । सुरुमा च्याउ बिक्री गर्न बजारको समस्या निकै थियो, उत्पादन हुन्थ्यो तर बिक्रीका लागि बजारको समस्या, प्रविधिको अभाव, सीप नहुनु र रोगको समस्या आयो । तर, तालिम र अनुभवले समस्या पार गरेँ । विस्तारै बिक्रीका लागि बजारको समस्या पनि हट्यो, अहिले सबै राम्रो छ ।”

अहिले उहाँले १२  टनेलमा च्याउखेती गर्दै आउनुभएको छ । ती टनेलबाट अफसिजनमा दिनहुँ करिब तीन सय केजी बढी च्याउ उत्पादन हुने गरेको छभने सिजनमा छ सय केजीसम्म च्याउ उत्पादन हुने गरेको उनी बताउछन् ।

पुसदेखि फागुनसम्म च्याउ राम्रो उत्पादन हुने सिजन हो । उहाँ भन्नुहुन्छ, “त्यो समय राम्रो उत्पादन भए पनि बजारमा मूल्य भने कम हुन्छ, जुन समय प्रतिकेजी रु ६० देखि रु ८० मा बिक्री गर्नुपर्छ । अहिले भने मैले प्रतिकेजी रु एक सय ६० देखि रु एक सय ७० सम्ममा बिक्री गरिरहेको छु । अहिले यही च्याउखेतीले दिएको राम्रो आम्दानीबाट घरखर्च धनेर वर्षमा रु १८ लाख बढी मज्जाले बचत हुने गरेको छ ।” अहिले वर्षमा र २२ देखि २४ लाखसम्मको च्याउ बिक्री हुन्छ । सबै खर्च कटाएर रु १८ लाख बचत गर्ने गरेको उहाँले बताए।

अहिले उत्पादन गरेको च्याउ बिक्रीका लागि बजारको समस्या छैन । सुरुमा बजार अभाव भए पनि अब त्यो समस्या छैन । व्यापारी आफैँ फार्ममा च्याउ खोज्दै आउनुहुन्छ भने केही व्यापारीले हामीलाई दिने च्याउ बाँकी छ कि छैन भनेर  फोन गर्छन् । उहाँ भन्नुहुन्छ, “व्यापारी फार्ममै च्याउ खरिद गर्न आउँदा हामीले रु २० देखि रु ३० कम मूल्यमा दिने गरेका छौँ । आफैँले बजार पुर्याउन सके हामीलाई नाफा हुन्छ । धेरैजसो धरान इटहरी चक्रघटी, कालाबन्जरलगायत स्थानीय बजारमा भने म आफैँले पुर्याउने गरेको छु भने विराटनगर, राजविराजलगायत ठाउँबाट व्यापारी आफँै लिन आउने गरेका छन् ।”

अहिले उनले टनेलमा दुई जना युवालाई रोजगारी दिएको छभने बाँकी परिवारलाई पनि यही च्याउखेतीमा रोजगारी मिलेको उनी सुनाउछन्। देशमा केही छैन भन्ने कुरा त अब पुरानो भयो, काम गर्ने मान्छे अनि इच्छा भयो भने आफ्नै देशमा मनग्य पैसा कमाउन सकिने उनको भनाइ छ ।

 परदेशको कमाइ परदेशमै सकिन्छ । तर केही व्यापार गर्दा सिकेर गरियो भने आम्दानी मनग्य छ । उनले भने, “च्याउखेतीका लागि विशेष खालको स्याहारको आवश्यकता पर्छ भने सधैँ एकनासको व्यापार हुँदैन, तर च्याउखेती कम जग्गा र थोरै लगानीमा पनि राम्रै आम्दानी गर्न सकिने उनको अनुभव छ । 

च्याउखेतीका लागि विशेषगरी पराल र चुन आवश्यक पर्छ । त्यसबाहेक बाँस र खरले छाएको टहरासँगै प्लाष्टिक र झुल पनि चाहिन्छ । च्याउखेतीमा चार–पाँच दिन मज्जाले खटेर काम गरियो भने एक महिनासम्म ढुक्क हुन्छ । उनले अहिले कन्य जातको च्याउखेती गरिरहेको छन् । यसमा विषादीको प्रयोग नगरी उत्पादन गरिने भएकाले स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ अनि बजारमा यसको माग पनि बढ्दो रहेको भुजेलले बताए ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ताप्लेजुङमा नेकपाका परागको सुरुवाती अग्रता

फुङलिङ। प्रतिनिधि सभा सदस्य निर्वाचन ताप्लेजुङमा नेपाली कम्युनिष्ट पार्टीका खेल प्रसाद बुढाक्षेत्री (पराग)ले सुरुवाती अग्रता लिएको छन् । सिरिजङ्घा ...

अछाम–१ मा भीम रावलको प्रारम्भिक अग्रता

अछाम। प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत अछाम क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टी उम्मेदवार भीमबहादुर रावलले सुरुवाती अग्रता लिएको छन् । ...

निर्वाचनको पछिल्लो मतगणना: ७० स्थानमा रास्वपा अगाडि

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जारी मतगणना अनुसार ७० स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ । निर्वाचन आयोगका अ...

भक्तपुर–२ मा रास्वपाको अग्रता कायमै

भक्तपुर। प्रतिनिधि सभा सदस्य निर्वाचनको बिहीबार सम्पन्न मतदानपछि मत परिणाम आउने क्रममा भक्तपुर निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९र...

सर्लाही–४ अमरेश अगाडि, गगन थापा पछि

सर्लाही। प्रतिनिधि सभा निर्वाचनको हट स्पट मानिएको सर्लाही क्षेत्र नम्बर ४ को प्रारम्भिक मतगणनामा गगन कुमार थापा पछि परेका छन्। सार्वजनिक भएको प्रार...

जुम्लामा ज्ञानेन्द्र शाहीको फराकिलो अग्रता

जुम्ला। जुम्ला कनकासुन्दरी गाउँपालिकाको वडा नम्बर १, २, ३, ५, ६ र ७ को हालसम्म मत गणना हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर शाही...

मोरङ–२ मा रास्वपाका प्रतिनिधि दुर्गा रेग्मीको मृत्यु

विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि दुर्गा रेग्मीको मृत्यु भएको छ। रास्वपाका उम्मेदवार कृ...

काठमाडौँ–४ मा रास्वपाका बम अगाडि

काठमाडौँ । काठमाडौँ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम नौ हजार ८२१ मतसहित अग्रस्थानमा छन्। निर्वाचन ...

कैलाली–१ मा रास्वपाको अग्रता

टीकापुर। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीलाई पछि पार्दै राष्ट्रिय स्व...

म्याग्दीमा स्वतन्त्र उम्मेदवार पुनले अग्रता बढाउँदै

म्याग्दी। म्याग्दीमा स्वतन्त्र उम्मेदवार डा. महावीर पुनले अग्रता बढाउँदै गएका छन् । पछिल्लो मतगणनाको परिणामअनुसार स्वतन्त्र उम्मेदवार पुन नेकपा (एमाले...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE