Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

नागरिक उन्मुक्ति पार्टीले अझै टुङ्गो लगाउन सकेन सुदूरपश्चिम प्रदेश सरकारमा जाने मन्त्रीको नाम

खबरडबली संवाददाता

कैलाली  । सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टीले मन्त्री पठाउने विषयमा अझै नाम टुङ्गो लगाउन सकेका छैन । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा मन्त्री कसलाई पठाउने भनेर जिम्मेवारी पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेसम चौधरीलाई जिम्मेवारी दिइएको भए पनि नाम सहमति हुन नसकेको हो । 

मन्त्रालयका लागि मन्त्री चयन गर्न बसेको बसेको सुदूरपश्चिम प्रदेश नागरिक उन्मुक्ति पार्टीको प्रदेश सभा संसदीय दलको बैठकले सो जिम्मेवारी दिएको हो ।

यसअघि पार्टीबाट लक्ष्मण किशोर चौधरीले सो मन्त्रालय सम्हाल्दै आएका थिए । तर वनसम्बन्धी कार्यविधि बनाउने सवालमा लेनदेनको अडियो सार्वजनिक भएपछि चौधरीले राजीनामा दिएका थिए । बैठकले आजसम्म नाम टुङ्गो लगाउन रञ्जिता र रेशमलाई आग्रह गरेको छ ।

सो ठाउँमा मन्त्री पठाउन पार्टीमा केही दिनदेखि रस्साकस्सी चलेपछि टुङ्गो लगाउन सकेको छैन । रेसम चौधरीले आफ्नो पक्षबाट मन्त्री बनाउन चाहेका छन् भने रञ्जिता श्रेष्ठले आफ्नो पक्षबाट बनाउन चाहेका कारण समस्या भएको एक नेताले बताए । यही विषयमा कुरा नमिलेको कारण मन्त्री चयन गर्न नसकेको बताइएको छ । दुई जनाका कारण मन्त्री चयनमा ढिलाइ भएको कारण यसको टुङ्गो लगाउन दुवै जनालाई नै जिम्मेवारी दिइएको हो ।

लक्ष्मण चौधरीले चैत १३ गते आफ्नो पदबाट राजीनामा दिएका थिए । त्यसयता पार्टी मन्त्री चयनका लागि पटक पटक गृहकार्य भएको हो । तर दुवै पक्षले आ–आफ्नो अडान नछाडेपछि निर्णय हुन नसकेको स्रोतले दाबी गरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending