Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

स्थानीय जनप्रतिनिधीको मिलिमत्तोमा एकल महिलाको सम्पत्ति हडप्ने चलखेल

रौतहटको चन्द्रपुर २ र ४ का अध्यक्षहरुको अमानवियताः एकल महिलामाथि ज्यादती

खबरडबली संवाददाता

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका २ नम्बर वडाका अध्यक्ष दुत्तबहादुर थिङ ४ का वडाअध्यक्ष रवि रानामगरले अख्तियारीको दुरुपयोग गरेर एकल महिलामाथि अन्याय गरेको आरोप लागेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पीडित अन्जु केसीले आफूलाई न्याको लागि सघाउनुको सट्टा अध्यक्षदेखि अदालतका कर्मचारीसम्मको मिलिमत्तोमा थप पीडा दिएकोसमेत गुनासो गरेकी छन् ।

रौतहट जिल्ला चन्द्रपुर नगरपालिका वडा नम्बर २ जुडबेला निवासी अन्जु केसीले आफू एकल भएकोले स्थानीय सरकारदेखि अदालतका कर्मचारीसम्मले सहानुभूतिको सट्टा अन्यायको जाँतोमा पिसिरहेको आरोप लगाइन् । आफ्नो नाममा आइसकेका जमिनहरु पनि अध्यक्षहरुको योजनामा आफूले भोगचलन गर्न नदिएको उनको गुनासो छ  ।

उनले भनिन्् “मैले सम्मानित रौतहट जिल्ला अदालतबाट न्याय पाउँदा पनि दुई र चार वडाका अध्यक्षहरु र अदालत कर्मचारीहरुको मिलिमत्तोमा फैसला कार्यान्वयन नगरि घुस मागिरहेका छन् ।” आफ्नो करोडौंको जग्गा जमिन हडप्न सबै एकजुट भएपछि आफू न्यायको लागि काठमाडौं नै आउनु बाध्य भएको बताउँदै कसीले भनिन्,“विवाहा गरेको १३ वर्षमै श्रीमान गुमाएँ, १८ वर्षको जेठो छोरो गुमाए अहिले मेरो जीवन दाउमा छ, कान्छो छोरा जोगाउन गाह्रो परेको छ, मेरो अगाडी पछाडी कोही छैन, अब न्याय कसरी पाउने ?” “कहाँ जान्छ, के गर्छ भनेर चिओचर्चा गर्नेहरु हात धोएर लागेका छन्, मेरो अकालमा हत्या भयो भने यीनै सम्बन्धित व्यक्तिहरु जिम्मेवार हुनेछन् ।” उनले थपिन् ।

कतै उपाय नलागेपछी मिडियामार्फत आफ्नो जीवन रक्षा र अदालतबाट फैसला भइसकेको आदेश कार्यान्वयनको लागि आमरुपमा गुहार माग्नु परेको केसीले बताईन् ।
चन्द्रपुर नगरपालिका न्यायीक समिति, रौतहट जिल्ला अदालत, २ र ४ नम्बर वडालगायत सम्बन्धित निकायहरुबाट न्याय र बाँच्न पाउने अधिकारको रक्षाको आशा मरिसकेकोले नेपाल सरकार र सर्बोच्च अदालतलाई पनि उनले ध्यानाकर्षणसमेत गरेकी छन् ।

पत्रकार सम्मेलनमा माओवादी युवा नेता सोनाम घिसिङले आफू सम्बन्धित स्थानमा गएर सो विषयमा बुझ्दा स्थानीय जनप्रतिनिधी र सरकारी कर्मचारीहरुको मिलिमत्तोमा पीडितको सम्पत्ति हडप्ने प्रपञ्च रचेको स्पष्ट देखेको बताए ।

अर्का युवा नेता चन्द्र बहादुर तामाङ(बसन्त)ले पीडितको तर्फबाट प्रेस विज्ञप्ति वाचन गर्दै आफूहरुले रौतहटमा न्याय दिलाउन नसक्ने अवस्था देखिसकेपछी काठमाडौंमा आएर पत्रकार सम्मेलन गराएको बताए ।

के हो विषय बस्तु
रौतहट जिल्ला चन्द्रपुर नगरपालिका वडा नम्बर २ जुडबेला निवासी अन्जु केसी एकल महिला हुन् ।

करिब ४ वर्षपहिले चन्द्रपुर ४ का श्यामसुन्दर काफ्लेका दम्पत्तिले क्यान्टिन ब्यवसाय गर्न दिने भनि उनिबाट ८ लाख रुपैयाँ लिएपनि व्यवसाय गर्न नदिएपछी रकम फिर्ता माग्न जाँदा उल्टै ज्यान मार्ने धम्किसम्म दिएको उनले बताईन । सो विषय अदालतमा पुग्दा सम्मानित रौतहट जिल्ला अदालतले साँवा र ब्याज गरी १२ लाख भराउने एकलौटी फैसला गरेको र सो बराबरको निज श्यामसन्दर काफ्लेको छोरा आरुश काफ्लेको नाममा रहेको २ कित्ता जग्गा लिलाम गराउने फैसला गरेको थियो ।

त्यसबापत अदालतकै कर्मचारीले लिलाम सकार्न भनि १२ लाख रकम भर्न लगाएका थिए । सो रकम अन्जुको छोरा राजु जिम्बाको नामबाट अदालतमा १२ लाख जम्मा गराएकी थिइन् । तर रकम भरिसकेपछि अदालतका कर्मचारीहरु तहसिलदार दुर्गा कार्की, प्रकाश सुवेदी, विन्देश्वरी साह तथा वडाअध्यक्ष रवि रानामगर र श्यामसुन्दार काफ्ले परिवारको मिलेमत्तोमा तोकेको र काफ्ले परिवारले जायजाद गरेको कित्ता नम्बरको जग्गा लिलाम नगरी अर्कै जग्गा लिलाम गरेकोरहेछ । छोरा राजु जिम्बाको नाममा पूर्जा बनाउने आदेशअनुसार मालपोत कार्यालय रौतहटबाट पूर्जा पनि लिइन् । तर जब पूर्जा लिएर जमिन भोगचलन गर्न जाँदा छोराको नाममा आएको जग्गा भेटिएन ।

त्यसपछी उनिहरुले स्थानीय सरकार, अदालत प्रतिनिधि, प्रहरी–प्रशासन र स्थानीयहरुसँग गुहार गरी छलफल गर्दा भोलिपल्ट १० बजे तोकिएकै जग्गा लिन–दिन दुबै पक्षलाई अदालत बोलाईयो । तर काफ्लेपरिवार तथा वडा प्रतिनिधि अदालत आउनुको सट्टा आरुश काफ्लेको जग्गा आरुशकै फूपुदिदीको नाममा पास गर्न लागेका रहेछन्, सो जग्गा अहिले पीडितले रोक्का गरेकी छन् । एकल महिलालाई वडा अध्यक्षसहित सम्बन्धित सबै निकायले अधिकारबाट बञ्चित गराउन विभिन्न जालझेल तथा षड्यन्त्र त गरे नै यो मुद्धामा केसीलाई करिब ६० लाख रकमको ऋणले थिचेर मर्नु न बाँच्नुको दोसादमा पुर¥याएको जनाउँछिन् ।

भने आर्कोतिर चन्द्रपुर वडा नम्बर २ मा पनि अदालतका कर्मचारी र वडा अध्यक्ष दुत्त बहादुर थिङको मिलेमतोमा उनको नाममा आइसकेको झण्डै आधा करोडको जग्गा पनि भोकचलन गर्न दिइएको छैन । सोही वडा अध्यक्ष थिङकै योजनामा पीडित महिलालाई उल्टै तीनवटा मुद्धा हालेर थप पीडा दिईरहेको छ ।

यसरी एक्ली महिलालाई राज्यका सम्पूर्ण शक्तिहरु एकजुट भई उनको नैसर्गिक अधिकारबाट बञ्चित गराउँदा न्यायका आशा र बाँच्न पाउने अधिकारको रक्षा हुन्छ भन्ने भरोषा टुटेको बताईन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम तराईमा हुस्सु र शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...

एमाले महाधिवेशन असाधारण, स्वस्थ प्रतिस्पर्धा भएको विष्णु रिमालको धारणा

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...

काठमाडौँका २९ विद्यालयले राखे नेपालीपन झल्किने नयाँ नाम

काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छः मन्त्री श्रेष्ठ

मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...

एकैदिन घट्यो सुनको मूल्य तोलामा दुई हजार

काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...

दोलखामा कांग्रेसले प्रतिनिधि र समानुपातिक सांसदका लागि उम्मेदवार सिफारिस गर्‍यो

दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...

रवि लामिछानेको सशर्त रिहाइ विधिको शासन र राजनीतिक उपयुक्तताका दृष्टिले स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...

टुकुचा खोलामा फोहर पानी प्रशोधन केन्द्र निर्माण हुँदै

काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...

शेरधन राईको घरमा डबल खुसी पद र पितृत्व, ५५ वर्षमा पहिलोपटक बाबु बन्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...

रूपन्देहीमा कलेज पढ्दै गरेका १७ वर्षीय युवकको हत्या,

रूपन्देही।  रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending