काठमाडौं। निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक भित्रै प्रतिनिधि सभाको उपनिार्वाचन गर्ने तयारी गरेको छ। यहाँका निर्वाचित प्रतिनिधि सभा सदस्य दीपक बोहराको निधन भएपछि यहाँ प्रतिनिधि सभा सदस्य पद रिक्त छ।
प्रतिनिधि सभामा कुनै पनि सदस्यको पद ६ महिना अवधि बाँकी छँदै रिक्त भएमा त्यो पद उही प्रक्रियाले पूर्ति गर्ने कानुनी व्यवस्था छ। स्वर्गीय बोहरा प्रत्यक्ष निर्वाचित भएकोले उनको निधनपछि रिक्त भएको पद पनि प्रत्यक्ष निर्वाचनबाटै पूर्ति गर्नुपर्ने हुन्छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार निर्वाचन आयोगले रिक्त पद सकेसम्म छिटो पूर्ति गर्ने सोचका साथ काम अगाडि बढाएको छ। कानुनी व्यवस्था अनुसार उपनिर्वाचनको मिति सरकारले तोक्छ तर यसका लागि सरकारले निर्वाचन आयोगको परामर्श लिनुपर्छ। सोही अनुसार निर्वाचन आयोगले प्रधानमन्त्री र अर्थमन्त्रीसँग छलफल गरिरहेको प्रमुख आयुक्त भण्डारीले जानकारी दिए।
‘रिक्त पदमा निर्वाचन गरेर पदपूर्ति गर्नुपर्छ भन्ने आयोगको मान्यता हो र हामीले सोहीअनुसार छलफल गरिरहेका छौं’, भण्डारीले डिसी नेपालसँग भने, ‘चाडपर्व छलेर अनुकूल समयमा कात्तिकभित्रै निर्वाचन सम्पन्न गर्ने हाम्रो प्रयास छ।’
असोज र कार्तिकमा दशैं र तिहारजस्ता ठूला चाडपर्व पर्ने भएकोले ती चाडपर्व छल्दै अनुकूल समय मिलाउने प्रयास भइरहेको उनले बताए।
निर्वाचनको मिति तोक्ने कुरामा आयोगले दशैं तिहारको आसपासको मिति रोजेर अधिकतम मतदान गराउने प्रयास पनि गरिरहेको छ।
ठूला चाडपर्वमा विदेशमा र शहरी क्षेत्रमा रहेका मतदाताहरु पनि चाड मनाउन घर फर्किने भएकोले उनीहरु घरमै रहेका बेला निर्वाचन गर्न सके उनीहरुले पनि मतदान गर्न पाउने अवस्था रहन्छ। आयोगले निर्वाचनमा सकेसम्म धेरै मतदाताले भाग लिन पाउन् भन्ने सुनिश्चित गर्ने प्रयास पनि गरिरहेको छ।
निर्वाचन गर्नका लागि नयाँ राजनैतिक दल दर्ता र पुराना दलको अद्यावधिक पनि गर्नुपर्छ। यसका सार्थ मतदाता नामावली पनि अद्यावधिक गर्नुपर्छ।
कुनै पनि क्षेत्रमा निर्वाचनको मिति घोषणा भइसकेपछि त्यहाँको मतदाता नावावली दर्ता रोकिने हुँदा निर्वाचनको मिति घोषणा हुनु अगावै त्यहाँको मतदाता नामावली अद्यावधिक भइसक्नुपर्छ। यी सबै काम समयमै पूरा गर्नको लागि आयोगले अहिल्यैदेखि तयारी गरिरहेको बताएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १ गते, २०८२ - १९:३२
ललितपुर । राज काजी महर्जन ललितपुरका सक्रिय राजनीतिक व्यक्तित्वका रूपमा चिनिन्छन् । २०३४ असोज १६ गते जन्मिएका महर्जन ललितपुरकै स्थायी बासिन्दा हुन् । उ...
फाल्गुन १ गते, २०८२ - १९:१२
रुकुम पूर्व । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध दिवसका अवसरमा अबको संघर्ष आर्थिक आत्मनिर्भरता, उत्पादन वृद्धि र समृद्धितर्फ केन्द्...
फाल्गुन १ गते, २०८२ - १८:५४
रामेछाप । रामेछापको मन्थली–मसानटार खण्डमा भएको भीषण दुर्घटनापछि नेपाल अरनिको यातायात सेवा प्रालिले काठमाडौँ–खुर्कोट हुँदै मन्थली जाने आफ्ना सबै ‘क्यू...
फाल्गुन १ गते, २०८२ - १८:५२
काठमाडौं । २७ दिनको छोटो अवधिमा नौवटा बैठक। जम्मा १७ घण्टा २५ मिनेटको औपचारिक समय । तर कामको हिसाबले हेर्दा यो अवधि ‘सानो तर सार्थक’ रह्यो। यही छ हाल...
माघ ३० गते, २०८२ - २२:०१
बर्दिया । बर्दियाको निर्वाचन क्षेत्र नम्बर २ सधैं उत्साहजनक र अनपेक्षित नतिजाका लागि चिनिन्छ। इतिहासले देखाउँछ कि यहाँ एउटै पार्टीले दोहोर्याएर जितेक...
माघ ३० गते, २०८२ - २१:५०
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्त पूर्व) देवचुली नगरपालिका–१४ देवचुली चोकमा जिपको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ। सोही दुर्घटनामा परी अर्का ए...
माघ ३० गते, २०८२ - २१:२३
काठमाडाैं । चुनावी दौडधपेडमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बिहीबार (माघ २९) अचानक सर्वोच्च अदालत पु...
माघ ३० गते, २०८२ - २१:२१
काठमाडौं । दैलेखको दुल्लू नगरपालिका–४ शान्ति बजारमा चक्कु प्रहारबाट एक किशोरको हत्या गरिएको छ । फुटबल खेलेर घर फर्किँदै गरेका १६ वर्षीय प्रकाश खनालको ...
माघ ३० गते, २०८२ - २१:१९
सिन्धुपाल्चोक । नेकपाकाे तर्फबाट सिन्धुपाल्चोक–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका मााधव साापकाेटाले आफ्नो ३३ महिनाको कार्यकालको मुख्य उपलब्धि...
माघ ३० गते, २०८२ - २१:०२
बागलुङ । बागलुङ बजारमा स्कूल बस दुर्घटना हुँदा २३ विद्यार्थी घाइते भएका छन्।बागलुङ नगरपालिका–१ रामरेखादेखि रातामाटातर्फ जाँदै गरेको ‘न्यू एभरेष्ट बो...



प्रतिकृया लेख्नुहोस्: