Khabar Dabali ९ बैशाख २०८३ बुधबार | 22nd April, 2026 Wed

गाजा पट्टीमा नागरिक घरहरूलाई लक्षित गरि इजरायली गोलाबारी: ५० को मृत्यु

खबरडबली संवाददाता

गाजा सिटी। गाजाको नागरिक सुरक्षा एजेन्सीले शुक्रबार मध्यरातदेखि प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा ५० जनाको मृत्यु भएको बताएको छ ।

“उत्तरी गाजा पट्टीमा नागरिक घरहरूलाई लक्षित गरेर गरिएको इजरायली गोलाबारीमा मध्यरातदेखि आज बिहानसम्ममा मृतकको सङ्ख्या बढेर ५० पुगेको छ... हाम्रा टोलीहरू अझै ती क्षेत्रहरूमा काम गरिरहेका छन्”, नागरिक सुरक्षा अधिकारी मोहम्मद अल–मुघैयरले भने।

उत्तरी सहर बेइत लाहियास्थित इन्डोनेसियाली अस्पतालका एक चिकित्सकले अधिकांश बालबालिका र महिलासहित ३० मृतक र दर्जनौँ घाइतेलाई अस्पतालमा ल्याइएको बताए ।

जबालियाको अल–अवदा अस्पतालका कार्यवाहक निर्देशक मोहम्मद सालेहका अनुसार अस्पतालमा बमबारीले पाँच जनाको मृत्यु भएको छ भने ‘७५ भन्दा बढी घाइते’ भएका छन् ।

“इजरायली कब्जाकारीहरूले मेरो घर नजिकैको घरमा बम हाने, यसका बासिन्दाहरू भित्र हुँदा सिधै प्रहार गरे”, बेइत लाहियाको पश्चिमी अल–सलातिन क्षेत्रका ४० वर्षीय युसुफ अल–सुल्तानले ‘हवाई आक्रमण, तोपखाना गोलाबारी र क्वाडकप्टर ड्रोनहरूबाट गोलीबारी’ को रिपोर्ट गर्दै भने, “नागरिकहरू बिच ठुलो विस्थापनको लहर छ । मध्य रातमा डर र त्रासले हामीलाई समातेको छ ।” 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला टी–२० च्यालेन्ज: नेपालले रुवान्डालाई दुई विकेटले हरायो

काठमाडौँ। नेपालले आइसिसी महिला टी–२० च्यालेन्ज घरेलु टोली रुवान्डामाथि जित निकालेको छ । रुवान्डाको घरेलु मैदान किगालीमा रहेको गहङ्गा क्रिकेट ओभलमा ...

व्यवसायीद्वय दीपक भट्ट र अग्रवालमाथि अनुसन्धान गर्न ७ दिन म्याद थप

काठमाडौं । व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाल माथि थप अनुसन्धान गर्न अदालतले ७ दिनको म्याद थपको अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालत का न्यायाध...

कर्णबहादुर मल्ल पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं । बलात्कारको आरोपमा कर्णबहादुर मल्ल लाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश भगवती शर्मा ढुङ्गानाक...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, सात अर्बको कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ९५ अङ्कले घटेर दुई हजार ८०४ दशमलव १...

कानुनी परिपालना गर्न औद्योगिक प्रतिष्ठानलाई विभागको निर्देशन

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले औद्योगिक एवं प्रतिष्ठानहरूलाई कानुनको पालना गरी तत्क...

गृहमन्त्रीको राजीनामाबारे प्रचण्डको प्रतिक्रिया: उहाँले जे गर्नुभयो, राम्रो गर्नुभयो

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको कदमलाई सकारात्मक बताएका छ...

१४ केजी बढी चरेस सहित चार जना पक्राउ

कपिलवस्तु। कपिलवस्तु प्रहरीले १४ केजीभन्दा बढी लागु औषध चरेससहित ४ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले कृष्णनगर नगरपालि...

चैत १३ मा गृहमन्त्री नियुक्त भएका गुरुङले दुईदिन अघिमात्रै किनेका थिए भेडेटारमा जग्गा

विराटनगर। गृहमन्त्री सुधन गुरुङले मन्त्री पदको जिम्मेवारी सम्हाल्नुभन्दा दुई दिनअघि धनकुटामा करिब २० रोपनी जग्गा खरिद गरेको खुलासा भएको छ। धनकुटाको...

मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् : गृहमन्त्री गुरुङ

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। विवादित व्यवसायीसँग साझेदारी र सेयर कारोबारको विषयमा चौतर्फी आलोचना भएपछि उनले प्रधानमन्त्...

गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीकै मातहतमा रहने

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि गृहमन्त्रालयको जिम्मेवारी तत्कालका लागि प्रधानमन्त्री बालेन्द्र शाहले नै सम्हाल्ने भएका छन्। प्रधानम...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending