काठमाडौं। नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले टोखाबाट बरामद गरेको २५ करोड बराबरको मालिक पत्ता नलगाएको भन्दै आक्रोश पोखेका छन ।
प्रतिनिधिसभाको जारी बैठकमा सांसद खतिवडाले २५ करोड अवैध विदेशी मुद्राको मुख्य नाइकेलाई अहिलेसम्म पक्राउ नगरेको भन्दै तत्काल पक्राउ गर्नसमेत माग गरेका छन् ।
विभिन्न गैरकानुनी धन्दा प्रकरणमा ड्राइभर, भरिया पक्रने तर मालिकसम्म नपुग्ने प्रवृत्ति देखिएको भन्दै मुख्य व्यक्तिसम्म पुगेर कारबाही गर्नुपर्ने उनले पुन: माग गरेका हुन् ।
‘केही महिना पहिले सरकारले काठमाडौं टोखाबाट २५ करोड बराबरको अवैध रकम युरो र डलर गरेर समात्ने काम गर्यो एउटा ड्राइभर र व्यापारी पक्राउ गर्यो थुन्यो, मूल त्यसको संरक्षण कसले गरिरहेको छ र त्यसको धनी को हो ?अहिलेसम्म सरकारले पत्ता लगाउन सकेको छैन। सधैं ड्राइभर र लोडरलाई थुन्ने ? तर धनी पत्ता नलगाउने । त्यसको कनेक्सन कहाँ–कहाँ छ पत्ता नलगाउने ? सो गैरकानुनी कार्यमा को–को संलग्न छन् सदनलाई जानकारी गराइयोस्,’ उनले भने ।
सो अबैध २५ करोड बराबरको विदेशी मुद्रा प्रकरणमा राजस्व अनुसन्धान विभागले भरिया कुसाङ लामा र नारायण पौडेलविरुद्ध मात्रै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरे पछि सांसद खतिवडा आक्रोशित भएका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २० गते, २०८२ - १७:०६
काठमाडौँ । निर्वाचन नजिकिँदै जाँदा विगतमा भएका मतपत्र च्यातिने घटनाहरू पुन: चर्चामा आउने गरेका छन्। यस्ता घटनाले देशव्यापी बहस जन्माएसँगै निर्वाचन आयो...
फाल्गुन २० गते, २०८२ - १७:०१
काठमाडौँ । निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना सुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने ...
फाल्गुन २० गते, २०८२ - १६:५६
दमक। झापा क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ । बिहीबार हुने निर्वाचनलाई ध्यान...
फाल्गुन २० गते, २०८२ - १६:५३
नेपालगन्ज । फागुन २१ गते विहिबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनकालागि बाँके निर्वाचन क्षेत्र नम्बर २ को मतगणना तयारी पूरा गरिएको छ । मतगणनाका लागि ...
फाल्गुन २० गते, २०८२ - १६:२९
काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आम...
फाल्गुन २० गते, २०८२ - १६:२३
काठमाडौं । निर्वाचनको मौन अवधिमा उम्मेदवारका तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा टिकटकर रतन कार्कीमाथि प्रहरीले सोधपुछ गरेको छ। जिल्ला प...
फाल्गुन २० गते, २०८२ - १५:४६
काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद् को बैठक सुरु भएको छ। प्रधानमन्त्री सुशीला कार्की ले बुधबार दिउँसो ३ बजे परिषद्को बैठक बोलाएकी थिइन्। केहीबेरदेख...
फाल्गुन २० गते, २०८२ - १५:४०
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का दौरान देशभरका मतदान केन्द्रमा खटिएका ११ जना निर्वाचन प्रहरी र एक सहायक निरीक्षक ९असई०को विभिन्न दुर्घ...
फाल्गुन २० गते, २०८२ - १५:२९
मुम्बई। मध्यपूर्वमा जारी युद्धका कारण भारतको ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पर्ने सङ्केत देखिएको छ । देशको सबैभन्दा ठूलो तरलीकृत प्राकृतिक ग्यास (एलएनज...
फाल्गुन २० गते, २०८२ - १५:२१
वासिङ्टन। इरानमा अमेरिका-इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा समानान्तर ‘सूचना युद्ध’ चर्किएको छ । पुन:प्रयोग गरिएका पुराना तस्बिर, भिड...



प्रतिकृया लेख्नुहोस्: