काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग युरोपियन युनियनको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।
प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोसहित विभिन्न मुलुकका काठमाडौँस्थित राजदूत र भारतको नयाँ दिल्लीस्थित गैह्रआवासीय राजदूतहरुको उपस्थिति रहेको थियो ।
यही जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा सम्पन्न सगरमाथा संवादका लागि पहिलो पटक युरोपियन युनियनका यति धेरै राजदूतहरु एकै पटक नेपाल आएका हुन् ।
भेटका अवसरमा नेपाल र युरोपियन युनियन बीचको ५१ वर्षदेखिको कूटनीतिक सम्बन्धको स्मरणसहित नेपालको स्थायित्व, आर्थिक विकास, सुशासनका लागि सहकार्यका विषयमा विमर्श भएको थियो । प्रधानमन्त्री ओलीले नेपालले सशस्त्र द्वन्द्व, शान्तिपूर्ण जनआन्दोलन र शान्ति वार्ताका चरण हुँदै संविधानसभाबाट नयाँ संविधान जारी गरेपछि आर्थिक विकास र सुशासनका क्षेत्रमा गति लिएको अवगत गराएका थिए ।
उनले मुलुकको राजनीतिक परिवर्तनमा लागेका दुई ठुला दलहरु नेकपा एमाले र नेपाली काँग्रेस मिलेर आर्थिक विकास र सुशासनको प्रतिबद्धतासहित सरकार गठन भएकाले नेपालको समृद्धि र रोजगारी सृजनाका लागि लगानी विस्तार गर्न आग्रह गरेका थिए । जनताको संघर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाबाट पछाडि फर्कने कुनै सम्भावना नरहेकाले अबको गन्तव्य नेपालको स्थायित्व र समृद्धि रहेको पनि उनले स्पष्ट गरेका छन ।
‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ भन्ने भावलाई आत्मसाथ गर्दै नेपालको भारत र चीन दुवै छिमेकीसँग नजिकको सम्बन्ध रहने र अन्य मुलुकसँग मित्रवत सम्बन्ध रहने स्पष्ट गरे । उनले सगरमाथा संवादको पहिलो शृङ्खलामा सहभागिताका लागि सबैलाई धन्यवाद दिँदै हिमालदेखि समुुद्रसम्मको अवधारणालाई महत्व दिँदै यस शृङ्खलाको निरन्तरता हुने जनाए ।
प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण भई सम्बद्ध पक्षको परामर्शसमेतका आधारमा दुुई आयोग गठन भएकाले अब काममा ढिलाइ नहुने विश्वास गरेका छन ।
युरोपियन युनियनका राजदूतहरुले नेपालको आर्थिक–सामाजिक विकासका प्रयासमा साथ दिँदै शिक्षा, पूूर्वाधार, स्वास्थ्य, हरित ऊर्जा, सूूचना प्रविधि र जलवायु परिवर्तनका क्षेत्रमा सहयोगको निरन्तर हुने बताएका थिए । उनीहरुले नेपालले संक्रमणकालीन न्यायलाई अन्तिम टुुङ्गोमा लान थालेका खुसी व्यक्त गर्दै पीडितका मुद्धालाई केन्द्रमा राख्न आग्रह गरेका थिए ।
राजदूतहरुले सगरमाथा संवादको सफल आयोजनाका लागि नेपाललाई बधाईसमेत दिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २० गते, २०८२ - १७:०६
काठमाडौँ । निर्वाचन नजिकिँदै जाँदा विगतमा भएका मतपत्र च्यातिने घटनाहरू पुन: चर्चामा आउने गरेका छन्। यस्ता घटनाले देशव्यापी बहस जन्माएसँगै निर्वाचन आयो...
फाल्गुन २० गते, २०८२ - १७:०१
काठमाडौँ । निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना सुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने ...
फाल्गुन २० गते, २०८२ - १६:५६
दमक। झापा क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ । बिहीबार हुने निर्वाचनलाई ध्यान...
फाल्गुन २० गते, २०८२ - १६:५३
नेपालगन्ज । फागुन २१ गते विहिबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनकालागि बाँके निर्वाचन क्षेत्र नम्बर २ को मतगणना तयारी पूरा गरिएको छ । मतगणनाका लागि ...
फाल्गुन २० गते, २०८२ - १६:२९
काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आम...
फाल्गुन २० गते, २०८२ - १६:२३
काठमाडौं । निर्वाचनको मौन अवधिमा उम्मेदवारका तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा टिकटकर रतन कार्कीमाथि प्रहरीले सोधपुछ गरेको छ। जिल्ला प...
फाल्गुन २० गते, २०८२ - १५:४६
काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद् को बैठक सुरु भएको छ। प्रधानमन्त्री सुशीला कार्की ले बुधबार दिउँसो ३ बजे परिषद्को बैठक बोलाएकी थिइन्। केहीबेरदेख...
फाल्गुन २० गते, २०८२ - १५:४०
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का दौरान देशभरका मतदान केन्द्रमा खटिएका ११ जना निर्वाचन प्रहरी र एक सहायक निरीक्षक ९असई०को विभिन्न दुर्घ...
फाल्गुन २० गते, २०८२ - १५:२९
मुम्बई। मध्यपूर्वमा जारी युद्धका कारण भारतको ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पर्ने सङ्केत देखिएको छ । देशको सबैभन्दा ठूलो तरलीकृत प्राकृतिक ग्यास (एलएनज...
फाल्गुन २० गते, २०८२ - १५:२१
वासिङ्टन। इरानमा अमेरिका-इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा समानान्तर ‘सूचना युद्ध’ चर्किएको छ । पुन:प्रयोग गरिएका पुराना तस्बिर, भिड...



प्रतिकृया लेख्नुहोस्: