Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

बुद्ध एयरको ७२ सिटे जहाजको भरतपुरमा परीक्षण उडान सफल

खबरडबली संवाददाता

चितवन। भरतपुर विमानस्थलमा बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले सफल अवतरण गरेको छ । १२ सय मिटर लामो धावनमार्गमा ७२ सिट क्षमता भएको जहाजले बिहीबार बिहान काठमाडौँ भरतपुर परीक्षण उडान गरेको हो ।

यस अगाडि श्री एयर लायन्सले ८० सिट क्षमताको जहाजले परीक्षण उडान गरेर नियमित यात्रु ओसार्दै आएको थियो । अहिले श्री एयरको नियमित उडान हुन सकेको छैन ।

अहिले बुद्ध एयरले उडानको सफल परीक्षण गरेको बुद्ध एयर भरतपुरका स्टेशन म्यानेजर भक्तवहादुर बस्नेतले जानकारी दिए । बुद्ध एयरका प्रविधिक, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिक तथा अन्य प्राविधिकले अध्ययन गरेपछि नियमित उडानका लागि अनुमति दिने गर्दछ । वरिपरी घर तथा रुख भएका कारण ७२ सिट क्षमता भएको जहाज अवतरण र उडान गर्न समस्या हुने भन्दै उडाइएको थिएन । विमानस्थलको धावन मार्ग विस्तार गर्ने तयारीको अवस्थामा रहेको छ ।

अहिले यो विमानस्थलमा बुद्ध एयरको ४२ सिट क्षमता भएको विमानले नियमित उडान भर्दै आएको छ । ७२ सिट क्षमताको विमान आउन थालेपछि भाडा दर घट्ने विश्वास लिएको छ । 

जहाजले काठमाडौँबाट भरतपुर आउँदा ६० देखि ६२ जना र भरतपुरबाट काठमाडौँ जाँदा ५० देखि ६० जना यात्रु बोक्नसक्ने अनुमान गरिएको बुद्ध एयरका भरतपुर स्टेशन म्यानेजर बस्नेतले जानकारी दिए। 

अहिले बुद्धको एटिआर–४२ जहाज काठमाडौँ र पोखरा सञ्चालन हुँदै आएको छ । काठमाडौँ–भरतपुर दैनिक सातवटा र भरतपुर पोखरा दैनिक एउटा सञ्चालनमा छ । क्षमता ४७ सिट भए पनि धावनमार्ग र बढी तापक्रमका कारण पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । बुद्धले एयरले २० वर्ष अगाडिबाट काठमाडौँ–भरतपुर नियमित उडान गर्दै आएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस वर्षको मतगणनामा दलका प्रतिनिधिले हेर्न पाउँछन्, छुन पाउँदैनन्: निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन नजिकिँदै जाँदा विगतमा भएका मतपत्र च्यातिने घटनाहरू पुन: चर्चामा आउने गरेका छन्। यस्ता घटनाले देशव्यापी बहस जन्माएसँगै निर्वाचन आयो...

२४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगको दाबी

काठमाडौँ । निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना सुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने ...

झापा ५ मा नेपाली सेनाको हवाई गस्ती

दमक। झापा क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ । बिहीबार हुने निर्वाचनलाई ध्यान...

बाँके क्षेत्र नम्बर २ को मतगणनास्थलमा तारजाली र सिसिटिभि जडान

नेपालगन्ज । फागुन २१ गते विहिबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनकालागि बाँके निर्वाचन क्षेत्र नम्बर २ को मतगणना तयारी पूरा गरिएको छ । मतगणनाका लागि ...

निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको आग्रह

काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आम...

टिकटकर रतन कार्कीमाथि प्रहरीको सोधपुछ

काठमाडौं । निर्वाचनको मौन अवधिमा उम्मेदवारका तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा टिकटकर रतन कार्कीमाथि प्रहरीले सोधपुछ गरेको छ। जिल्ला प...

निर्वाचनअघि राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद् को बैठक सुरु भएको छ। प्रधानमन्त्री सुशीला कार्की ले बुधबार दिउँसो ३ बजे परिषद्को बैठक बोलाएकी थिइन्। केहीबेरदेख...

निर्वाचन सुरक्षामा खटिएका १२ जना सुरक्षाकर्मी र दुई मतदान अधिकृतको मृत्यु

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का दौरान देशभरका मतदान केन्द्रमा खटिएका ११ जना निर्वाचन प्रहरी र एक सहायक निरीक्षक ९असई०को विभिन्न दुर्घ...

मध्यपूर्व युद्धले भारतको ग्यास आपूर्ति जोखिममा

मुम्बई। मध्यपूर्वमा जारी युद्धका कारण भारतको ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पर्ने सङ्केत देखिएको छ । देशको सबैभन्दा ठूलो तरलीकृत प्राकृतिक ग्यास (एलएनज...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन। इरानमा अमेरिका-इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा समानान्तर ‘सूचना युद्ध’ चर्किएको छ । पुन:प्रयोग गरिएका पुराना तस्बिर, भिड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE