काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपालका लागि युनेस्कोका प्रमुख तथा आवासीय प्रतिनिधि याको डु टुइटबिच लुम्बिनीसम्बन्धी महत्त्वपूर्ण छलफल भएको छ ।
संस्कृति मन्त्रालयमा बिहीबार भएको भेटवार्ताको मुख्य उद्देश्य युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई खतराको सूचीमा नराख्ने उपायहरूबारे गहन छलफल गरे।
मन्त्री पाण्डेले युनेस्कोका मापदण्डअनुसार लुम्बिनीमा विभिन्न सुधारात्मक कामहरू भइरहेको जानकारी गराउँदै, सरकारले तयार पारेको कार्ययोजना ९एक्सन प्लान० कार्यान्वयनमा रहेको बताए। साथै लुम्बिनीलाई स्थायी रूपमा खतराको सूचीमा नपार्ने रणनीति निर्माणका लागि युनेस्कोसँग प्राविधिक र संस्थागत सहयोग आवश्यक रहेको धारणा राखे।
युनेस्को प्रमुख डु टुइटले संस्थाको तर्फबाट पूर्ण सहयोगको प्रतिबद्धता जनाउँदै, हालै सम्पन्न अन्तर्राष्ट्रिय वैज्ञानिक समितिको बैठकमा पनि लुम्बिनीसहित काठमाडौँका विषयमा सकारात्मक छलफल भएकोमा सन्तोष व्यक्त गरे ।
भेटका क्रममा मन्त्री पाण्डेले कपिलवस्तुको तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सुचिकृत तथा अन्य सम्भावित सम्पदाहरूलाई युनेस्कोको प्रारम्भिक सूचीमा समावेश गराउने विषयमा सहयोगको आग्रह गरे। साथै लुम्बिनीको दीर्घकालीन प्रवर्धनका लागि संयुक्त राष्ट्रसंघअन्तर्गत १६ राष्ट्र सम्मिलित समितिको हालसम्मको प्रगतिको जानकारी समेत गराए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २९ गते, २०८२ - १७:२०
काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटनविरुद्ध दायर रिट निवेदनमा फागुन ८ गतेका लागि साधारण तारेख तोकेको छ। यसअघि अदालत प्रशासनले आजका लागि साधारण तारे...
माघ २९ गते, २०८२ - १७:०१
बर्दिबास। महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी मिलले आन्तरिक कारण जनाउँदै उखु क्रसिङ अस्थायी रूपमा बन्द गरेको छ । कारखानाले आज बिहानदेखि क्रसिङ बन्द भए...
माघ २९ गते, २०८२ - १६:५७
दमक। उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीले नयाँ विचार र सोचको प्रतिनिधित्व गर्ने बताएको छन् । जेनजी आन्दोलनपछि विकल...
माघ २९ गते, २०८२ - १६:४६
काठमाडौँ। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले विकास निर्माण आयोजना स्थगन गरिएको विषयमा स्पष्ट पार्दै तयारी नै नभएका तथा समष्टिगत रूपमा तत्काल आर्थिक लाभ...
माघ २९ गते, २०८२ - १६:३७
काठमाडौँ। अफगानिस्तानलाई दोस्रो सुपर ओभरमा हराउँदै दक्षिण अफ्रिकाले आइसिसी टी–२० विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । टी–२० विश्वकपको इतिह...
माघ २९ गते, २०८२ - १६:२५
लमजुङ। लमजुङको मर्स्याङ्दी गाउँपालिका–९, मिर्चेस्थित सडकखण्डमा बुधबार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य सात जना घाइते भएका छ...
माघ २९ गते, २०८२ - १६:२०
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनको माहोल आफ्नो पार्टीतर्फ अनुकूल बन्दै...
माघ २९ गते, २०८२ - १६:१०
काठमाडौं। नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बुधबार झिनो अंकले घट्दै स्थिर अवस्थामा बन्द भएको छ। कारोबारको सुरुवाती समयमा बढेको बजार अन्त्यमा ०.०४...
माघ २९ गते, २०८२ - १५:५८
काठमाडौं। राष्ट्रिय सभाले चलचित्र सम्बन्धी विधेयक सर्वसम्मत रुपमा पारित गरेको छ। बुधबार बसेको सभाको बैठकमा उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्...
माघ २९ गते, २०८२ - १५:४३
टोरन्टो । पश्चिमी क्यानाडाको दुर्गम क्षेत्रमा मङ्गलबार भएको सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । घटनामा सात जना माध्यमिक विद्यालयमा गो...



प्रतिकृया लेख्नुहोस्: