कास्की। प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार (आज) पोखरा आउने भएको छन् । शुक्रवारदेखि पोखरामा सुरु हुने नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्न प्रधानमन्त्री पोखरा आउने भएको हो । पोखराको अमरसिंह चौरमा प्रधानमन्त्री ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ९एसपी० श्यामबाबु ओलियाका अनुसार ११ बजे हेलिकप्टरमार्फत प्रधानमन्त्री ओली पोखरा आउनेछन् । प्रधानमन्त्री ओली पोखरा आउने भएपछि पोखराको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।
युवा सङ्घको १० औँ महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीसहित एमाले महासचिव शङ्कर पोखरेल, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ लगायतले सम्बोधन गर्नुहुने एमाले केन्द्रीय सदस्य तथा युवा सङ्घ नेपालका इन्चार्ज राजीव पहरीले जानकारी दिए। युवा सङ्घको महाधिवेशनमा देशभरबाट २ हजार प्रतिनिधि सहभागी हुँदै छन् ।
नेतृत्वमा पाँच जनाको दाबी
युवा सङ्घ नेपालको नेतृत्व लिन अहिलेसम्म अध्यक्षमा पाँच जनाले आकाङ्क्षा देखाएको छन् । वर्तमान अध्यक्ष क्षितिज थेबेको दोहोरिने इच्छा छ भने उपाध्यक्षहरू कृष्णहरि केसी, महाराज गुरुङ र प्रकाश गौतम पनि अध्यक्ष बन्ने दौडमा हुनुहुन्छ । वर्तमान महासचिव सुमन पुरीले पनि आकाङ्क्षा देखाएको छन् ।
युवा सङ्घको महासचिवमा अहिलेका सचिव निरोज पौडेल, कुवेर अधिकारी, विनय शाह, खेम शर्मा, महेश चौलागाईं, पर्वत भण्डारी लगायतको दाबी छ । अहिले राष्ट्रिय युवा सङ्घको केन्द्रीय कमिटी ३ सय ३९ सदस्यीय छ भने अब बन्ने कमिटी १ सय ५१ सदस्यीय हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ८ गते, २०८२ - १६:३७
बागलुङ। बागलुङको ढोरपाटनमा गत शुक्रवार भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको छ । दुर्घटनामा परी घाइते हुनुभएकी ढोरपाटन नगरपालिका...
आषाढ़ ८ गते, २०८२ - १६:२९
काठमाडौँ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकले आगामी आर्थिक वर्षका लागि दुई अर्ब ७४ करोड ४१ लाख बजेट पारित गरेको छ । प्रधानमन्त...
आषाढ़ ८ गते, २०८२ - १६:१०
मन्थली । जिल्ला सदरमुकाम मन्थलीसँगै जोडिएको कुनाउरीमा निर्माणाधीन पक्की मोटरेबल पुल भाँचिएको छ । मन्थली नगरपालिका–६ को कुनाउरीको भलुवाखोलाबाट वडा ...
आषाढ़ ८ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक घटे पनि कारोबार रकममा भने निरन्तर सुधार आएको छ ।साताको पहिलो दिन आइतबार ३२ अंकले नेप्से घट्दा ९ अर्ब...
आषाढ़ ८ गते, २०८२ - १५:३४
काठमाडौँ । नेपालमा चौथो पटक एमपक्स (मङ्की पक्स) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले नेपाला चौथोपटक एमपक...
आषाढ़ ८ गते, २०८२ - १५:२९
काठमाडौं । संघीय संसद् भवन, नयाँबानेश्वरमा रहेको क्यान्टिन माथिको छतबाट एक जना कामदार मर्मतको काम गर्दागर्दै खसेका छन् । उनलाई अहिले सिभिल अस्पतालम...
आषाढ़ ८ गते, २०८२ - १५:२२
काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको एमालेका सांसद सूर्यबहादुर थापाले कांग्रेसबाट सरकारमा नेतृत्व गरिरहेका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिं...
आषाढ़ ८ गते, २०८२ - १५:१४
अमेरिकालाई अन्तर्राष्ट्रिय नियम उल्लङ्घनका लागि जवाफदेही ठहराउन माग
आषाढ़ ८ गते, २०८२ - १५:०३
चितवन। मुग्लिन-मलेखु सडकखण्डको चार वटा पुलमा आरसिसी बिम (गर्डर) राख्ने काम आज बिहान सम्पन्न भएको छ । यससँगै आजबाट रातिको समयमा सडक आवागमन नरोकिने भएको...
आषाढ़ ८ गते, २०८२ - १४:५९
जेरुसेलम। अमेरिकाले आणविक साइटहरूमा बम प्रहार गरेलगत्तै इरानले इजरायलमा दुईवटा मिसाइल प्रहार गरेपछि मध्य इजरायलमा कम्तीमा १६ जना घाइते भएका र कम्तीमा ...
प्रतिकृया लेख्नुहोस्: