Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

फुकुसिमा प्रतिबन्धपछि चीन र जापान समुद्री खाना आयात पुन: सुरु गर्न नजिक

खबरडबली संवाददाता

बेइजिङ। चीन र जापानले शुक्रबार उनीहरू आणविक फोहोर पानीको टोकियोको व्यवस्थापनलाई लिएर वर्षौंदेखिको विवाद अन्त्य गर्न नजिक पुगेको बताएका छन् । आणविक फोहोर पानीको टोकियोको व्यवस्थापनलाई लिएर बेइजिङले जापानी समुद्री खानाको आयातमा प्रतिबन्ध लगाएको थियो ।

सन् २०२३ मा जापानले बिस्तारै फुकुसिमा आणविक संयन्त्रबाट प्रशोधन गरिएको फोहोर पानी प्रशान्त महासागरमा छोड्न थाल्यो ।

यस कदमलाई अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले समर्थन गरेको थियो । तर बेइजिङबाट कडा आलोचना भएको थियो र उसले जापानी समुद्री खाना आयातमा प्रतिबन्ध लगाएको थियो ।

यस हप्ता बेइजिङमा जापानी अधिकारीहरूसँग भएको वार्ताले ‘पर्याप्त प्रगति हासिल गरेको’ भन्दै चीनले शुक्रबार प्रतिबन्ध हटाउने नजिक पुगेको सङ्केत गरेको थियो ।

“यस वर्ष अहिलेसम्म दुई पक्षले धेरै चरणका प्राविधिक आदानप्रदान गरेका छन्”, बेइजिङको भन्सार प्रशासनले थप विवरण नदिई एक विज्ञप्तिमा भन्यो ।

जापानका मुख्य क्याबिनेट सचिव योशिमासा हयासीले बेइजिङ र टोकियोले ‘चीनमा मत्स्य उत्पादनहरूको निर्यात पुन: सुरु गर्न आवश्यक प्राविधिक आवश्यकताहरूबारे सहमतिमा पुगेको’ बताए ।

“निर्यातसम्बन्धी सुविधाहरूका लागि पुन: दर्ता प्रक्रिया सम्पन्न भएपछि चीनमा निर्यात पुन: सुरु हुनेछ”, हयासीले शुक्रबार भन्नुभयो, “हामी यसलाई एउटा प्रमुख कोसेढुङ्गाका रूपमा लिन्छौँ ।”

यसअघि चीनले फेब्रुअरीमा फुकुसिमा प्लान्ट नजिकै स्वतन्त्र रूपमा सङ्कलन गरेको समुद्री पानी र समुद्री जीवको नमूनामा कुनै असामान्यता नभेटिएको तर प्रतिबन्ध खारेज गर्नुअघि थप परीक्षण आवश्यक रहेको सङ्केत गरेको थियो ।

सन् २०११ मा एउटा ठूलो भूकम्पले घातक सुनामी निम्त्यायो र यसले फुकुसिमा आणविक सुविधालाई डुबाएको थियो भने यसका छ वटा रिएक्टरमध्ये तीन वटालाई पग्लन बाध्य तुल्याएको थियो ।

जापानसँगको सम्बन्ध टोकियोको साम्राज्यवादी विरासतले गर्दा लामो समयदेखि तनावपूर्ण रहेको चीनले प्रशोधित फोहोर पानीलाई वातावरणीय रूपमा गैरजिम्मेवार भएको भन्दै निकासीको कडा विरोध गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बर्दिवासमा पौने घण्टापछि सुरु भयो मतदान

बर्दिवास। महोत्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचनको कडा सुरक्षावीच विहिवार बिहान निर्धारित समयमा मतदान सुरु भएको छ । सबै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण...

मतदानपछि बालेन शाह हेलिकप्टरमार्फत झापा जाँदै

काठमाडौं । बालेन शाहले काठमाडौं–२ को मतदान केन्द्रमा मतदान गरेका छन्। मतदान गरेपछि उनी झापा जाने तयारीमा रहेका छन्। सुरक्षा स्रोतका अनुसार बालेन मा...

ओखलढुंगामा मतदान केन्द्र नौ बजेसम्म सुनसान

ओखलढुंगा। ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–७, टोक्सलस्थित सहिद स्मृति आधारभूत विद्यालय सातसल्ले मतदान केन्द्र बिहान ९ बजेसम्म सुनसान रहेको छ।...

उदयपुरको कटारीको मतदान केन्द्रमा सुरक्षाकर्मीको हतियार पड्कियो

काठमाडौं। उदयपुरको कटारीको मतदान केन्द्रमा सुरक्षाकर्मीले बोकेको हतियार असावधानीवश पड्किएको छ। कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूल केन्द्र ताव...

निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ परेका छन् ।  नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महा...

निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने

इलाम। निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने जनाएको छ । २१ गते हुुने प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, भयरहित र निष्...

यस वर्षको मतगणनामा दलका प्रतिनिधिले हेर्न पाउँछन्, छुन पाउँदैनन्: निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन नजिकिँदै जाँदा विगतमा भएका मतपत्र च्यातिने घटनाहरू पुन: चर्चामा आउने गरेका छन्। यस्ता घटनाले देशव्यापी बहस जन्माएसँगै निर्वाचन आयो...

२४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगको दाबी

काठमाडौँ । निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना सुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने ...

झापा ५ मा नेपाली सेनाको हवाई गस्ती

दमक। झापा क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ । बिहीबार हुने निर्वाचनलाई ध्यान...

बाँके क्षेत्र नम्बर २ को मतगणनास्थलमा तारजाली र सिसिटिभि जडान

नेपालगन्ज । फागुन २१ गते विहिबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनकालागि बाँके निर्वाचन क्षेत्र नम्बर २ को मतगणना तयारी पूरा गरिएको छ । मतगणनाका लागि ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE