काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा नपारेको बताएका छन्।
विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै महरले सबै राजनीतिक दलका घोषणापत्रमा शिक्षामा २० प्रतिशत बजेट छुट्याइने उल्लेख भए पनि १० प्रतिशत मात्रै छुट्याइनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका हुन्।
देशकै सबैभन्दा ठूलो पार्टी कांग्रेसको घोषणापत्र र चुनावताका जनतामाँझ गरेका प्रतिबद्धता एकातिर र हालको बजेट अर्कातिर देखिएको महरले औंल्याए।
'बजेटमाथिको छलफलमा संशोधन राखेर शिक्षाका लागि २० प्रतिशत बजेट छुट्याउनु अपरिहार्य छ। यसो हुन सकेमा मात्र कक्षा १२ सम्म नि:शुल्क, गुणस्तरीय, व्यवहारिक, जीवनोपयोगी, प्रविधिमैत्री शिक्षा लागू गर्न सकिन्छ। यसका साथै, विश्वविद्यालयमा अनुसन्धानमूलक र प्राविधिक शिक्षाको व्यवस्थित कार्यान्वयन गर्न सकिन्छ,' उनले भने।
शिक्षामा २० प्रतिशत बजेट विनियोजन भए मात्रै शिक्षक, प्राध्यापकका सेवासुविधा, तालिम, शिक्षाभित्रका पूर्वाधारलगायत समग्र शिक्षा क्षेत्रको विकास गर्न सकिने उनले बताएका छन्।
बजेटबारे थप टिप्पणी गर्दै उनले भने, 'बजेटले कृषि, पर्यटन, ऊर्जा, औद्योगीकरण र पूर्वाधारलाई प्राथमिकता दिँदै समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य राखेको छ। तर, स्रोत व्यवस्थापन, कार्यान्वयन क्षमता र विगतका सिकाइको प्रयोगमा स्पष्टता अभाव देखिन्छ।'
पुँजीगत खर्चको कमजोरी, राजस्व र ऋणको यथार्थता तथा कार्यान्वयन संयन्त्रको अभावले यसको प्रभावकारितामा प्रश्न उठाउने महरले बताएका छन्। सामाजिक क्षेत्र, मानव पुँजी र नवप्रवर्तन तथा अनुसन्धानजस्ता दीर्घकालीन विषयमा लगानी कम देखिएको उनको भनाइ छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २१ गते, २०८२ - १२:०८
काठमाडौँ। दोलखाको तामाकोसी गाउँपालिका–४ स्थित गोल्मेश्वर मावि मतदान स्थलमा रोकिएको मतदान पुन: सुचारु गर्ने सहमति भएको छ। बागमती प्रदेशका डीआईजी दीप...
फाल्गुन २१ गते, २०८२ - ११:५६
काठमाडौं। सर्लाहीको बलरा नगरपालिका–४ स्थित एक मतदान केन्द्रमा केही समयका लागि रोकिएको मतदान पुन: सुरु भएको छ। उक्त पालिका राष्ट्रिय स्वतन्त्र पार्ट...
फाल्गुन २१ गते, २०८२ - ०९:३०
बर्दिवास। महोत्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचनको कडा सुरक्षावीच विहिवार बिहान निर्धारित समयमा मतदान सुरु भएको छ । सबै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण...
फाल्गुन २१ गते, २०८२ - ०९:२६
काठमाडौं । बालेन शाहले काठमाडौं–२ को मतदान केन्द्रमा मतदान गरेका छन्। मतदान गरेपछि उनी झापा जाने तयारीमा रहेका छन्। सुरक्षा स्रोतका अनुसार बालेन मा...
फाल्गुन २१ गते, २०८२ - ०९:१४
ओखलढुंगा। ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–७, टोक्सलस्थित सहिद स्मृति आधारभूत विद्यालय सातसल्ले मतदान केन्द्र बिहान ९ बजेसम्म सुनसान रहेको छ।...
फाल्गुन २१ गते, २०८२ - ०९:०९
काठमाडौं। उदयपुरको कटारीको मतदान केन्द्रमा सुरक्षाकर्मीले बोकेको हतियार असावधानीवश पड्किएको छ। कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूल केन्द्र ताव...
फाल्गुन २० गते, २०८२ - १९:१५
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महा...
फाल्गुन २० गते, २०८२ - १९:१०
इलाम। निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने जनाएको छ । २१ गते हुुने प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, भयरहित र निष्...
फाल्गुन २० गते, २०८२ - १७:०६
काठमाडौँ । निर्वाचन नजिकिँदै जाँदा विगतमा भएका मतपत्र च्यातिने घटनाहरू पुन: चर्चामा आउने गरेका छन्। यस्ता घटनाले देशव्यापी बहस जन्माएसँगै निर्वाचन आयो...
फाल्गुन २० गते, २०८२ - १७:०१
काठमाडौँ । निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना सुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने ...



प्रतिकृया लेख्नुहोस्: