ढल्केबर। प्रधानमन्त्री केपी शर्मा ओली आइतबार जनकपुर आउने भएको छन् । मधेश प्रदेश सरकारको गौरव तथा बहुवर्षीय ‘एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक’ योजानको शिलान्यास गर्न प्रधानमन्त्री ओली जनकपुर आउन लागेको हो ।
प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवले मधेश प्रदेश सरकारले निर्माण गर्न लागेको ३२० किलोमिटर कालोपत्रे सडक योजानको शिलान्यास प्रधानमन्त्री ओलीले गर्ने बताए । उनका अनुसार आइतबार जनकपुरधामस्थित महेन्द्रनारायण निधि सभागृहमा प्रधानमन्त्री ओलीले डिजिटल प्रणालीबाट सडकको शिलान्यास गर्नुहुने छ । सडक निर्माणमा नौ अर्ब ६० करोड रुपियाँ लागत लाग्ने उनले जानकारी गराए ।
मन्त्री यादवले ‘एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक’ योजानको दोस्रो चरणअन्तर्गत प्रदेशका ६४ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा पाँच–पाँच किलोमिटरका दरले ३२० किलोमिटर कालोपत्रे सडक निर्माण गर्न लागिएको बताए । उनका अनुसार पहिलो चरणमा पनि यही योजनाअन्तर्गत प्रदेशभर ३२० किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ ।
शिलान्यास कार्यक्रमलाई ऐतिहासिक तथा सन्देश मूलक बनाउने बताउँदै मन्त्री यादवले यस योजनाले जनतालाई प्रत्यक्ष लाभ पुग्ने बताए। मधेश प्रदेशको भौतिक पूर्वाधारमा ठुलो परिवर्तन आउने उनको भनाइ छ ।
उनले भने, “यो सडक योजनाले ग्रामीण क्षेत्रलाई सहरी क्षेत्रसँग जोड्ने, कृषि उत्पादनलाई बजारसम्म पुर्याउन र आपतकालीन सेवा सहज हुने छ । सडक सञ्जालले व्यापार, पर्यटन र स्थानीय उद्योगधन्दामा समेत सकारात्मक प्रभाव पार्ने विश्वास छ । सडक पूर्वाधार सुदृढीकरणमार्फत रोजगारी सिर्जना, व्यापार, पर्यटन, स्थानीय उद्योगधन्दा प्रवर्धनमा समेत प्रत्यक्ष सुधार आउने विश्वास गरिएको मन्त्री यादवले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २१ गते, २०८२ - १२:१३
काठमाडौं । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, देशभरि बिहान ११:०० बजेसम्म १९ लाख २३ हजार ८२४ मत खसेको छ। यो कुल मतदाताक...
फाल्गुन २१ गते, २०८२ - १२:०८
काठमाडौँ। दोलखाको तामाकोसी गाउँपालिका–४ स्थित गोल्मेश्वर मावि मतदान स्थलमा रोकिएको मतदान पुन: सुचारु गर्ने सहमति भएको छ। बागमती प्रदेशका डीआईजी दीप...
फाल्गुन २१ गते, २०८२ - ११:५६
काठमाडौं। सर्लाहीको बलरा नगरपालिका–४ स्थित एक मतदान केन्द्रमा केही समयका लागि रोकिएको मतदान पुन: सुरु भएको छ। उक्त पालिका राष्ट्रिय स्वतन्त्र पार्ट...
फाल्गुन २१ गते, २०८२ - ०९:३०
बर्दिवास। महोत्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचनको कडा सुरक्षावीच विहिवार बिहान निर्धारित समयमा मतदान सुरु भएको छ । सबै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण...
फाल्गुन २१ गते, २०८२ - ०९:२६
काठमाडौं । बालेन शाहले काठमाडौं–२ को मतदान केन्द्रमा मतदान गरेका छन्। मतदान गरेपछि उनी झापा जाने तयारीमा रहेका छन्। सुरक्षा स्रोतका अनुसार बालेन मा...
फाल्गुन २१ गते, २०८२ - ०९:१४
ओखलढुंगा। ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–७, टोक्सलस्थित सहिद स्मृति आधारभूत विद्यालय सातसल्ले मतदान केन्द्र बिहान ९ बजेसम्म सुनसान रहेको छ।...
फाल्गुन २१ गते, २०८२ - ०९:०९
काठमाडौं। उदयपुरको कटारीको मतदान केन्द्रमा सुरक्षाकर्मीले बोकेको हतियार असावधानीवश पड्किएको छ। कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूल केन्द्र ताव...
फाल्गुन २० गते, २०८२ - १९:१५
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महा...
फाल्गुन २० गते, २०८२ - १९:१०
इलाम। निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने जनाएको छ । २१ गते हुुने प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, भयरहित र निष्...
फाल्गुन २० गते, २०८२ - १७:०६
काठमाडौँ । निर्वाचन नजिकिँदै जाँदा विगतमा भएका मतपत्र च्यातिने घटनाहरू पुन: चर्चामा आउने गरेका छन्। यस्ता घटनाले देशव्यापी बहस जन्माएसँगै निर्वाचन आयो...



प्रतिकृया लेख्नुहोस्: