दमक। हात्तीबाट अति प्रभावित क्षेत्रको रुपमा चिनिएको झापाको मेचीनगर नगरपालिका २ र ४ बाहुण्डागी तथा आलडागी क्षेत्रमा एकसातादेखि चितुवा आतङ्कका कारण स्थानीयहरु त्रसित बनेका छन् । केही दिनयता चितुवाले दुई दर्जन कुकुर, बाख्रा, सुँगुरका पाठा लगायतका घरपालुवा जनावर मारेपछि स्थानीयहरु त्रसित भएका छन् ।
वडा नं। २ का वडाध्यक्ष अर्जुन कार्कीका अनुसार स्थानीय जङ्गल, काँसघारी र खेतबारीमा दिनहुनसो चितुवा देखिने गरेको बताए । रातको समयमा स्थानीयका घरपालुवा जनवार मार्ने गरेको उनको भनाइ छ । बालबालिका, जेष्ठ नागरिक र सबैलाई सचेत भएर हिँड्नका लागि वडा कार्यालयले सबै वडाबासी तथा यहाँ आउने पर्यटकलाई सचेत गराएको पनि उहाँले जानकारी दिए।
स्थानीय क्षेत्रमा देखिँदै आएको चितुवालाई नियन्त्रणमा लिएर सुरक्षित स्थलमा लैजानका लागि डिभिजन वन कार्यालय झापा, राष्ट्रिय प्रकृति संरक्षण कोष, सुरक्षाकर्मीलाई जानकारी गराइएको कार्कीले बताए। यो वडाले गर्न सक्ने काम भएन र सरोकारवाला सबैलाई आग्रह गरेका छौं, उनले भने।
बाहुण्डागीमा हात्ती नियन्त्रण र मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि खटिएको रेपिड रेस्पोन्स टिम (आरआरटी) ले नै चितुवाको निगरानी र चितुवा रहेको स्थानबारे स्थानीयलाई जानकारी गराउँदै आएको छ । हात्ती सूचना केन्द्रमार्फत नै चितुवाको आवतजावतको विषयमा जानकारी गराउने गरिएको कार्कीले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २१ गते, २०८२ - १२:१३
काठमाडौं । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, देशभरि बिहान ११:०० बजेसम्म १९ लाख २३ हजार ८२४ मत खसेको छ। यो कुल मतदाताक...
फाल्गुन २१ गते, २०८२ - १२:०८
काठमाडौँ। दोलखाको तामाकोसी गाउँपालिका–४ स्थित गोल्मेश्वर मावि मतदान स्थलमा रोकिएको मतदान पुन: सुचारु गर्ने सहमति भएको छ। बागमती प्रदेशका डीआईजी दीप...
फाल्गुन २१ गते, २०८२ - ११:५६
काठमाडौं। सर्लाहीको बलरा नगरपालिका–४ स्थित एक मतदान केन्द्रमा केही समयका लागि रोकिएको मतदान पुन: सुरु भएको छ। उक्त पालिका राष्ट्रिय स्वतन्त्र पार्ट...
फाल्गुन २१ गते, २०८२ - ०९:३०
बर्दिवास। महोत्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचनको कडा सुरक्षावीच विहिवार बिहान निर्धारित समयमा मतदान सुरु भएको छ । सबै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण...
फाल्गुन २१ गते, २०८२ - ०९:२६
काठमाडौं । बालेन शाहले काठमाडौं–२ को मतदान केन्द्रमा मतदान गरेका छन्। मतदान गरेपछि उनी झापा जाने तयारीमा रहेका छन्। सुरक्षा स्रोतका अनुसार बालेन मा...
फाल्गुन २१ गते, २०८२ - ०९:१४
ओखलढुंगा। ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–७, टोक्सलस्थित सहिद स्मृति आधारभूत विद्यालय सातसल्ले मतदान केन्द्र बिहान ९ बजेसम्म सुनसान रहेको छ।...
फाल्गुन २१ गते, २०८२ - ०९:०९
काठमाडौं। उदयपुरको कटारीको मतदान केन्द्रमा सुरक्षाकर्मीले बोकेको हतियार असावधानीवश पड्किएको छ। कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूल केन्द्र ताव...
फाल्गुन २० गते, २०८२ - १९:१५
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महा...
फाल्गुन २० गते, २०८२ - १९:१०
इलाम। निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने जनाएको छ । २१ गते हुुने प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, भयरहित र निष्...
फाल्गुन २० गते, २०८२ - १७:०६
काठमाडौँ । निर्वाचन नजिकिँदै जाँदा विगतमा भएका मतपत्र च्यातिने घटनाहरू पुन: चर्चामा आउने गरेका छन्। यस्ता घटनाले देशव्यापी बहस जन्माएसँगै निर्वाचन आयो...



प्रतिकृया लेख्नुहोस्: