यरुशलेम। इजरायलले आइतबार गाजातर्फ जाँदै गरेको एक मानवीय राहत बोकेका ‘पानी जहाज’ लाई रोकिने निर्णय गरेको छ । उक्त पानीजहाजमा विश्वप्रसिद्ध वातावरण अभियन्ता ग्रेटा थनबर्ग समेत सहभागी रहेको जनाइएको छ ।
इजरायली रक्षा मन्त्री इस्राएल काट्जले एक विज्ञप्तिमार्फत जानकारी दिँदै भने, “मैले सुरक्षाकर्मीहरूलाई म्याडलिन नामको जहाज गाजाको समुद्री क्षेत्रमा प्रवेश गर्न नदिन निर्देशन दिएको छु ।”
उनले उक्त अभियानका केही सहभागीहरूलाई लिएर गम्भीर टिप्पणी गर्दै भन्नुभयो, “गाजातर्फको यात्रा रोक्नुहोस्, तपाईंहरूलाई त्यहाँ पुग्न दिइने छैन ।”
म्याडलिन नामक जहाज जुन १ मा इटालीबाट प्रस्थान गरेको हो । यो जहाज स्वतन्त्र राहत अभियान समूहद्वारा सञ्चालन गरिएको हो । अभियानको उद्देश्य लामो समयदेखि जारी गाजाको समुद्री नाकाबन्दीको शान्तिपूर्ण विरोध गर्नु र त्यहाँका जनतालाई राहत सामग्री पुर्याउनु हो ।
आयोजकहरूका अनुसार जहाज हाल इजिप्टको जलक्षेत्रमा प्रवेश गरिसकेको छ र गाजातर्फ अगाडि बढिरहेको छ । गाजामा जारी द्वन्द्व अहिले २१ औँ महिनामा प्रवेश गरिसकेको छ ।
रक्षामन्त्री काट्जले थपे, “इजरायलले गाजातर्फ कुनै पनि किसिमको नाकाबन्दी तोड्ने प्रयासलाई स्वीकार गर्ने छैन, जसको उद्देश्य हमासजस्ता आतङ्ककारी समूहसम्म हातहतियार पुर्याउने सम्भावना हुन सक्छ । इजरायल शान्ति र सुरक्षा कायम राख्न प्रतिबद्ध छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...
पौष ४ गते, २०८२ - १६:३१
काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रबार घाइते पत्रकारलाई न...
पौष ४ गते, २०८२ - १६:१७
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्। ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...
पौष ४ गते, २०८२ - १६:०४
काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...
पौष ४ गते, २०८२ - १५:४२
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन
पौष ४ गते, २०८२ - १५:२४
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...
पौष ४ गते, २०८२ - १५:१०
चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...




प्रतिकृया लेख्नुहोस्: