Ntc summer Offer
Khabar Dabali ९ असार २०८२ सोमबार | 23rd June, 2025 Mon
Investment bank

तीनतलेका किसानले व्यवसायिक चिराइतोखेतीबाट १२ लाखसम्म आम्दानी लिँदै

खबरडबली संवाददाता

भोजपुर। षडानन्द नगरपालिका–१० तीनतलेका किसान बहुउपयोगी जडीबुटी चिराइतोको व्यावसायिक खेतीमा जुटेका छन् । चिराइतोबाट मकै, आलुलगायत बालीको तुलनामा राम्रो आम्दानी हुने भएपछि उनीहरु चिराइतोखेतीमा जुटेका हुन् ।

षडानन्द–१० साङपाङका वडाध्यक्ष पेमदोर्ची शेर्पाका अनुसार तीनतले क्षेत्रका एक सय २० बढी किसानले चिराइतो, लोठसल्ला, सतुवालगायतको व्यावसायिक खेती गरिरहेका छन् । यहाँका माथिल्लो भेगका किसानको मुख्य आम्दानीको स्रोत चिराइतो रहेको छ । नगरपालिकाको माथिल्लो भेगलाई जडीबुटीको पकेट क्षेत्र घोषणा गरिएको छ ।

“चिराइतो तीनतले क्षेत्रका अधिकांश किसानको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको छ, अन्यबालीको तुलनमा जडीबुटी चिराइतोखेतीबाट राम्रो आम्दानी हुने भएपछि किसान व्यावसायिक खेतीमा लागेको देखिन्छ । अहिले हामीले यो क्षेत्रलाई चिराइलो पकेट क्षेत्र घोषणा गरेर जडीबुटी खेतीका लागि प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेका छौँ”, उनले भने।

तीनतले क्षेत्रका किसानले चिराइतो बिक्रीबाट एकपटकमा न्यूनतम रु एक लाख ५० हजारदेखि १२ लाखसम्म आम्दानी लिने गरेको स्थानीय किसान फुर्लाक्पा शेर्पाले जानकारी दिए। आफूले अहिले २५ रोपनी क्षेत्रमा चिराइतोको व्यावसायिक खेती गरिरहेको उनले बताए। चिराइतो बिक्रीबाट औसतमा वार्षिक रु चारदेखि सात लाखसम्म आम्दानी लिने गरेको उनको भनाइ छ । गत वर्ष चिराइतो विक्रीबाट रु सात लाख आम्दानी गरेको उनले बताए ।

उत्पादन भएको चिराइतो घरबाट नै ठेकेदारले लैजाने गरेको स्थानीय अर्का किसान निमा शेर्पाले बताए। गत वर्ष एक मन ९४० केजी० चिराइतो घरबाट नै रु ४० हजारदेखि ४५ हजारसम्ममा बिक्री भएको उनले जानकारी दिए । राम्रो आम्दानी हुने भएपछि १० वर्षअघिबाट व्यावसायिक रूपमा चिराइतोखेतीमा जुटेको उनको भनाइ छ ।

“मैले १० वर्षअघिबाट चिराइतोको व्यावसायिक खेती गरिरहेको छु”, उनले भने, “चिराइतोबाट राम्रो आम्दानी लिँदै पनि आएको छु । बर्सेनि मूल्यवृद्धि भइरहेको आवस्था छ । त्यहीँ भएर धेरै किसान यसको व्यावसायिक खेतीमा  लागेका छन् ।” चिराइतो बारीमा छरेको २६ देखि २७ महिनासम्ममा सङ्कलन गर्न योग्य हुने हुन्छ । चिराइतो भदौ, असोज, कात्तिकमा सङ्कलन गरिने शेर्पाले बताए । पछिल्लो समय चिराइतोमा बोट सुक्ने, जरा कुहिने रोगको समस्या देखिन थालेको उहाँले जानकारी दिए। राज्यको तहबाट रोग कीरा नियन्त्रण सहयोग भएमा किसानले अझ राम्रो आम्दानी सक्ने उनको भनाइ छ । 

ज्वरो, दम रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुकालगायत रोगका  लागि औषधिको रूपमा चिराइतो प्रयोग गर्न सकिने स्थानीयको भनाइ छ ।  पात, डाँठ, जरालगायत सम्पूर्ण भाग नै प्रयोग गर्न सकिन्छ । यहाँको चिराइतो भारत, चीन र बङ्गलादेशमा निर्यात हुने गरेको व्यवसायीको भनाइ छ ।  

एक हजार पाँच सय मिटरदेखि दुई हजार पाँच सय मिटरसम्मको उचाइको हावापानीमा चिराइतो राम्रोसँग फस्टाउने भएकाले यहाँका माथिल्लो भेगका अधिकांश मानिसले यसको खेती गरिरहेका छन् । लेकाली भेग तथा चिस्यान क्षेत्र भएकाले यहाँ चिराइतोको राम्रो उत्पादन हुँदै आएको छ । चिराइतो षडानन्द नगरपालिकाको वडा नं १०, ११ र १३ को माथिल्लो भेग,  टेम्केमैयुङ –५ मझौले, तिम्मा, दोभाने, हेलौंछा, खार्तम्छा, आमचोक गाउँपालिकाको युँ, वासिङथर्पु, पौवादुङमा गाउँपालिकाको श्यामशिलालगायत व्यावसायिक खेती हुने गरेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बैंकिङ कसुर मुद्दामा जनमत पार्टीकी प्रदेश सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । समानुपातिक प्रदेशसभा सदस्य उनीविरुद्ध जिल्ला अ...

ढोरपाटन जिप दुर्घटना : मृतकको सङ्ख्या पाँच पुग्यो

बागलुङ। बागलुङको ढोरपाटनमा गत शुक्रवार भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको छ । दुर्घटनामा परी घाइते हुनुभएकी ढोरपाटन नगरपालिका...

दुई अर्ब ७४ करोडको बजेटमा दाङमा चार सय शय्याको अस्पताल निर्माण हुने

काठमाडौँ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकले आगामी आर्थिक वर्षका लागि दुई अर्ब ७४ करोड ४१ लाख बजेट पारित गरेको छ । प्रधानमन्त...

तामाकोशी नदीको निर्माणाधीन पुल भाँचियो

मन्थली । जिल्ला सदरमुकाम मन्थलीसँगै जोडिएको कुनाउरीमा निर्माणाधीन पक्की मोटरेबल पुल भाँचिएको छ ।  मन्थली नगरपालिका–६ को कुनाउरीको भलुवाखोलाबाट वडा ...

ओरालो लाग्यो नेप्से, सवा ९ अर्ब रुपैयाँको कारोबार

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक घटे पनि कारोबार रकममा भने निरन्तर सुधार आएको छ ।साताको पहिलो दिन आइतबार ३२ अंकले नेप्से घट्दा ९ अर्ब...

नेपालमा चौथो पटक मङ्की पक्स पुष्टि

काठमाडौँ । नेपालमा चौथो पटक एमपक्स (मङ्की पक्स) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले नेपाला चौथोपटक एमपक...

संसद् भवनको छतबाट खसे कामदार

काठमाडौं । संघीय संसद् भवन, नयाँबानेश्वरमा रहेको क्यान्टिन माथिको छतबाट एक जना कामदार मर्मतको काम गर्दागर्दै खसेका छन् । उनलाई अहिले सिभिल अस्पतालम...

उपप्रधानमन्त्री सिंहलाई सुर्य थापाको प्रश्न : पिताजीको नामका योजनाबाट देश अगाडि बढ्छ ?

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको एमालेका सांसद सूर्यबहादुर थापाले कांग्रेसबाट सरकारमा नेतृत्व गरिरहेका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिं...

इरानद्वारा सुरक्षा परिषदको आपतकालीन बैठकको माग

अमेरिकालाई अन्तर्राष्ट्रिय नियम उल्लङ्घनका लागि जवाफदेही ठहराउन माग

मुग्लिन-मलेखु सडकखण्ड आजबाट रातिमा बन्द नहुने

चितवन। मुग्लिन-मलेखु सडकखण्डको चार वटा पुलमा आरसिसी बिम (गर्डर) राख्ने काम आज बिहान सम्पन्न भएको छ । यससँगै आजबाट रातिको समयमा सडक आवागमन नरोकिने भएको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending