काठमाडौँ। उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट अर्थतन्त्र सुधारको अन्तिम किस्ता नभएको बताएको छन् । मङ्गलबार काठमाडौँमा क्लिकमाण्डु डटकमले आयोजना गरेको प्रि मनिटरी पोलिसी डिस्कसन र विशेष प्रकाशन सार्वजनिक गर्दै उनले यस्तो बताएको हो ।
उहाँले अध्यादेशका मार्फतबाट कानुनहरु संशोधन गर्दा पनि सरकारले आर्थिक सुधारको अन्तिम किस्ता अध्यादेश नभएको बताइएको र बजेट पनि अर्थतन्त्र सुधारको अन्तिम किस्ता नरहेको जिकिर गरे। उनले आर्थिक सुधारको अर्को चरणको रुपमा बजेट आएको उल्लेख गरे।
अर्थमन्त्री पौडेलले सुधारको श्रृङ्खलाको अन्तिम कडी बजेट नभएको बताउँदै सुधारका अरु आवश्यक कदमहरु चाल्दै जाने बताए । नेपालमा स्वदेशी र विदेशी लगानीको मात्रा र दायरा नबढेसम्म, उत्पादन उत्पादकत्व वृद्धि नभएसम्म, देशभित्र रोजगारी सिर्जना हुने र हरेक नेपालीले आफ्नो भविष्य देशभित्र देख्ने स्थिति सिर्जना नभएसम्म र सबल राष्ट्रिय अर्थतन्त्रको निर्माण नभएसम्म एवम् नागरिकलाई सुखी जीवनको प्रत्याभूति दिन नसकेसम्म सुधारको श्रृङ्खला जारी रहने जिकिर गरे ।
‘‘यो बजेट पनि आर्थिक सुधारको अन्तिम किस्ता होइन । जसरी हामी भनिरहेका थियौँ, अध्यादेशका मार्फतबाट कानुनहरु संशोधन गरियो, यो आर्थिक सुधारको अन्तिम किस्ता होइन भनेर जसरी हामी भनिरहेका थियौँ । आर्थिक सुधारको अर्को स्टेपका रुपमा बजेट आएको छ । सुधारको श्रृङ्खलाको अन्तिम कडी बजेट होइन । हामी सुधारका अरु आवश्यक कदमहरु चाल्दै जान्छौँ ।,’’ उपप्रधानमन्त्री पौडेलले भने, ‘‘तबसम्म चाल्छौँ जबसम्म साँच्चि नै नेपालमा स्वदेशी र विदेशी लगानीको मात्रा र दायरा बढ्दैन, जबसम्म उत्पादन उत्पादकत्व वृद्धि हुँदैन, जबसम्म देशभित्र रोजगारी सिर्जना हुने, देशभित्र भविष्य खोज्ने हरेक नेपालीले आफ्नो भविष्य देशभित्र देख्ने स्थिति सिर्जना हुँदैन, जबसम्म सबल राष्ट्रिय अर्थतन्त्रको निर्माण हुन सक्दैन, जबसम्म नागरिकलाई सुखी जीवनको प्रत्याभूति गर्न सक्दैनौँ तबसम्म सुधारको श्रृङ्खला जारी रहन्छ । एकपछि अर्का सुधारका कामहरु गर्दै जान्छौँ ।’’
उपप्रधानमन्त्री पौडेलले बजेटसँग निजी क्षेत्रहरुले उत्साहका साथ प्रतिक्रिया दिनुभएको बताउँदै त्यसप्रति सम्मान व्यक्त गरे। उनले बजेटको प्रभावकारी कार्यान्वयनमा रचनात्मक सहयोग र सुझाव दिन आग्रह गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ८ गते, २०८२ - १६:५७
काठमाडौँ । जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । समानुपातिक प्रदेशसभा सदस्य उनीविरुद्ध जिल्ला अ...
आषाढ़ ८ गते, २०८२ - १६:३७
बागलुङ। बागलुङको ढोरपाटनमा गत शुक्रवार भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको छ । दुर्घटनामा परी घाइते हुनुभएकी ढोरपाटन नगरपालिका...
आषाढ़ ८ गते, २०८२ - १६:२९
काठमाडौँ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकले आगामी आर्थिक वर्षका लागि दुई अर्ब ७४ करोड ४१ लाख बजेट पारित गरेको छ । प्रधानमन्त...
आषाढ़ ८ गते, २०८२ - १६:१०
मन्थली । जिल्ला सदरमुकाम मन्थलीसँगै जोडिएको कुनाउरीमा निर्माणाधीन पक्की मोटरेबल पुल भाँचिएको छ । मन्थली नगरपालिका–६ को कुनाउरीको भलुवाखोलाबाट वडा ...
आषाढ़ ८ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक घटे पनि कारोबार रकममा भने निरन्तर सुधार आएको छ ।साताको पहिलो दिन आइतबार ३२ अंकले नेप्से घट्दा ९ अर्ब...
आषाढ़ ८ गते, २०८२ - १५:३४
काठमाडौँ । नेपालमा चौथो पटक एमपक्स (मङ्की पक्स) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले नेपाला चौथोपटक एमपक...
आषाढ़ ८ गते, २०८२ - १५:२९
काठमाडौं । संघीय संसद् भवन, नयाँबानेश्वरमा रहेको क्यान्टिन माथिको छतबाट एक जना कामदार मर्मतको काम गर्दागर्दै खसेका छन् । उनलाई अहिले सिभिल अस्पतालम...
आषाढ़ ८ गते, २०८२ - १५:२२
काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको एमालेका सांसद सूर्यबहादुर थापाले कांग्रेसबाट सरकारमा नेतृत्व गरिरहेका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिं...
आषाढ़ ८ गते, २०८२ - १५:१४
अमेरिकालाई अन्तर्राष्ट्रिय नियम उल्लङ्घनका लागि जवाफदेही ठहराउन माग
आषाढ़ ८ गते, २०८२ - १५:०३
चितवन। मुग्लिन-मलेखु सडकखण्डको चार वटा पुलमा आरसिसी बिम (गर्डर) राख्ने काम आज बिहान सम्पन्न भएको छ । यससँगै आजबाट रातिको समयमा सडक आवागमन नरोकिने भएको...
प्रतिकृया लेख्नुहोस्: