काठमाडौँ। उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट अर्थतन्त्र सुधारको अन्तिम किस्ता नभएको बताएको छन् । मङ्गलबार काठमाडौँमा क्लिकमाण्डु डटकमले आयोजना गरेको प्रि मनिटरी पोलिसी डिस्कसन र विशेष प्रकाशन सार्वजनिक गर्दै उनले यस्तो बताएको हो ।
उहाँले अध्यादेशका मार्फतबाट कानुनहरु संशोधन गर्दा पनि सरकारले आर्थिक सुधारको अन्तिम किस्ता अध्यादेश नभएको बताइएको र बजेट पनि अर्थतन्त्र सुधारको अन्तिम किस्ता नरहेको जिकिर गरे। उनले आर्थिक सुधारको अर्को चरणको रुपमा बजेट आएको उल्लेख गरे।
अर्थमन्त्री पौडेलले सुधारको श्रृङ्खलाको अन्तिम कडी बजेट नभएको बताउँदै सुधारका अरु आवश्यक कदमहरु चाल्दै जाने बताए । नेपालमा स्वदेशी र विदेशी लगानीको मात्रा र दायरा नबढेसम्म, उत्पादन उत्पादकत्व वृद्धि नभएसम्म, देशभित्र रोजगारी सिर्जना हुने र हरेक नेपालीले आफ्नो भविष्य देशभित्र देख्ने स्थिति सिर्जना नभएसम्म र सबल राष्ट्रिय अर्थतन्त्रको निर्माण नभएसम्म एवम् नागरिकलाई सुखी जीवनको प्रत्याभूति दिन नसकेसम्म सुधारको श्रृङ्खला जारी रहने जिकिर गरे ।
‘‘यो बजेट पनि आर्थिक सुधारको अन्तिम किस्ता होइन । जसरी हामी भनिरहेका थियौँ, अध्यादेशका मार्फतबाट कानुनहरु संशोधन गरियो, यो आर्थिक सुधारको अन्तिम किस्ता होइन भनेर जसरी हामी भनिरहेका थियौँ । आर्थिक सुधारको अर्को स्टेपका रुपमा बजेट आएको छ । सुधारको श्रृङ्खलाको अन्तिम कडी बजेट होइन । हामी सुधारका अरु आवश्यक कदमहरु चाल्दै जान्छौँ ।,’’ उपप्रधानमन्त्री पौडेलले भने, ‘‘तबसम्म चाल्छौँ जबसम्म साँच्चि नै नेपालमा स्वदेशी र विदेशी लगानीको मात्रा र दायरा बढ्दैन, जबसम्म उत्पादन उत्पादकत्व वृद्धि हुँदैन, जबसम्म देशभित्र रोजगारी सिर्जना हुने, देशभित्र भविष्य खोज्ने हरेक नेपालीले आफ्नो भविष्य देशभित्र देख्ने स्थिति सिर्जना हुँदैन, जबसम्म सबल राष्ट्रिय अर्थतन्त्रको निर्माण हुन सक्दैन, जबसम्म नागरिकलाई सुखी जीवनको प्रत्याभूति गर्न सक्दैनौँ तबसम्म सुधारको श्रृङ्खला जारी रहन्छ । एकपछि अर्का सुधारका कामहरु गर्दै जान्छौँ ।’’
उपप्रधानमन्त्री पौडेलले बजेटसँग निजी क्षेत्रहरुले उत्साहका साथ प्रतिक्रिया दिनुभएको बताउँदै त्यसप्रति सम्मान व्यक्त गरे। उनले बजेटको प्रभावकारी कार्यान्वयनमा रचनात्मक सहयोग र सुझाव दिन आग्रह गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १३ गते, २०८३ - १७:०७
काठमाडौं। संघीय सरकार र काठमाडौं महानगरपालिका ले सुकुमबासी बस्ती हटाउन थालेपछि प्रभावित तथा अन्य व्यक्तिहरू दशरथ रंगशालामा नाम दर्ता गराउन पुगेका छन्।...
बैशाख १३ गते, २०८३ - १६:५१
काठमाडौँ। सरकारले मुलुकको समग्र शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत र संरचनागत सुधारका काम अगाडि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्...
बैशाख १३ गते, २०८३ - १६:४३
नवलपरासी। नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा व्यावसायिक केराखेती गर्दै आएका किसानले उत्पादनअनुसार उचित मूल्य नपाएको गुनासो गरेका छन् । बजारमा उपभोक्...
बैशाख १३ गते, २०८३ - १६:१८
काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुल...
बैशाख १३ गते, २०८३ - १६:०८
भोजपुर। भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा भोजपुर–चखेवा सडक पूर्णरूपमा बन्द भएको छ । भोजपुर नगरपालिका–५, बोखिमस्थित चाल्से खोल्सामा शनिबार राति आए...
बैशाख १३ गते, २०८३ - १५:५०
काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप...
बैशाख १३ गते, २०८३ - १५:५०
काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप...
बैशाख १३ गते, २०८३ - १५:५०
काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप...
बैशाख १३ गते, २०८३ - १५:४२
सर्लाही। मधेश प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ अन्तर्गत सर्लाहीको चुरेभेगस्थित बाहुनी–परवानीपुर–घारिबथान सडक कालोपत्रे भएको छ । चुरेपा...
बैशाख १३ गते, २०८३ - १५:१७
अर्थपूर्ण संवाद गर्न मानवअधिकार एलायन्सको आग्रह


प्रतिकृया लेख्नुहोस्: