काठमाडौं। चालु आर्थिक २०८१/८२ को दश महिनामा १३ खर्ब ५६ अर्ब ६१ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको दश महिनाको विवरण अनुसार यो रेमिट्यान्स गत वर्षको पहिलो १० महिनाको तुलनामा १३ दशमलव २ प्रतिशतले वृद्धि भएको हो ।
यस्तो रेमिट्यान्स अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६ दशमलव ९ प्रतिशतले बढेको थियो । २०८२ वैशाख महिनामा मात्रै विप्रेषण आप्रवाह १ खर्ब ६५ अर्ब ३० करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब १५ अर्ब ९९ करोड रुपैयाँ रहेको रहेको थियो । त्यस्तै विप्रेषण आप्रवाह अमेरिकी डलरमा १० दशमलव ५ प्रतिशतले बढेको छ ।
यस्तै कुल विदेशी विनिमय संञ्चिति १८ अर्ब ४० करोड डलर पुगेको छ । यो रकम १४ दशमलव ६ महिनासम्मको वस्तु र सेवा आयात धान्न पर्याप्त छ । गत वर्ष २०८१ असार मसान्तमा यस्तो सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड थियो ।
अमेरिकी डलरमा हेर्दा यो सञ्चिति २०८१ असारको १५ अर्ब २७ करोडबाट २०।५ प्रतिशतले बढेर १८ अर्ब ४० करोड पुगेको छ । यो सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग २२ खर्ब ११ अर्ब ११ करोड र अन्य बैंक तथा वित्तीय संस्थासँग ३ खर्ब १ अर्ब ८३ करोड छ ।
गत वर्षको तुलनामा राष्ट्र बैंकको सञ्चिति १९ दशमलव ६ प्रतिशत र अन्य वित्तीय संस्थाको सञ्चिति ५६ दशमलव ८ प्रतिशतले बढेको छ । यो सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१ दशमलव २ प्रतिशत छ। राष्ट्र बैंकका अनुसार यो सञ्चिति कुल गार्हस्थ्य उत्पादनको ४१ दशमलव १ प्रतिशत, कुल आयातको १२१ दशमलव ४ प्रतिशत र विस्तृत मुद्रा प्रदायको ३३ दशमलव ८ प्रतिशत छ ।
समीक्षा अवधीमा विस्तृत मुद्राप्रदाय ६ दशमलव ६ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ११ दशमलव ४ प्रतिशतले बढेको छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६ दशमलव २ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ७ दशमलव ३ प्रतिशतले बढेको छ ।
वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११ दशमलव ४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ८ दशमलव ४ प्रतिशत रहेको छ । वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति २ दशमलव ७७ प्रतिशत रहेको छ ।
शोधनान्तर स्थिति ४ सय ३८ अर्ब ५२ करोडले वचतमा रहेको छ । आयात १३ दशमलव१ प्रतिशतले र निर्यात ७२ दशमलव ७ प्रतिशतले बढेको छ । वैशाखसम्म नेपाल सरकारको खर्च ११ खर्ब ५७ अर्ब ८९ करोड र राजश्व परिचालन ९ खर्ब २२ अर्ब ४३ करोड रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।
यो अवधिसम्म सरकारको खातामा ३ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ बराबर नगद मौज्दात रहेको छ । २०८१ असार मसान्तमा ती खातामा ९३ अर्ब ९६ करोड मौज्दात थियो ।
राष्ट्र बैंककाअनुसार चालु आवको १० महीनाको अवधिमा १० अर्ब ६० करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब ५ करोड रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २९ गते, २०८२ - ११:००
महोत्तरी। देशको एकमात्र रेल सेवा सञ्चालन गरिरहेको नेपाल रेल्वे कम्पनी लिमिटेडले आर्थिक घाटा झेल्दै आएको छ। पछिल्लो पाँच वर्षको तथ्याङ्कले कम्पनीको आम्...
चैत्र २९ गते, २०८२ - १०:४५
काठमाडौं । सरकारले सार्वजनिक खरिद ऐन २०६३ संशोधन गर्ने तयारी गरेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालय ले ‘सार्वजनिक खरिद ऐन संशोधन विधेयक’ को प्रारम...
चैत्र २९ गते, २०८२ - १०:३८
पाँचथर । पाँचथरमा एक जना युट्युबरलाई अनलाइन माध्यममार्फत अपमानजनक र गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्न...
चैत्र २९ गते, २०८२ - १०:२६
तनहुँ। प्रदेश अस्पताल दमौलीले स्वास्थ्य सेवालाई थप सहज र प्रभावकारी बनाउने उद्देश्यले आज आइतबारदेखि नै ओपिडी ९बहिरङ्ग० सेवा सञ्चालनमा ल्याएको छ। स्वास...
चैत्र २८ गते, २०८२ - १६:५७
काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई डिपोर्ट गरेको छ। चार्टर विमानमार्फत उनीहरूलाई स्वदेश फर्काइएको हो। विमानस्थल अध्यागमन प्रमुख नरहरी घिम...
चैत्र २८ गते, २०८२ - १६:४३
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू कुनै पनि प्रकारको छानबिनका लागि तयार रहेको बताएका छन्। शनिबार पार्टी के...
चैत्र २८ गते, २०८२ - १६:३२
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी ९एमाल०का महासचिव शङ्कर पोखरेलले कम्युनिष्ट आन्दोलनलाई पुन:जागृत र पुर्नगठित गरेर अगाडि बढ्ने बताएको छन् । पार्टी ...
चैत्र २८ गते, २०८२ - १६:१९
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विद्यालय तथा कलेजमा विद्यार्थी संगठनहरूलाई प्रतिबन्ध लगाउने विषय अस्वीकार्य भएको निष्कर्ष निकालेको छ। ...
चैत्र २८ गते, २०८२ - १६:०७
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति शृङ्खलामा अवरोध र बढ्दो असमानताले सहकार्य मात्र नभई सामूहिक ...
चैत्र २८ गते, २०८२ - १५:५५
विराटनगर। कोशी प्रदेशमै पहिलो सलाइन उद्योगले व्यवसायिक उत्पादन सुरु गरेको छ । एक अर्ब रुपियाँ भन्दा बढी लगानीमा मोरङको बुढीगंगा गाउँपालिका २ मा ‘ए...


प्रतिकृया लेख्नुहोस्: