गुल्मी। ऐतिहासिक मुसिकोट दरबार पहिरोको जोखिममा परेको छ । सडक विस्तारसँगै दरबार पछाडिको भाग खस्दै गएको हो ।
मुसिकोट नगरपालिका र स्थानीय पूर्वाधार सहयोग कार्यक्रममार्फत् एक करोड २५ लाख रुपियाँको लागतमा पहिरो नियन्त्रणको काम भइरहेको मुसिकोट नगरपालिकाका प्रमुख जिवलाल खरेलले बताए।
खरेलले मुसिकोटको पहिचान मुसिकोट दरवार पछिल्लो समय पहिरोको जोखिममा परेपछि मुसिकोट नगरपालिका र स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका १२ योजना मध्ये सबैभन्दा धेरै बजेट विनियोजन गरेर पहिरो नियन्त्रणको काम भइरहेको बताए। यो कामले पहिरोबाट दरवार क्षेत्रलाई जोगाउन ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको खरेलले बताए । मुसिकोट नगरपालिका र स्थानीय पुर्वाधार सहयोग कार्यक्रम मार्फत नगरभित्र तिन करोड बढिका योजनामा काम भइरहेको छ ।
स्वाँरादेखि सालिमे जोड्ने तीन किलोमिटर पदमार्ग निर्माण, कुकुवाखोला थापाटोला चितपानी सिँचाइ, सानीचौर–भर्मचौर–वालुवा सिँचाइ योजना, भुवाचिदीमा कुकुवाखोला तटबन्ध र डाँडाथोक सिँचाइ योजना निर्माणको सम्झौता भएको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले जानकारी दिए।
त्यस्तै निस्तीखोला ठूला पहिरो क्षेत्र र दरमखोला बसेरी क्षेत्र तटबन्ध, तल्लाफाँट रिङ्गरोडसँगै नाली तथा सिँचाइ कुलाहरु निर्माण र आगलागी जोखिम रहेको तिलेहार ठूलपोखरी वनक्षेत्रमा विपद् जोखिम न्यूनिकरणका लागि अग्नीरेखा निर्माणको काम हुने गिरीले बताए । बिपद्को बाहेक सवै काम कार्यान्वयनमा गएको नगरपालिकाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २२ गते, २०८२ - १५:०७
अछाम। प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत अछाम क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टी उम्मेदवार भीमबहादुर रावलले सुरुवाती अग्रता लिएको छन् । ...
फाल्गुन २२ गते, २०८२ - १५:०४
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जारी मतगणना अनुसार ७० स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ । निर्वाचन आयोगका अ...
फाल्गुन २२ गते, २०८२ - १४:५७
भक्तपुर। प्रतिनिधि सभा सदस्य निर्वाचनको बिहीबार सम्पन्न मतदानपछि मत परिणाम आउने क्रममा भक्तपुर निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९र...
फाल्गुन २२ गते, २०८२ - १४:४८
सर्लाही। प्रतिनिधि सभा निर्वाचनको हट स्पट मानिएको सर्लाही क्षेत्र नम्बर ४ को प्रारम्भिक मतगणनामा गगन कुमार थापा पछि परेका छन्। सार्वजनिक भएको प्रार...
फाल्गुन २२ गते, २०८२ - १४:३९
जुम्ला। जुम्ला कनकासुन्दरी गाउँपालिकाको वडा नम्बर १, २, ३, ५, ६ र ७ को हालसम्म मत गणना हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर शाही...
फाल्गुन २२ गते, २०८२ - १४:३५
विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि दुर्गा रेग्मीको मृत्यु भएको छ। रास्वपाका उम्मेदवार कृ...
फाल्गुन २२ गते, २०८२ - १४:१४
काठमाडौँ । काठमाडौँ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम नौ हजार ८२१ मतसहित अग्रस्थानमा छन्। निर्वाचन ...
फाल्गुन २२ गते, २०८२ - १४:०९
टीकापुर। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीलाई पछि पार्दै राष्ट्रिय स्व...
फाल्गुन २२ गते, २०८२ - १४:००
म्याग्दी। म्याग्दीमा स्वतन्त्र उम्मेदवार डा. महावीर पुनले अग्रता बढाउँदै गएका छन् । पछिल्लो मतगणनाको परिणामअनुसार स्वतन्त्र उम्मेदवार पुन नेकपा (एमाले...
फाल्गुन २२ गते, २०८२ - १३:५३
घोराही। दाङ निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बिपिनकुमार आचार्यले प्रारम्भिक मतगणनामा अग्रता लिएको छन् । ...



प्रतिकृया लेख्नुहोस्: