Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

नेतृत्वबारे अनावश्यक अनुमान नगर्न एमाले उपध्यक्ष पौडेलको निर्देशन

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा एमालेमा देखिएका समस्याको समाधान नीति र विधिबाट गर्न नेतृत्व सक्षम भएको बताएका छन् । समकालीन राजनीतिक पार्टीमा एमाले नै कम आन्तरिक समस्या भएको पार्टी रहेको पनि नेता पौडेलको दाबी छ । समस्या समाधानका लागि कसैको सहयोग नचाहिने पनि पौडेलले प्रस्ट्याए । 

नेकपा एमाले जनसङ्गठन संयन्त्रको बैठकलाई बुधबार सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले भने, ‘कतैपनि सग्लो पार्टी भेटिँदैन । धोएको मुला जस्तो,गंगाजल जस्तो पार्टी भेटिँदैन’ उपाध्यक्ष पौडेलले भने, ‘तर एमाले कम आन्तरिक समस्या भएको पार्टी हो । जे जस्ता समस्या पार्टीमा देखिन्छन् तिनलाई समाधान दिन वर्तमान नेतृत्व सक्षम छ ।’ 

उपाध्यक्ष पौडेलले पार्टीको विधान महाधिवेशन नजिकिँदै गरेकोले त्यसको तयारीमा पार्टी लागिरहेको जानकारी दिँदै भदौको तेस्रो साता हुने विधान महाधिवेशनले १० औँ राष्ट्रिय महाधिवेशनपछि पार्टीले वैधानिक रूपमा सच्याउनु पर्ने,कार्यान्वयनमा भएका अप्ठ्यारालाई सहज बनाउन विधान महाधिवेशनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । ‘विधान महाधिवेशन अघिल्लो विधान महाधिवेशन देखि हालसम्म पार्टी सङ्गठन सञ्चालनमा देखिएका समस्यालाई वैधानिक रूपमा नै सुधार गर्ने विधि तय गर्नेछौँ’ उपाध्यक्ष पौडेलले भने,‘केन्द्रीय कमिटीले विधानमा संशोधन गर्नुपर्ने विषयहरू प्रस्ताव गर्दछ । यी विषयहरू हामी महाधिवेशन प्रतिनिधिलाई पहिले नै पठाएर थप समृद्ध गर्न भन्नेछौँ ।’ 

उनले विधान महाधिवेशन नै नभई पार्टी नेतृत्वका विषयमा अनावश्यक अनुमान गर्ने र विभाजित हुने काम नगर्न जनसङ्गठनलाई निर्देशन समेत दिए ।  ‘विधान महाधिवेशन भन्दा पहिला नेतृत्वको विषयमा छलफल नगरौँ’ पौडेलले भने, ‘विधान महाधिवेशनले विधि तय गरेपछि नेतृत्वको बारेमा छलफल गरौँला । एमालेमा नेतृत्वको विषयमा कुनै समस्या छैन ।’

उपाध्यक्ष पौडेलले पार्टी र जनसङ्गठनमा देखिएको शिथिलतालाई चिर्न सबै लाग्नुपर्नेमा जोड दिए । ‘एमालेमा कुनै बेला सिटी फुकेको भरमा हजारौँ मानिस सडकमा आउँथे । अहिले किन मानिसह शिथिल भएका छन् रु’ उपाध्यक्ष पौडेलले भने, ‘आम जनतामा ऊर्जा भर्न र जनताको बीचमा जान पार्टीका महत्त्वपूर्ण अङ्ग जनसङ्गठन नै हुन् । उनीहरुले यो भूमिका निवार्ह गर्नुपर्दछ । ’

उपाध्यक्ष पौडेलले पार्टी निर्माणमा जनसंगठनको सशक्त भूमिका निर्वाह गर्नुपर्ने भन्दै २०४६र०४७ सालका जनसङ्गठन, २०६२र०६३ सालका जनसङ्गठन धेरै सशक्त भएको स्मरण गरे । ‘जनसङ्गठन पार्टीको ब्याड हो । यहाँ रोपेका बिरुवा हुर्किएपछि पार्टीमा सारिन्छ’ पौडेलले भने, ‘त्यसैले मुलरुपमा पार्टीको सम्पर्कमा नयाँ मानिसहरुलाई ल्याउने काम जनसंगठनको नै हो । तर अहिले कतिपय जनसंगठनले पार्टीकै कार्यकर्ता लगेर सङ्गठित गर्ने अनि फेरी पार्टीमै फर्काइदिने गरेका छन् । यसले सङ्गठन र पार्टीको बिस्तार हुँदैन ।’

जनसङ्गठन संयन्त्रको बैठकमा इन्चार्जहरूले रिपोर्टिङ गरेका छन् । संयन्त्रका इन्चार्ज भानुभक्त ढकालका अनुसार हालै महाधिवेशन सम्पन्न भएका १६ वटा जनसंगठनका इन्चार्ज,अध्यक्ष,निवर्तमान अध्यक्ष र महासचिवहरू बैठकमा सहभागी छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

घुस लिएको आरोपमा वीर अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडाैं । घुस लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। ...

विदेश रहेका देउवा दम्पतीलाई इन्टरपोलमार्फत नोटिस जारी गर्ने तयारी

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध काठमाडौं जिल्ला अदालतले सम्पत्त...

शुक्रबार बस्ने गरी प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ । बुधबार सभामुख डोलप्रसाद अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने गरी स्...

गण्डकी प्रदेशका ६७ प्रतिशत परिवार स्वास्थ्य बीमामा आबद्ध

गण्डकी । गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन प्रदेशको कुल परिवार सङ्ख्यामध्ये ६७ दशमलव ...

उपसभामुखको निर्वाचन शुक्रबार हुने

काठमाडौँ । सभामुख डिपी अर्यालले उपसभामुखको निर्वाचन चैत्र २७ गते शुक्रबारको मिति तोकेका छन् ।   प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख अर्यालले चैत्...

सेयर बजार २८ सय अंक नाघ्यो, सबै समूहका सूचक बढे

काठमाडौं। बुधबार नेप्से परिसूचक २८०२ अंकमा पुगेको छ, जसले अघिल्लो दिनको २.६१ अंक घटाइँसँग तुलना गर्दा ४५.१२ अंकको वृद्धि देखाएको छ। बन्द...

राष्ट्रियसभा बैठक : भ्रष्टाचार नियन्त्रणदेखि मल, बीउको व्यवस्था गर्नसम्म माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य ...

देशभर चैते झरी, मौसम सुधार भोलि पनि नहुने

काठमाडौं। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यका लगायत देशका अधिकांश भूभागमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। ...

लामो दूरीका सवारी साधनमा आज साँझदेखि नयाँ भाडादर लागू हुने

काठमाडौं । सरकारले संघीय सडकअन्तर्गत लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ। बढेको नयाँ दर आज साँझदेखि लाग...

कति छ आज कालिमााटीमा कृषिउपजको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending