Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

अमेरिकाले इरानमा प्रहार गरेकाे बङ्कर–बस्टर बम के हो ?

खबरडबली संवाददाता

बैङ्कक । इरान विरुद्धको इजरायलको युद्धमा आफूलाई सम्मिलित गर्दै वासिङ्टनले इरानको फोर्डो इन्धन संवर्धन प्लान्टमा आफ्नो विशाल ‘बङ्कर–बस्टर’ बमहरू प्रयोग गरेको छ । ती बमहरूलाई पहाडको गहिराइमा निर्मित र इजरायलको एक हप्ताभरको आक्रमणमा अछूतो रहेको फोर्डोलाई क्षति पुर्‍याउने वा नष्ट गर्ने सबैभन्दा राम्रो मौकाको रूपमा व्यापक रूपमा हेरिएको थियो ।

आधिकारिक ब्रिफिङअघि अपरेसनका बारेमा छलफल गर्न नाम नछाप्ने शर्तमा बोल्दै एक अमेरिकी अधिकारीले आइतबारको आक्रमणमा तिनीहरूको प्रयोगको पुष्टि गरेका छन् । अमेरिका मात्र यी हतियारहरू खसाल्न सक्षम सेना हो र शनिबार एसियातर्फ बी-२ स्टेल्थ बमवर्षकहरूको आवागमनले अमेरिकाको सम्भावित गतिविधिको सङ्केत दिएको थियो ।

इजरायली नेताहरूले राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो एक हप्ता पुरानो इरानविरुद्धको युद्धमा सामेल हुने आफ्नो आशालाई लुकाएका थिएनन् । यद्यपि उनीहरूले साइट नष्ट गर्न ब्याकअप योजनाहरू पनि रहेको सुझाव दिएका थिए । फोर्डोमा कत्तिको क्षति भएको थियो भन्ने कुरा आइतबार बिहान अस्पष्ट रह्यो । यो मिसनको व्यापक असर हुनसक्छ, जसमा इरानले आफ्नो आणविक कार्यक्रममा ट्रम्पको इच्छित वार्तामा संलग्न हुने र अमेरिकालाई अर्को मध्यपूर्व युद्धमा तान्ने कुनै पनि अवसरलाई खतरामा पार्नु समावेश छ ।

बङ्कर–बस्टर बम के हो ?

‘बङ्कर बस्टर’ विस्फोट हुनुअघि सतहको गहिरो मुनि प्रवेश गर्न डिजाइन गरिएका बमहरूको वर्णन गर्न प्रयोग गरिने फराकिलो शब्द हो । यस अवस्थामा यसले अमेरिकी शस्त्रागारमा रहेको पछिल्लो जिबियु–५७ ए/बी म्यासिभ अर्डनान्स पेनेट्रेटर बमलाई जनाउँछ । अमेरिकी वायुसेनाका अनुसार लगभग ३० हजार पाउन्ड (१३ हजार छ सय किलोग्राम) को यो सटिक–निर्देशित बम गहिरो गाडिएका र कडा बङ्कर र सुरुङहरूमाथि आक्रमण गर्न डिजाइन गरिएको छ ।

यसले विस्फोट हुनुअघि सतहबाट लगभग दुई सय फिट (६१ मिटर) मुनिसम्म प्रवेश गर्नसक्ने विश्वास गरिन्छ र प्रभावकारी रूपमा प्रत्येक क्रमिक विस्फोटसँगै गहिरो र गहिरो ड्रिल गर्दै बमहरू एकपछि अर्को खसाल्न सकिन्छ । आइतबार बिहानको आक्रमणमा कतिवटा प्रयोग गरिएको भन्नेबारे तुरुन्तै थाहा हुन सकेको छैन् ।

बमले परम्परागत वारहेड बोक्छ, तर अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले इरानले फोर्डोमा उच्च संवर्धित युरेनियम उत्पादन गरिरहेको पुष्टि गरेको छ । जसले गर्दा जिबियु–५७ ए/बी लाई सुविधामा प्रहार गर्न प्रयोग गरियो भने आणविक सामग्री यस क्षेत्रमा छोड्न सक्ने सम्भावना बढेको छ ।

यद्यपि अर्को इरानी आणविक साइट नतान्जमा सेन्ट्रिफ्यूज साइटमा इजरायली आक्रमणले वरपरको क्षेत्रमा नभई साइटमा मात्र प्रदूषण निम्त्याएको आइएइएले बताएको छ । अमेरिकी लडाकू विमानहरूले पनि नातान्जमा प्रहार गरेका छन् ।

फोर्डो कत्तिको कठिन लक्ष्य हो ?

इजरायली हवाई आक्रमणले लक्षित भइसकेको नतान्जपछि फोर्डो इरानको दोस्रो आणविक संवर्धन केन्द्र हो । आइएइएले ती आक्रमणहरूले सुविधाको भूमिगत सेन्ट्रिफ्यूज हलहरूमा ‘प्रत्यक्ष प्रभाव’ पारेको विश्वास गरेको छ ।

फोर्डो नतान्जभन्दा सानो छ र तेहरानबाट करिब ६० माइल (९५ किलोमिटर) दक्षिणपश्चिममा कोम सहर नजिकैको पहाडको छेउमा निर्मित छ ।

यो सन् २००६ को आसपास निर्माण सुरु भएको विश्वास गरिन्छ र यो सन् २००९ मा पहिलो पटक सञ्चालनमा आएको थियो । त्यही वर्ष तेहरानले सार्वजनिक रूपमा यसको अस्तित्व स्वीकार गरेको थियो ।

चट्टान र माटोमुनि अनुमानित ८० मिटर (दुई सय ६० फिट) हुनुका अतिरिक्त साइट इरानी र रूसी सतह–देखि–हावा मिसाइल प्रणालीहरूद्वारा सुरक्षित छ भनिन्छ ।

यद्यपि ती वायु रक्षाहरू सम्भवतः पहिले नै इजरायली अभियानमा प्रहार भइसकेका छन् । इजरायलले इरानका धेरैजसो वायु रक्षाहरू ध्वस्त पारेको दाबी गरेको छ ।

अझै पनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानमाथि आक्रमण गर्ने लक्ष्य यसको क्षेप्यास्त्र र आणविक कार्यक्रमलाई उन्मूलन गर्ने बताएको छ । उनले इरानको क्षेप्यास्त्र र आणविक कार्यक्रमलाई इजरायलको अस्तित्वका लागि खतरा भएको बताएको छ । अधिकारीहरूले फोर्डो त्यो योजनाको हिस्सा भएको बताएका छन् ।

“यो सम्पूर्ण अपरेसन… वास्तवमा फोर्डोको उन्मूलनसँगै पूरा हुनुपर्दछ”, अमेरिकाका लागि इजरायलका राजदूत येचिएल लेइटरले फक्स न्युजलाई भने ।

अमेरिका किन संलग्न हुनुपर्‍यो ?

सिद्धान्तमा जिबियु–५७ ए/बी लाई वजन बोक्न सक्षम कुनै पनि बमवर्षकले खसाल्न सक्छ, तर अमेरिकी वायुसेनाका अनुसार हाल अमेरिकाले आफ्नो बी–२ स्पिरिट स्टेल्थ बमवर्षकलाई मात्र बम डेलिभर गर्न कन्फिगर र प्रोग्राम गरेको छ । बी–२ केवल वायुसेनाद्वारा उडाइन्छ र नर्थरोप ग्रुम्यानद्वारा उत्पादन गरिएको हो ।

निर्माताका अनुसार बी–२ ले ४० हजार पाउन्ड (१८ हजार किलोग्राम) को पेलोड बोक्न सक्छ तर अमेरिकी वायुसेनाका अनुसार उसले कुल वजन करिब ६० हजार पाउन्ड (२७ हजार दुई सय किलोग्राम) सहितका दुईवटा जिबियु–५७ ए÷बी बङ्कर बस्टरहरू लोड गरेको बी–२ को सफल परीक्षण गरेको छ ।

नर्थरोप ग्रुम्यानका अनुसार रणनीतिक लामो दूरीको भारी बमवर्षकको इन्धन नभर्दै लगभग सात हजार माइल (११ हजार किलोमिटर) र एक पटक इन्धन भर्दा ११ हजार पाँच सय माइल (१८ हजार पाँच सय किलोमिटर) को दायरा छ र घण्टौँमा संसारको कुनै पनि विन्दुमा पुग्नसक्छ ।

प्रतिबद्धहीन ट्रम्प

अमेरिका संलग्न हुने कि नहुने भन्ने कुरा हालका दिनहरूमा अस्पष्ट थियो । क्यानाडामा भएको जी–७ बैठकमा ट्रम्पलाई वासिङ्टन सैन्य रूपमा संलग्न हुनका लागि के चाहिन्छ भनेर सोधिएको थियो र उहाँले भन्नुभयो, “म त्यसको बारेमा कुरा गर्न चाहन्नँ ।”

त्यसपछि बिहीबार ट्रम्पले ‘दुई हप्ता’ भित्र आफ्नो आणविक कार्यक्रमका बारेमा इरानसँग वार्ताको सम्भावनालाई अर्को मौका दिन संलग्न हुने कि नहुने निर्णय गर्ने बताए । अन्तमा निर्णय गर्न दुई दिन मात्रै लाग्यो । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...

कास्कीमा हजुरआमा हत्या अभियोगमा नाति पक्राउ

लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...

कञ्चनपुरमा शीतलहरबाट ८ हजार परिवार प्रभावित हुनसक्ने अनुमान

कञ्चनपुर ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...

बङ्गलादेशको अखबार भवनमा आगलागी, २५ पत्रकारको उद्धार

ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण हुँदै

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

अस्पतालको पुरानो भवनबाट मिर्चैया नगरपालिकाकाे सेवा सुरु

सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...

निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...

१४ दिनदेखि बेपत्ता बालककाे खोजीका लागि परिवारको आग्रह

काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...

एमालेमा गुट जीवित नै रहेको महाधिवेशनकाे संकेत

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...

तनहुँमा कटुवा पेस्तोलसहित १९ वर्षीय युवक पक्राउ

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending