नेपालगन्ज। नेपाल–भारत सीमाको नेपालगन्जस्थित जमुनाह नाकाबाट चालु आर्थिक वर्षको जेठ मसान्तसम्म विभिन्न देशबाट ७४ अर्ब ३५ करोडभन्दा बढीको आयात–निर्यात व्यापार भएको छ ।
नेपालगन्ज भन्सार कार्यालयले दिएको तथ्याङ्क अनुसार, चालु आर्थिक वर्ष २०८१र०८२ मा सोे नाकाबाट ७१ अर्ब १८ करोड ४३ लाख ५८ हजार बराबरको आयात र दई अर्ब ८५ करोड नौ लाख ३९ हजार बराबरको निर्यात गरेर ७४ अर्ब ३५ करोड बढीको आयात–निर्यात व्यापार भएको हो ।
जमुनाह नाकाबाट आयात–निर्यात व्यापार धेरै भएकोे देखिए पनि आयातको तुलनामा निर्यात भने निकै न्यून रहेको सो तथ्याङ्कले देखाएको छ ।
अघिल्लो आर्थिक वर्षको जेठ मसान्तसम्म ६६ अर्ब ६२ करोड पाँच लाख २६ हजार बराबरको आयात निर्यात नेपालगन्ज भन्सारबाट भएको थियो । जसमा आयात ६४ अर्ब ४२ करोड ५२ लाख ७९ हजार र निर्यात दुई अर्ब १९ करोड ५२ लाख ४७ हजार रहेको थियो ।
नेपालगन्ज भन्सारबाट चालु आर्थिक वर्ष २०८१/०८२ को जेठ मसान्तसम्मको व्यापार घाटा ९६ प्रतिशत रहेको छ भने अघिल्लो आ।व।को सोही अवधीसम्म व्यापार घाटा ९७ प्रतिशत रहेको थियो ।
त्यस्तै, नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षमा पनि विगतमा जस्तै वार्षिक लक्ष्य हासिल गर्न नसक्ने देखिएको छ । नेपालगन्ज भन्सार कार्यालयले चालु आ।व।का लागि २७ अर्ब १८ करोड ३५ लाख ८९ हजार लक्ष्य पाएकोमा जेठ मसान्तसम्म ६७।२९ प्रतिशत अर्थात १८ अर्ब २९ करोड १२ लाख १२ हजार मात्रै राजस्व असुली गर्न सफल भएको छ ।
अघिल्लो आ।व। २०८०/०८१ मा नेपालगन्ज भन्सारले २८ अर्ब ६६ करोड २५ लाख २८ हजार लक्ष्य पाएकोमा उक्त आ।व।को अन्त्यसम्म ६३.२५ प्रतिशत अर्थात १८ अर्ब १५ करोड ७२ लाख ३३ हजार राजस्व सङ्कलन गरेको थियो । अघिल्लो आ।व।को तुलनामा यस वर्ष जेठ सम्ममा करिब १५ करोडभन्दा बढी भन्सार असुली भइसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २१ गते, २०८२ - १३:३५
बाजुरा। बाजुरामा मतदान सुरु भएको सात घण्टाभित्र ३५ हजार मत खसेको छ। बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान अन्तर्गत दिउँसो १२ बजेसम्म झण्डै ३५ हजार म...
फाल्गुन २१ गते, २०८२ - १३:३२
काठमाडौं । स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–१०, मोदीखोलास्थित बालज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान रोकिएको छ। मतपत्रमा मतदान अधिकृतले ...
फाल्गुन २१ गते, २०८२ - १३:२९
सर्लाही। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा काठमाडौँमा मतदान गरेर बिहीबार दिउँसो सर्लाही आइपुगेको छन् । थापा सर्लाही ४ बाट प्रतिनिधि सभा सदस्य ...
फाल्गुन २१ गते, २०८२ - १३:१६
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज मध्याह्न १२ बजेसम्म करिब १८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । आज बिहान ७ बजेदेखि सुर...
फाल्गुन २१ गते, २०८२ - १३:१४
बैतडी। बिहीबार बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा शान्तिपूर्ण रुपमा मतदान जारी रहेको छ । जिल्ला निर्वाचन कार्याल...
फाल्गुन २१ गते, २०८२ - १३:०९
काठमाडौं । महोत्तरीको बर्दिबास–७ मा वडाध्यक्षको मतदान विवादपछि रोकिएको मतदान पुन: सुरु भएको छ। बर्दिबास नगरपालिका–७ प्रेमनगरस्थित रानी मावि मतदान क...
फाल्गुन २१ गते, २०८२ - १२:२०
काठमाडौं । तामाकोशी गाउँपालिका-४ को मालु मतदान केन्द्रमा मतदान रोकिएको छ। कर्मचारीमाथि हातपातको प्रयास भएपछि प्रहरीले हवाई फायर गरेको थियो। त्यसपछि मत...
फाल्गुन २१ गते, २०८२ - १२:१३
काठमाडौं । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, देशभरि बिहान ११:०० बजेसम्म १९ लाख २३ हजार ८२४ मत खसेको छ। यो कुल मतदाताक...
फाल्गुन २१ गते, २०८२ - १२:०८
काठमाडौँ। दोलखाको तामाकोसी गाउँपालिका–४ स्थित गोल्मेश्वर मावि मतदान स्थलमा रोकिएको मतदान पुन: सुचारु गर्ने सहमति भएको छ। बागमती प्रदेशका डीआईजी दीप...
फाल्गुन २१ गते, २०८२ - ११:५६
काठमाडौं। सर्लाहीको बलरा नगरपालिका–४ स्थित एक मतदान केन्द्रमा केही समयका लागि रोकिएको मतदान पुन: सुरु भएको छ। उक्त पालिका राष्ट्रिय स्वतन्त्र पार्ट...



प्रतिकृया लेख्नुहोस्: