पाल्पा। पाल्पाका विभिन्न राजनीतिक दलले विद्युत् अनियमितता बारे सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी,नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाले विद्युत् अनियमितताबारे ज्ञापन मार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।
जिल्लामा अघोषित लोडसेडिङ भएको र यसबाट समस्या परेको भन्दै ध्यानाकर्षण गराएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामीले बताए। लिफटिङ खानेपानी, प्रशासनिक काम, व्यापारिक प्रयोजनमा गरिएका काम अवरुद्ध लगायत यहाँका उपभोक्ताले समस्या भोग्नुपरेका ज्ञापन पत्रमा उल्लेख छ । यस्तै अर्बौँ बक्यौता नतिरेका उद्योगीलाई पूर्ण समय विद्युत् उपलब्ध गराउने तर आम सर्वसाधारणका लागि विद्युत् काट्ने कुराले दुखित बनाएको ज्ञापन पत्रमा भनिएको छ । बिना सूचना नागरिकलाई विद्युत् सेवाबाट वञ्चित गर्ने कार्य तत्काल बन्द गर्ने माग रहेको अध्यक्ष विशाल दलार्मीले बताए।
नेकपा एमाले पाल्पाका उपाध्यक्ष विमल काफ्ले, नेकपा माओवादी केन्द्र अध्यक्ष राजेन्द्र विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी कार्यवाहक सभापति सुमन गैरे, राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष डुलबहादुर कुँवर, नेकपा एकीकृत समाजवादीका अध्यक्ष अशोककुमार शाही, कार्यालयमा पुगेर जिल्लाको विद्युत् अनियमितता बारे ज्ञापन मार्फत सरकारको ध्यानाकर्षण गराएको हो । नेपाल विद्युत् प्राधिकरण पाल्पा र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन बुझाएको राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २१ गते, २०८२ - १३:३२
काठमाडौं । स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–१०, मोदीखोलास्थित बालज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान रोकिएको छ। मतपत्रमा मतदान अधिकृतले ...
फाल्गुन २१ गते, २०८२ - १३:२९
सर्लाही। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा काठमाडौँमा मतदान गरेर बिहीबार दिउँसो सर्लाही आइपुगेको छन् । थापा सर्लाही ४ बाट प्रतिनिधि सभा सदस्य ...
फाल्गुन २१ गते, २०८२ - १३:१६
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज मध्याह्न १२ बजेसम्म करिब १८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । आज बिहान ७ बजेदेखि सुर...
फाल्गुन २१ गते, २०८२ - १३:१४
बैतडी। बिहीबार बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा शान्तिपूर्ण रुपमा मतदान जारी रहेको छ । जिल्ला निर्वाचन कार्याल...
फाल्गुन २१ गते, २०८२ - १३:०९
काठमाडौं । महोत्तरीको बर्दिबास–७ मा वडाध्यक्षको मतदान विवादपछि रोकिएको मतदान पुन: सुरु भएको छ। बर्दिबास नगरपालिका–७ प्रेमनगरस्थित रानी मावि मतदान क...
फाल्गुन २१ गते, २०८२ - १२:२०
काठमाडौं । तामाकोशी गाउँपालिका-४ को मालु मतदान केन्द्रमा मतदान रोकिएको छ। कर्मचारीमाथि हातपातको प्रयास भएपछि प्रहरीले हवाई फायर गरेको थियो। त्यसपछि मत...
फाल्गुन २१ गते, २०८२ - १२:१३
काठमाडौं । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, देशभरि बिहान ११:०० बजेसम्म १९ लाख २३ हजार ८२४ मत खसेको छ। यो कुल मतदाताक...
फाल्गुन २१ गते, २०८२ - १२:०८
काठमाडौँ। दोलखाको तामाकोसी गाउँपालिका–४ स्थित गोल्मेश्वर मावि मतदान स्थलमा रोकिएको मतदान पुन: सुचारु गर्ने सहमति भएको छ। बागमती प्रदेशका डीआईजी दीप...
फाल्गुन २१ गते, २०८२ - ११:५६
काठमाडौं। सर्लाहीको बलरा नगरपालिका–४ स्थित एक मतदान केन्द्रमा केही समयका लागि रोकिएको मतदान पुन: सुरु भएको छ। उक्त पालिका राष्ट्रिय स्वतन्त्र पार्ट...
फाल्गुन २१ गते, २०८२ - ०९:३०
बर्दिवास। महोत्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचनको कडा सुरक्षावीच विहिवार बिहान निर्धारित समयमा मतदान सुरु भएको छ । सबै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण...



प्रतिकृया लेख्नुहोस्: