नेपालगन्ज । पश्चिम नेपालको प्रमुख केन्द्र मानिने नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक २०८२/०८३ का लागि एक अर्ब ६४ करोड ७१ लाख रुपियाँको आय–व्यय प्रस्तुत गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको मंगलवार सुरु भएको नगरसभाको १७ औँ अधिवेशनमा नगरसभाका उपाध्यक्ष तथा उपमहानगरका उपप्रमुख कमरुद्दीन राईले आर्थिक वर्ष २०८२/०८३ का लागि एक अर्ब ६४ करोड ७१ लाख रुपियाँको अनुमानित आयव्यय प्रस्तुत गरे।
उहाँले उपमहानगरपालिकालाई सङ्घीय सरकारबाट सशर्त अनुदान ६२ करोड ६३ लाख, वित्तीय समानीकरण अन्तर्गत २६ करोड ७९ लाख, राजस्व बाँडफाँटबाट २३ करोड, घर जग्गा रजिष्ट्रेशनबाट १२ करोड, आन्तरिक आय २३ करोड प्राप्त हुने जानकारी दिए ।
यसैगरी, विशेष अनुदान एक करोड ३५ लाख, समपुरक अनुदान ५३ लाख रुपियाँ रहने जनाइएको छ । प्रदेश सरकारबाट वित्तीय समानीकरण एक करोड ९० लाख २१ हजार, राजस्व बाँडफाँट दुई करोड ३२ हजार, सशर्त अनुदान दुई करोड २९ लाख, समपूरक अनुदान एक करोड ५० लाख र विशेष अनुदान एक करोड ३५ लाख रुपियाँ प्राप्त हुने उपप्रमुख राईले बताए ।
यसैगरी, जनसहभागिताबाट एक करोड २५ लाख, वन रोयल्टीबाट तीन लाख ६६ हजार र बैङ्क मौज्दात ११ करोड ४१ लाख आन्तरिक आम्दानी रहने अनुमान गरिएको छ ।
यसअघि सो १७ औँ नगरसभामा नेपालगन्ज उपमहानगरका प्रमुख प्रशान्त विष्टले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरे।
कार्यक्रममा नगरसभाका सदस्य तथा वडा अध्यक्ष गोपाल पुन, कौशल कुमार धोबी, दीपक बर्मा, राजकुमार साहु, प्रमोद रिजाल र उपमहानगरपालिकाका कार्यकारी प्रमुख ओम बहादुर खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गरे।
उपमहानगरले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट चालु आर्थिक वर्षको बजेट भन्दा केही वृद्धि गरी प्रस्तुत गरिएको छ । आर्थिक २०८१/०८२ का लागि एक अर्ब ५० करोड ३८ लाख रुपियाँको बजेट प्रस्तुत गरिएकोमा आर्थिक वर्ष २०८२/०८३ का लागि एक अर्ब ६४ करोड ७१ लाख रुपियाँको बजेट प्रस्तुत गरिएको छ ।
यसअघिका अघिल्ला आर्थिक वर्षहरुमध्ये आर्थिक वर्ष २०८०/०८१ मा एक अर्ब ८५ करोड ३४ लाख पारित भएको थियो भने आर्थिक वर्ष २०७९/०८० मा दुई अर्ब चार करोड ९८ लाखको बजेट पारित गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन २२ गते, २०८२ - १७:२०
धनगढी । काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र (बालेन) शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले ज...
आश्विन २२ गते, २०८२ - १६:५९
काठमाडौँ । नेपाली कांगेसको केन्द्रीय कार्य समितिको बैठक असोज २६ गते बस्ने र समसामयिक राजनीतिक विषयमा छलफल हुँदैछ । पार्टी सभापति शेरबहादुर देउवाको...
आश्विन २२ गते, २०८२ - १६:५१
सङ्कटग्रस्त घोषणा र पुनर्निर्माण समन्वय टोली गठन
आश्विन २२ गते, २०८२ - १६:४३
काठमाडौं । नेपाल सरकार र सङ्घीय गणतन्त्र जर्मनीबिच वित्तीय सहयोग र प्राविधिक सहयोगसम्बन्धी दुई महत्त्वपूर्ण सम्झौतामा आज हस्ताक्षर भएको छ । अर्थ मन...
आश्विन २२ गते, २०८२ - १६:३१
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको लिचीबारी जग्गा प्रकरणमा ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । बुधबातत्कालीन संघीय ...
आश्विन २२ गते, २०८२ - १४:२१
टोकियो । जापानको सुपरमार्केटको गल्लीमा घुमिरहेको एक उत्तेजित भालुको आक्रमणका कारण दुई जना मानिस घाइते भएको तथा छुट्टै आक्रमणमा अर्का एक व्यक्ति मृत फे...
आश्विन २२ गते, २०८२ - १४:०३
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरूङविरूद्ध युवराज सफल भनिने युवराज पौडेलले पनि जिल्ला प्रहरी परिसर का...
आश्विन २२ गते, २०८२ - १३:५२
काठमाडौं । नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले हिम्मत भए अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेर देखाउन वर्तमान सरकारलाई चुनौती दिएका छन् । ...
आश्विन २२ गते, २०८२ - १३:४१
रौतहट। रौतहटको गौर चन्द्रनिगाहपुर सडक खण्ड अन्तर्गत पर्ने सवगढा लचकामा यात्रुबाहक बस अनियन्त्रित भई दुर्घटना भएको छ । पानीको बहाब धेरै रहेकोले बस अनिय...
आश्विन २२ गते, २०८२ - १२:५९
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध एमाले निकट विद्यार्थी संगठन अखिलले जाहेरी दिने भएको ...
प्रतिकृया लेख्नुहोस्: