नेपालगन्ज । पश्चिम नेपालको प्रमुख केन्द्र मानिने नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक २०८२/०८३ का लागि एक अर्ब ६४ करोड ७१ लाख रुपियाँको आय–व्यय प्रस्तुत गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको मंगलवार सुरु भएको नगरसभाको १७ औँ अधिवेशनमा नगरसभाका उपाध्यक्ष तथा उपमहानगरका उपप्रमुख कमरुद्दीन राईले आर्थिक वर्ष २०८२/०८३ का लागि एक अर्ब ६४ करोड ७१ लाख रुपियाँको अनुमानित आयव्यय प्रस्तुत गरे।
उहाँले उपमहानगरपालिकालाई सङ्घीय सरकारबाट सशर्त अनुदान ६२ करोड ६३ लाख, वित्तीय समानीकरण अन्तर्गत २६ करोड ७९ लाख, राजस्व बाँडफाँटबाट २३ करोड, घर जग्गा रजिष्ट्रेशनबाट १२ करोड, आन्तरिक आय २३ करोड प्राप्त हुने जानकारी दिए ।
यसैगरी, विशेष अनुदान एक करोड ३५ लाख, समपुरक अनुदान ५३ लाख रुपियाँ रहने जनाइएको छ । प्रदेश सरकारबाट वित्तीय समानीकरण एक करोड ९० लाख २१ हजार, राजस्व बाँडफाँट दुई करोड ३२ हजार, सशर्त अनुदान दुई करोड २९ लाख, समपूरक अनुदान एक करोड ५० लाख र विशेष अनुदान एक करोड ३५ लाख रुपियाँ प्राप्त हुने उपप्रमुख राईले बताए ।
यसैगरी, जनसहभागिताबाट एक करोड २५ लाख, वन रोयल्टीबाट तीन लाख ६६ हजार र बैङ्क मौज्दात ११ करोड ४१ लाख आन्तरिक आम्दानी रहने अनुमान गरिएको छ ।
यसअघि सो १७ औँ नगरसभामा नेपालगन्ज उपमहानगरका प्रमुख प्रशान्त विष्टले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरे।
कार्यक्रममा नगरसभाका सदस्य तथा वडा अध्यक्ष गोपाल पुन, कौशल कुमार धोबी, दीपक बर्मा, राजकुमार साहु, प्रमोद रिजाल र उपमहानगरपालिकाका कार्यकारी प्रमुख ओम बहादुर खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गरे।
उपमहानगरले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट चालु आर्थिक वर्षको बजेट भन्दा केही वृद्धि गरी प्रस्तुत गरिएको छ । आर्थिक २०८१/०८२ का लागि एक अर्ब ५० करोड ३८ लाख रुपियाँको बजेट प्रस्तुत गरिएकोमा आर्थिक वर्ष २०८२/०८३ का लागि एक अर्ब ६४ करोड ७१ लाख रुपियाँको बजेट प्रस्तुत गरिएको छ ।
यसअघिका अघिल्ला आर्थिक वर्षहरुमध्ये आर्थिक वर्ष २०८०/०८१ मा एक अर्ब ८५ करोड ३४ लाख पारित भएको थियो भने आर्थिक वर्ष २०७९/०८० मा दुई अर्ब चार करोड ९८ लाखको बजेट पारित गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १३ गते, २०८३ - १७:०७
काठमाडौं। संघीय सरकार र काठमाडौं महानगरपालिका ले सुकुमबासी बस्ती हटाउन थालेपछि प्रभावित तथा अन्य व्यक्तिहरू दशरथ रंगशालामा नाम दर्ता गराउन पुगेका छन्।...
बैशाख १३ गते, २०८३ - १६:५१
काठमाडौँ। सरकारले मुलुकको समग्र शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत र संरचनागत सुधारका काम अगाडि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्...
बैशाख १३ गते, २०८३ - १६:४३
नवलपरासी। नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा व्यावसायिक केराखेती गर्दै आएका किसानले उत्पादनअनुसार उचित मूल्य नपाएको गुनासो गरेका छन् । बजारमा उपभोक्...
बैशाख १३ गते, २०८३ - १६:१८
काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुल...
बैशाख १३ गते, २०८३ - १६:०८
भोजपुर। भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा भोजपुर–चखेवा सडक पूर्णरूपमा बन्द भएको छ । भोजपुर नगरपालिका–५, बोखिमस्थित चाल्से खोल्सामा शनिबार राति आए...
बैशाख १३ गते, २०८३ - १५:५०
काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप...
बैशाख १३ गते, २०८३ - १५:५०
काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप...
बैशाख १३ गते, २०८३ - १५:५०
काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप...
बैशाख १३ गते, २०८३ - १५:४२
सर्लाही। मधेश प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ अन्तर्गत सर्लाहीको चुरेभेगस्थित बाहुनी–परवानीपुर–घारिबथान सडक कालोपत्रे भएको छ । चुरेपा...
बैशाख १३ गते, २०८३ - १५:१७
अर्थपूर्ण संवाद गर्न मानवअधिकार एलायन्सको आग्रह


प्रतिकृया लेख्नुहोस्: