मध्यविन्दु। कावासोती नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को लागि एक अर्ब ६१ लाख ४४ हजार रुपियाँ बजेट सार्वजनिक गरेको छ ।
मंगलबार भएको १७ औँ नगर सभामा नगर उपप्रमुख फूल कुमारी थनेतले आर्थिक वर्ष २०८२/८३ मा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि एक अर्ब ६१ लाख रुपियाँ बजेट प्रस्तुत गरेको हो ।
सभामा उपप्रमुख थनेतले बजेट प्रस्तुत गर्दै ६ करोड ५० लाख आन्तरिक स्रोतबाट, वित्तीय समानीकरण अनुदान नेपाल सरकारबाट १७ करोड २ लाख, राजस्व बाँडफाँडबाट १४ करोड ८३ लाख, सशर्त अनुदान संघीय सरकारबाट ४३ करोड ६६ लाख, विशेष अनुदान नेपाल सरकारबाट ४ करोड १८ लाख, समपूरक अनुदान नेपाल सरकारबाट ६० लाख, आम्दानी हुने बताए।
यसैगरी वित्तीय समानीकरण अनुदान प्रदेश सरकारबाट २ करोड १८ लाख, सवारीसाधन कर प्रदेश सरकारबाट २ करोड २८ लाख, विषेश अनुदान प्रदेश सरकारबाट ४० लाख, समपूरक अनुदान प्रदेश सरकारबाट २८ लाख, घरजग्गा रजिस्ट्रेशनबाट ४ करोड २० लाख, विज्ञापन करबाट ५ लाख ५१ हजार, नदीजन्य पदार्थ विक्री राजश्व बाँडफाँडबाट स्थानीयबाट ३ करोड ३० लाख र लागत सहभागिताबाट एक करोड आम्दानी हुने उपप्रमुख थनेतले जानकारी गराए।
यसैगरी व्ययतर्फ, प्रशासनिक खर्च २१ करोड ११ लाख, मर्मत सम्भार कोषमा एक करोड, समपूरक कोषमा २ करोड ३५ लाख, विपद् व्यवस्थापन कोषमा एक करोड, नगर स्तरीय योजना तथा कार्यक्रममा १२ करोड १० लाख, वडा स्तरीय योजना तथा कार्यक्रममा १२ करोड ९२ लाख खर्च हुने उपप्रमुख थनेतले बताए।
सशर्त अनुदान नेपाल सरकारबाट ४३ करोड ६६ लाख , विशेष अनुदान नेपाल सरकार र प्रदेश सरकारबाट ४ करोड ५८ लाख, समपूरक अनुदान ८८ लाख ४२ हजार र जनसहभागिताबाट एक करोड खर्च हुने गरी कूल एक अर्ब ६१ लाख ४४ हजार रुपियाँ खर्च हुने अनुमानित बजेट प्रस्तुत गरे।
नगर सभामा नगर प्रमुख विष्णु प्रसाद भुसालले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर यातायात गुरुयोजना अनुसार प्राथमिकीकरण गरिएका सडकहरूको विस्तार एवम् स्तरोन्नती, नगर रणनीतिक सडकहरूलाई फुटपाथ, ट्रयाक र वातावरण मैत्री सडक निर्माण गर्न समन्वय गर्ने, ऊर्जामैत्री भवन निर्माणको नीति लिई ऊर्जामैत्री घर निर्माण गर्ने कार्यलाई प्रोत्साहित गर्ने नीति नगरले अघि सारेको बताए।
यस्तै कावासोतीको केरुङे खोलाका तटीय क्षेत्रका वडाहरू १,२,३,४,५,९,१०,१५ मा तटबन्ध गरी खोलाको किनारमा हरियाली क्षेत्र (ग्रिन बेल्ट) निर्माण गर्ने, साइकल लेन, फुटपाथ सहितको कोरिडोर मार्ग निर्माण गर्ने नीति अघि सार्दै त्यसका लागि नेपाल सरकार र दातृ निकायसँग सहयोग लिने र बाँकी रहेको जमिनलाई व्यावसायिक प्रयोजनमा उपयोग गर्न सकिने गरी योजना तयार गर्ने नगर प्रमुख भुसालले जानकारी दिए।
यसैगरी कावासोती नगरपालिका भित्र अटो पार्किङको लागि क्षेत्र निर्धारण गरी अटो दर्ता तथा नियमन कार्य अगाडी बढाइने, पूर्व पश्चिम राजमार्गमा दुर्घटना न्यूनीकरण र सुरक्षाका लागि सडक बत्ती र सिसि क्यामेरा वडा गरिने लगायतका नीति कार्यक्रम सभामा नगर प्रमुख भुसालले प्रस्तुत गरेको थिए।
यस्तै प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले सभामा प्रस्तुत गरेको संशोधित आर्थिक विद्येयक २०८२ र विनियोजन विद्येक २०८२ पनि पारित गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १३ गते, २०८३ - १७:०७
काठमाडौं। संघीय सरकार र काठमाडौं महानगरपालिका ले सुकुमबासी बस्ती हटाउन थालेपछि प्रभावित तथा अन्य व्यक्तिहरू दशरथ रंगशालामा नाम दर्ता गराउन पुगेका छन्।...
बैशाख १३ गते, २०८३ - १६:५१
काठमाडौँ। सरकारले मुलुकको समग्र शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत र संरचनागत सुधारका काम अगाडि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्...
बैशाख १३ गते, २०८३ - १६:४३
नवलपरासी। नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा व्यावसायिक केराखेती गर्दै आएका किसानले उत्पादनअनुसार उचित मूल्य नपाएको गुनासो गरेका छन् । बजारमा उपभोक्...
बैशाख १३ गते, २०८३ - १६:१८
काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुल...
बैशाख १३ गते, २०८३ - १६:०८
भोजपुर। भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा भोजपुर–चखेवा सडक पूर्णरूपमा बन्द भएको छ । भोजपुर नगरपालिका–५, बोखिमस्थित चाल्से खोल्सामा शनिबार राति आए...
बैशाख १३ गते, २०८३ - १५:५०
काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप...
बैशाख १३ गते, २०८३ - १५:५०
काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप...
बैशाख १३ गते, २०८३ - १५:५०
काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप...
बैशाख १३ गते, २०८३ - १५:४२
सर्लाही। मधेश प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ अन्तर्गत सर्लाहीको चुरेभेगस्थित बाहुनी–परवानीपुर–घारिबथान सडक कालोपत्रे भएको छ । चुरेपा...
बैशाख १३ गते, २०८३ - १५:१७
अर्थपूर्ण संवाद गर्न मानवअधिकार एलायन्सको आग्रह


प्रतिकृया लेख्नुहोस्: