इलाम। इलामका १० वटै नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको बजेटमा भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, सामाजिक विकास र पर्यटन प्रवर्धनमा जोड दिएको पाइएको छ ।
इलामको सूर्योदय नगरपालिकाले जिल्लाका १० पालिकामध्ये सबैभन्दा ठुलो आकारको बजेट प्रस्तुत गरेको छ । सूर्योदयले एक अर्ब ४० करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख दुर्गा कुमार बरालले बजेट प्रस्तुत गर्दै भौतिक पूर्वाधारमा भन्दा सुशासनका क्षेत्रमा बजेट केन्द्रित भएको जानकारी दिए।
यस्तै, इलाम नगरपालिकाले एक अर्ब १४ करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले नि:शुल्क प्राविधिक जनशक्ति उत्पादनदेखि जैविक वडा घोषणाका कार्यक्रममा बजेट केन्द्रित गरेको नगर प्रमुख केदार थापाले जानकारी दिए।
यसैगरी, देउमाई नगरपालिकाले ८२ करोड ५६ लाख १४ हजार रुपियाँ बराबरको बजेट पारित गरेको छ । देउमाईले पुराना कामलाईनै निरन्तरता दिएको छ । माई नगरपालिकाले ६३ करोड ९३ लाख ४६ हजार छ सय रुपियाँको बजेट सार्वजनिक गरेको छ । माईले शिक्षा, स्वास्थ्य कृषि र पर्यटनमा जोड दिएको छ ।
माईजोगमाई गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ४६ करोड २० लाख ५० लाख नौ सय ९१ रुपियाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष प्रविना राईले पशु क्षेत्र र पर्यटनमा बजेट केन्द्रित भएको जानकारी दिए । सन्दकपुर गाउँपालिकाले ३३ करोड १० लाख १७ हजार सात सय ५४ रुपियाँको बजेट सार्वजनिक गरेको छ ।
यस्तै, इलामको चुलाचुली गाउँपालिकाले ४५ करोड ७० लाख १५ हजार आठ सय ३७ रुपियाँको बजेट सार्वजनिक गरेको छ ।
फाकफोकथुम गाउँपालिकाले ५६ करोड ४९ लाख ८६ हजार पाँच सय ७३ रुपियाँको बजेट विनियोजन गरेको छ । माङ्सेबुङ गाउँपालिकाले ४८ करोड ७३ लाख १० हजार आठ सय २३ रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । रोङ गाउँपालिकाले ५४ करोड ६० लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ । रोङले कृषि क्षेत्र र शिक्षामा बढी रकम बिनियोजन गरेको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ५ गते, २०८३ - १७:४२
काठमाडौँ। राष्ट्रिय सभाले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ लाई बहुमतले स्वीकृत गरेको छ । शुक्रब...
आषाढ़ ५ गते, २०८३ - १७:२८
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध लगाइएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन ...
आषाढ़ ५ गते, २०८३ - १७:१५
काठमाडौंँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका केही पक्षीमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि चिडियाखाना कम्तीमा दुई साताका लागि बन्द गरिएको ...
आषाढ़ ५ गते, २०८३ - १६:५८
बिर्तामोड। झापाको कन्काई नगरपालिका–५ स्थित चप्रामारी भन्ने स्थानमा जोत्न निकालेको ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार ५ वर्षीया बालिकासह...
आषाढ़ ५ गते, २०८३ - १६:४७
काठमाडौं । नेपाल बार एशोसिएशन का अध्यक्ष डा. विजयप्रसाद मिश्रले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोग को सिफारिस गैरसंवैधानिक रहेको बताएका ...
आषाढ़ ५ गते, २०८३ - १६:३६
काठमाडौं । सिन्धुली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका श्रीकृष्ण विकको मृत्यु प्रकरणमा प्रहरीले कुनै पनि प्रकारको शारीरिक वा मानसिक यातना दिएको प...
आषाढ़ ५ गते, २०८३ - १६:०१
काठमाडौँ। नेपाल सरकारको मन्त्रिपरिषद् बैठक आज अपराह्न ४:३० बजे बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजन...
आषाढ़ ५ गते, २०८३ - १५:५६
काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ६३ अङ्कले उक...
आषाढ़ ५ गते, २०८३ - १५:४८
काठमाडौँ। ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ प्रतिनिधि सभाबाट स्वीकृत भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गर...
आषाढ़ ५ गते, २०८३ - १५:३३
काठमाडौं । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले चार वटा अध्यादेश स्वीकृत गर्दै ६ दिनपछि बस्ने गरी बैठक स्थगित गरेको छ। अब अर्को बैठक असार ११ गते बिहान...



प्रतिकृया लेख्नुहोस्: