Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

बाढी–पहिरोले विभिन्न राजमार्ग अवरुद्ध, यात्रुहरूलाई सास्ती

फइल तस्विर
खबरडबली संवाददाता

काठमाडौं  । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्, जसले गर्दा यात्रुहरूले सास्ती व्यहोर्नु परेको छ। 

नेपाल प्रहरीले आज  बिहान ९ बजेसम्मको अद्यावधिक गरेको जानकारी अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका मुख्य सडक खण्डहरू प्रभावित भएका छन्।

संखुवासभामा अविरल वर्षाका कारण कोशी राजमार्ग पाँचथरमा आएको बाढीले मेची राजमार्ग र तमोर–कोरिडोर सडक खण्ड पूर्ण रूपमा बन्द भएका छन् । 

रसुवामा पहिरोका कारण पासाङ ल्हामु सडक खण्डमा यातायात पूर्ण रूपमा ठप्प छ भने रुकुम पश्चिममा बाढीले जाजरकोट डोल्पा भेरी करिडोर सडक खण्ड अवरुद्ध भएको छ।

काठमाडौँको टोखामा अविरल वर्षाले काठमाडौँ–नुवाकोट सडकखण्डमा एकतर्फी मात्र गाडी चलिरहेका छन्। बागलुङ र नवलपुरमा पहिरो र बाढीका कारण कालिगण्डकी करिडोर एकतर्फी सञ्चालनमा आएको छ। रोल्पामा पहिरोले शहीद राजमार्ग पनि एकतर्फी सञ्चालनमा छ।

राजमार्ग अवरुद्ध हुँदा विभिन्न गन्तव्यका लागि हिँडेका यात्रुहरू अलपत्र परेका छन् भने ढुवानी सेवा पनि प्रभावित भएको छ। नेपाल प्रहरीले यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन र आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

520441734_1436555690830256_3461210862686438104_n

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

घुस लिएको आरोपमा वीर अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडाैं । घुस लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। ...

विदेश रहेका देउवा दम्पतीलाई इन्टरपोलमार्फत नोटिस जारी गर्ने तयारी

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध काठमाडौं जिल्ला अदालतले सम्पत्त...

शुक्रबार बस्ने गरी प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ । बुधबार सभामुख डोलप्रसाद अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने गरी स्...

गण्डकी प्रदेशका ६७ प्रतिशत परिवार स्वास्थ्य बीमामा आबद्ध

गण्डकी । गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन प्रदेशको कुल परिवार सङ्ख्यामध्ये ६७ दशमलव ...

उपसभामुखको निर्वाचन शुक्रबार हुने

काठमाडौँ । सभामुख डिपी अर्यालले उपसभामुखको निर्वाचन चैत्र २७ गते शुक्रबारको मिति तोकेका छन् ।   प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख अर्यालले चैत्...

सेयर बजार २८ सय अंक नाघ्यो, सबै समूहका सूचक बढे

काठमाडौं। बुधबार नेप्से परिसूचक २८०२ अंकमा पुगेको छ, जसले अघिल्लो दिनको २.६१ अंक घटाइँसँग तुलना गर्दा ४५.१२ अंकको वृद्धि देखाएको छ। बन्द...

राष्ट्रियसभा बैठक : भ्रष्टाचार नियन्त्रणदेखि मल, बीउको व्यवस्था गर्नसम्म माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य ...

देशभर चैते झरी, मौसम सुधार भोलि पनि नहुने

काठमाडौं। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यका लगायत देशका अधिकांश भूभागमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। ...

लामो दूरीका सवारी साधनमा आज साँझदेखि नयाँ भाडादर लागू हुने

काठमाडौं । सरकारले संघीय सडकअन्तर्गत लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ। बढेको नयाँ दर आज साँझदेखि लाग...

कति छ आज कालिमााटीमा कृषिउपजको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending