काठमाडौं । कुनै बेला मुग्लिङ-पोखरा सडक यात्रा अत्यन्त कष्ट्रकर हुने गर्दथ्यो । हिजोआज मुग्लिङ-पोखरा सडकखण्डको यात्रा आनन्ददायी छ । मुग्लिङबाट पोखरा पुग्न धेरै कष्ट खेप्नु पर्दैन । अहिले सो सडकखण्डको धेरै काम सकिएको छ भने अझै पनि केही पुलहरु बन्ने क्रममा छन् ।
मुग्लिङ(पोखरा सडक पूर्वीखण्डका योजना प्रमुख प्रकाशचन्द्र भण्डारी मुग्लिङ-पोखरा सडक पूर्वीखण्डस्थित मादी नदी नेपालकै पहिलो पटक चार लेनको ठूलो पुल बनिरहेको बताउँछन् । उनकाअनुसार त्यो पुलको लम्बाई ३१८ मिटरको चार लेनको पुल बन्दैछ ।
भण्डारीले भने, ‘चार लेन गाडी कुद्ने नेपालको पहिलो पुल हो । नेपाल सरकारले पुलको डिजाइन गरेपछि निर्माणकर्ताले फेरि डिजाइन गरेको हो । डिजाइनको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीकै हो । मर्मत सम्भार अवधि ५ वर्षको हो । यसको सम्झौता रकम १ अर्ब २१ करोड हो । पुलको ७१ प्रतिशत वित्तीय प्रगति भएको छ ।’
प्रमुख भण्डारीकाअनुसार नेपाली ठेकेदारले डिजाइन गरेर पहिलो पटक चार लेनको पुल बनाइरहेको छ । ७ सेक्टेम्बर २०२२ मा यो पुल बनाउन सम्झौता भएको थियो । ६ सेक्टेम्बर २०२५ मा पुल निर्माणको समय सकिँदैछ । सम्झौता भएको १३ महिनापछि डिजाइन स्वीकृत भएको र आजको दिनमा ७१ प्रतिशत वित्तीय प्रगति सकारात्मक रहेको भण्डारीले बताए । उनकाअनुसार मनसुन शुरु भइसकेकाले पुलको बीचको भागको काम अघि बढाउन कठिन भइरहेको छ ।
खोलाको बहाव बढ्ने र ठेक्काहरु बगाउने भएकाले पुलको बीचको काम मनसुन सकिएपछि अब अघि बढ्नेछ । आगामी पुस-माघसम्ममा पूर्ण रुपमा पुल सम्पन्न हुने आशा छ । यो पुलको काम नेपाली निर्माण कम्पनी एनके निर्माण सेवाले गरिरहेको छ । डिजाइन स्वीकृत हुन ढिलाइ हुनु, निर्माण सामाग्रीको अभावले गर्दा पनि काम समयमै नसकिएको निर्माणव्यवसायी बताउँछन् । उनीहरुका अनुसार डिजाइन स्वीकृत गर्दा आठ वटा जग्गा र त्यत्ति नै घरहरुको प्रभावित हुने भएपछि मुआब्जा वितरण गरिसकिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८२ - २२:३६
को हुन् महेश बस्नेतसँग चुनावी मैदानमा उत्रिएका रामप्रसाद सापकोटा ‘दिपशिखा’ ?
माघ ७ गते, २०८२ - २१:४९
शरत्सिंह भण्डारी र पृथ्वी सुब्बा गुरुङको नथाक्ने उम्मेदवारी यात्रा
माघ ७ गते, २०८२ - २१:०३
झापा । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–५ मा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार...
माघ ७ गते, २०८२ - २०:५६
टिकट नपाएपछि गुरुङको विद्रोह
माघ ७ गते, २०८२ - २०:३७
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीअन्तर्गत देशभरका ...
माघ ७ गते, २०८२ - १४:१६
झापा । झापाको दमकमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएपछि झडप भएको हो । एमाले अध्यक्ष ओली...
माघ ७ गते, २०८२ - १४:१४
काठमाडाैं । काठमाडाैं महानगरपालिका वडा नं. १३ अन्तर्गत कालिमाटी–टंकेश्वर क्षेत्रबाट प्रहरीले करिब १३ लाख रूपैयाँ नगद र लागूऔषधसहित एक जनालाई पक्राउ गर...
माघ ७ गते, २०८२ - १४:०९
झापा । झापा निर्वाचन क्षेत्र नम्बर–२ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पूर्वसभामुख र पूर्वउपसभामुख चुनावी मैदानमा उत्रिएका छन् । पूर्वसभा...
माघ ७ गते, २०८२ - १४:०८
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी मनो...
माघ ७ गते, २०८२ - १४:०४
काठमाडौँ । निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका चार मन्त्री आसन्न प्रतिनिधिसभा सदस्य न...




प्रतिकृया लेख्नुहोस्: