मस्को । रुसले युक्रेनमा उत्तर कोरियाको आक्रमणलाई सघाउने एशियाली सहयोगीसँगको घनिष्ठ सम्बन्धको थप सङ्केतस्वरूप आइतबारदेखि उत्तर कोरियाका लागि सिधा व्यापारिक उडान सुरु गरेको छ ।
नर्डविन्ड एयरलाइन्सले सञ्चालन गरेको मस्को–प्योङयाङको पहिलो उडान स्थानीय समय अनुुसार आइतबार १६ ः०० बजे उडेको थियो र करिब आठ घण्टापछि उत्तर कोरियाको राजधानीमा अवतरण गर्ने तालिका रहेको छ । युरोपेली सङ्घले रुसी उडानमा प्रतिबन्ध लगाउनुअघि युरोपका पर्यटकीय गन्तव्यमा उडान भर्दै आएको नोर्डविन्ड एयरलाइन्सले मस्कोबाट प्योङयाङका लागि टिकटको मूल्य ४५ हजार रुबल (५७० अमेरिकी डलर) तोकेको छ ।
रुसको सरकारी समाचार संस्था तासका अनुसार मङ्गलबार प्योङयाङबाट मस्कोका लागि उडान हुने छ ।रूसको यातायात मन्त्रालयले यो रुट महिनामा एक पटक सञ्चालन गरिने जनाएको छ । सन् २०२० मा कोभिड–१९ को महामारीका बेला रेल सेवा बन्द गरेका रुस र उत्तर कोरियाले गत जुन १७ मा यसलाई पुनः सञ्चालन गरेका थिए ।
प्योङयाङले युक्रेनमा आफ्नो सैन्य कारबाहीमा रुसलाई प्रयोग गर्नका लागि सेना र हतियार उपलब्ध गराएसँगै हालैका वर्षहरूमा दुई देशबिच घनिष्ठ सैन्य सम्बन्ध गाँसिएको छ । गत वर्ष रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको भ्रमण गर्दा उनीहरूले आपसी रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए ।
उत्तर कोरियाले गत अप्रिलमा पहिलो पटक युक्रेनको सीमा क्षेत्रमा युक्रेनसँगको लडाईँका लागि रुसी सेनासँगै आफ्ना सैनिकको एक टुकडी तैनाथ गरेको पुष्टि गरेको थियो । एएफपी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: