काठमाडौं । सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ मा बस्ने हायु परिवारका १६ जनाको रहस्यमय तरिकाले बेपत्ता भएका छन् । उनीहरु आइतबार रातिदेखि बेपत्ता हुन् ।
घटना रहस्यमय देखिएकाले खोजी गर्न समस्या भइरहेको वडाध्यक्ष रविन श्रेष्ठले जानकारी दिए । सबै जनाको सिमान्तकृत परिवारको भत्ता बापतको ८ लाख रुपैयाँ चार दिनअघि मात्र उनीहरुले बुझेका श्रेष्ठको भनाइ छ ।
वडाध्यक्ष श्रेष्ठले सोमबार बिहान ११ बजेतिरमात्र सो घटनाबारे थाहा भएपछि प्रहरीसहित उर्मिला हायुको घरमा पुग्दा रहस्यात्मक घटनाहरु देखिएको बताए।
घर हल्का जलेको अवस्थामा र दुई किलो सुँगुरको मासु समेत फेला परे पनि परिवारका सदस्य फेला परेका छैनन्। ‘उर्मिला माझीको श्रीमान् गत वर्ष बित्नुभएको थियो। उहाँको जेठो छोरा वैदेशिक रोजगारीबाट हालैमात्र घर फर्किएको मैले थाहा पाएँ। चार दिनअघि बैठकबाट सामाजिक सुरक्षा भत्ता एकमुष्ट बुझेर लगेका थिए’ वडाध्यक्ष श्रेष्ठले भने ।
उर्मिलाको छोरा, बुहारी, नाति नातिना, छोरीहरूसहित एकै परिवारका १६ जना सदस्य बेपत्ता छन्। यो परिवारको घर अन्य बस्तीभन्दा १५ मिनेट पैदलयात्रा हिँडेपछि मात्र पुगिन्छ।
परिवारका सदस्य कहिलेदेखि बेपत्ता भएका हुन् भन्ने विषयमा पनि बुझ्ने क्रम जारी रहेको प्रहरीको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८२ - २२:३६
को हुन् महेश बस्नेतसँग चुनावी मैदानमा उत्रिएका रामप्रसाद सापकोटा ‘दिपशिखा’ ?
माघ ७ गते, २०८२ - २१:४९
शरत्सिंह भण्डारी र पृथ्वी सुब्बा गुरुङको नथाक्ने उम्मेदवारी यात्रा
माघ ७ गते, २०८२ - २१:०३
झापा । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–५ मा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार...
माघ ७ गते, २०८२ - २०:५६
टिकट नपाएपछि गुरुङको विद्रोह
माघ ७ गते, २०८२ - २०:३७
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीअन्तर्गत देशभरका ...
माघ ७ गते, २०८२ - १४:१६
झापा । झापाको दमकमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएपछि झडप भएको हो । एमाले अध्यक्ष ओली...
माघ ७ गते, २०८२ - १४:१४
काठमाडाैं । काठमाडाैं महानगरपालिका वडा नं. १३ अन्तर्गत कालिमाटी–टंकेश्वर क्षेत्रबाट प्रहरीले करिब १३ लाख रूपैयाँ नगद र लागूऔषधसहित एक जनालाई पक्राउ गर...
माघ ७ गते, २०८२ - १४:०९
झापा । झापा निर्वाचन क्षेत्र नम्बर–२ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पूर्वसभामुख र पूर्वउपसभामुख चुनावी मैदानमा उत्रिएका छन् । पूर्वसभा...
माघ ७ गते, २०८२ - १४:०८
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी मनो...
माघ ७ गते, २०८२ - १४:०४
काठमाडौँ । निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका चार मन्त्री आसन्न प्रतिनिधिसभा सदस्य न...




प्रतिकृया लेख्नुहोस्: