सर्लाही । खडेरीले प्रभावित भएका सर्लाहीसहित मधेश प्रदेशका अधिकांश क्षेत्रका किसान सोमबार आकाशे वर्षा भएपछि खुसी भएका छन् ।
यहाँ दुई दिनदेखि मौसम बद्ली भइरहेको थियो । सोमबार दिउँसोपख मेघगर्जनसहित सर्लाही र आसपासका जिल्लामा केहीबेर भारी वर्षा भएको हो । विशेषगरी आकाशे वर्षाको भर रहेको जिल्लाको चुरेवर्ती क्षेत्र र पूर्व भेगका किसानलाई सोमबार परेको पानीले ठूलो राहत मिलेको छ ।
विद्युतीय मोटरबाट जसोतसो धान रोपाइँ गरेकोमा सोमबार परेको पानीले पटपट फुटेर सुक्न थालेको रोपा जोगाउन मद्दत पुगेको हरिपूर्वा नगरपालिका –२, का किसान बिलास रायले जानकारी दिए । सर्लाहीमा हरिपूर्वासहित ईश्वरपुर, चन्द्रनगर, लालबन्दी, हरिवन, बागमती, हरिपुर, कविलासी क्षेत्रमा एक झर राम्रोसँग वर्षा भएको हो । यी क्षेत्रमा सबैभन्दा बढी आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ ।
कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहाले सोमबार दिउँसो पानीले बाँकी रहेको क्षेत्रमा धान रोपाइँ गर्न र रोपेको धान फस्टाउन ठूलो मद्दत पुगेको जानकारी दिए । उनका अनुसार बागमती सिँचाइ आयोजनाको नहरबाट पानी लाग्ने र मोटर तथा पम्पसेट चल्ने क्षेत्रमा निरन्तर धान रोपाइँ भइरहेको छ ।
पूर्व–पश्चिम राजमार्ग क्षेत्रदेखि उत्तरतर्फ आकाशे वर्षाको भर रहेको छ । चुरेभेगमा पानी परेपछि बाँके, फूलजोर, कालिन्जोर, लखन्देहीलगायत खोलाको शीरबाटै पानी बढेर आएकाले कुलोको पानी लगाएर खेती गर्ने किसानलाई राहत मिलेको छ ।
लालबन्दी नगरपालिका –१६, परवानीपुरका दिलबहादुर थापाले आकाशे वर्षा नहुँदा खोला नै सुक्न थालेको अवस्थामा सोमबार पानी परेपछि खोलामा पानी बढेको जानकारी दिए । पानी परेपछि सर्लाहीसहित मधेश प्रदेशमा तत्कालका लागि गर्मी समेत कम भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: