साङ्घाई । उत्तरपूर्वी कङ्गोमा ‘एलाइड डेमोक्र्याटिक फोर्स’का विद्रोहीहरूले आइतबार गरेको आक्रमणमा परी ४० जनाभन्दा बढीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय शान्ति अभियान तथा कङ्गोको सेनाले जनाएको छ ।
सन् २०१९ मा इस्लामिक स्टेटप्रति समर्पित एडिएफले कोमान्डा सहरको क्याथोलिक चर्चमा प्रार्थनाका लागि भेला भएका बासिन्दामाथि आक्रमण गरेको स्थानीयले जनाएका छन् । कङ्गोमा तैनाथ संयुक्त राष्ट्रसङ्घीय शान्ति अभियानका अनुसार आक्रमणमा नौ बालबालिकासहित ४३ जनाको मृत्यु भएको छ ।
प्रार्थनास्थल लक्षित आक्रमणहरू मानव अधिकार र अन्तर्राष्ट्रिय मानवीय कानूनका मापदण्ड विपरीत भएको शान्ति अभियानका उपप्रमुख भिभियन भ्यान डे पेरेले बताए । कङ्गोको सेनाले ‘नरसंहार’ को निन्दा गर्दै ‘करिब चालीस जना मारिनुका साथै र अन्य धेरै जना गम्भीर रूपमा घाइते भएको’ उल्लेख गरेको छ । एडीएफले ‘आतंक फैलाउने समूहमाथि बदला लिने निर्णय गरेको बताएको छ ।
स्थानीय स्रोतहरूले भने कम्तिमा ३५ जनाको मृत्यु भएको रिपोर्ट गरेका थिए । युगान्डाको सिमानामा रहेको इटुरी क्षेत्रमा महिनौँको शान्तिपुर्ण वातावरणपछि पुनः रक्तपात भएको हो । यसअघि, एडिएफद्वारा फेब्रुअरीमा आक्रमण भएको थियो, जसमा मम्बासा क्षेत्रमा २३ जनाको मृत्यु भएको थियो ।
इरुमु क्षेत्रको कोमान्डा सहर सोपो, उत्तरी किवु र मनिमालाई जोड्ने तीन अन्य प्रान्तहरूको पनि व्यापारिक केन्द्र हो । एडिएफ युगान्डाका विद्रोही हुन् जसले यस क्षेत्रमा कङ्गोली सशस्त्र बलको साथमा युगान्डाको सेना तैनाथ भएपनि उत्तरपूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा हजारौं नागरिकको हत्या र लुटपाट गरेको छ ।
सन् २०२१ को अन्त्यमा, कम्पाला र किन्सासाले एडिएफ विरुद्ध ‘सुजा’ भनिने संयुक्त सैन्य कारबाही सुरु भएको विद्रोह अहिलेसम्म नियन्त्रण भएको छैन । कङ्गोेली सेनाले एडिएफसँग बदला लिने प्रतिबद्धता व्यक्त गर्दै जनतालाई सतर्क रहन र कुनै पनि शङ्कास्पद व्यक्तिहरू फेला परेमा सेनालाई रिपोर्ट गर्न आह्वान गरेको छ । रासस/सिन्ह्वा
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: