Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

रक्तदानमा रुपन्देहीको कीर्तिमान, ६६ संघसंस्था सम्मानित

खबरडबली संवाददाता

भैरहवा । नेपाल रेडक्रस सोसाइटी, रुपन्देही शाखाले आर्थिक वर्ष २०८१–०८२ मा बुटवल र भैरहवा रक्तसञ्चार सेवा केन्द्रमार्फत ३४ हजार ७२ युनिट रक्त संकलन गरेको छ । जसमध्ये २८ हजार ७३५ युनिट विभिन्न संघसंस्थाको आयोजनामा र पाँच हजार ३३७ युनिट स्वयंसेवी रक्तदाताबाट संकलन भएको हो। यो संख्या अघिल्लो वर्षको तुलनामा दुई हजार ३९३ युनिटले बढी हो । ६०औं रक्तसञ्चार सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै रुपन्देहीले नेपालमै सबैभन्दा धेरै रक्त संकलन गर्ने जिल्ला बन्न सफल भएको जनाइएको छ । 

कार्यक्रम संयोजक शुशिल गुरुङले संस्थालाई अत्याधुनिक प्रविधिमा लैजाने तयारी भइरहेको बताए। गत वर्ष ४३८ संघसंस्थाले ७०७ वटा रक्तदान कार्यक्रम गरी रक्त संकलनमा योगदान गरेका थिए। कार्यक्रममा एक सयभन्दा बढी पिन्ट रक्तदान गर्ने ६६ संघसंस्था सम्मानित भए । नेपाल स्वयंसेवी रक्तदाता समाज पहिलो, नेपाल नियमित रक्तदाता संघ रुपन्देही दोस्रो, र नेपाल स्वयंसेवी रक्तदाता तिलोत्तमा शाखा तेस्रो भएका छन्। 

लुम्बिनी प्रदेश सरकारद्वारा सरकारी अस्पतालमा निःशुल्क रगत प्रदान गर्ने कार्यको प्रशंसा गर्दै रेडक्रसले यो सेवा निजी अस्पतालसम्म विस्तार गर्न माग गरेको छ। समारोहमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनासहित विभिन्न पदाधिकारीले संघसंस्थाका प्रतिनिधिलाई सम्मान गरे। लुम्बिनी प्रदेशका सरकारी तथा निजी अस्पतालमा उपचारका लागि आउने र रगतको आववश्यकता परेका विरामीलाई सहज र छिटोछरितो रुपमा उपलब्ध गराउनेतर्फ आफू प्रयत्नशिल रहेको बताए ।

सोसाइटीले पेपरलेस प्रणाली, तथ्यांकिकरण अनलाइन, वेभसाइट लन्च, विपद् व्यवस्थापन, पारिवारिक पुनःस्थापना, एम्बुलेन्स सेवा लगायतका कार्यक्रम सञ्चालन गर्दै आइरहेको जानकारी मन्त्री टेकबहादुर थापाले दिए। संस्था “रक्तदान गरौं, आशा जोगाऔंः सँगै मिलि जीवन बचाऔं“ भन्ने नाराका साथ सामाजिक सेवामा अग्रसर छ।नेपालका पहिलो रक्तदाता दयाबिर सिंह कंसाकार हुन् । रक्तसञ्चार सेवा केन्द्र बुटवल २०३४ सालमा र भैरहवा केन्द्र २०५७ सालमा स्थापना गरिएको थियो। 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सत्ता, पहुँच र प्रचारको घेराबन्दीमा रहेका बस्नेतलाई भक्तपुर–२ मा ‘दिपशिखा’ को चुनौती

को हुन् महेश बस्नेतसँग चुनावी मैदानमा उत्रिएका रामप्रसाद सापकोटा ‘दिपशिखा’ ?

चुनावी लोकतन्त्र कि पुराना अनुहारको घुम्ती ?

शरत्सिंह भण्डारी र पृथ्वी सुब्बा गुरुङको नथाक्ने उम्मेदवारी यात्रा

झापा–५ मा २४ उम्मेदवार, ओलीदेखि युवा चुनौतीकर्तासम्मको भिड

झापा । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–५ मा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार...

ओखलढुंगामा १६ जनाको उम्मेदवारी दर्ता, सबै नयाँ अनुहार

टिकट नपाएपछि गुरुङको विद्रोह

नेकपाका १६५ उम्मेदवार सार्वजनिक, सबै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीअन्तर्गत देशभरका ...

झापाकाे दमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप

झापा । झापाको दमकमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप भएको छ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएपछि झडप भएको हो ।  एमाले अध्यक्ष ओली...

करिब १३ लाख रूपैयाँ र लागूऔषधसहित काठमाडाैंबाट एकजना पक्राउ

काठमाडाैं । काठमाडाैं महानगरपालिका वडा नं. १३ अन्तर्गत कालिमाटी–टंकेश्वर क्षेत्रबाट प्रहरीले करिब १३ लाख रूपैयाँ नगद र लागूऔषधसहित एक जनालाई पक्राउ गर...

झापा–२ मा पूर्वसभामुख र पूर्वउपसभामुख चुनावी प्रतिस्पर्धामा

झापा । झापा निर्वाचन क्षेत्र नम्बर–२ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पूर्वसभामुख र पूर्वउपसभामुख चुनावी मैदानमा उत्रिएका छन् । पूर्वसभा...

सुनसरी–१ बाट हर्क साम्पाङको उम्मेदवारी दर्ता

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी मनो...

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

काठमाडौँ । निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका चार मन्त्री आसन्न प्रतिनिधिसभा सदस्य न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending