Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

रक्तदानमा रुपन्देहीको कीर्तिमान, ६६ संघसंस्था सम्मानित

खबरडबली संवाददाता

भैरहवा । नेपाल रेडक्रस सोसाइटी, रुपन्देही शाखाले आर्थिक वर्ष २०८१–०८२ मा बुटवल र भैरहवा रक्तसञ्चार सेवा केन्द्रमार्फत ३४ हजार ७२ युनिट रक्त संकलन गरेको छ । जसमध्ये २८ हजार ७३५ युनिट विभिन्न संघसंस्थाको आयोजनामा र पाँच हजार ३३७ युनिट स्वयंसेवी रक्तदाताबाट संकलन भएको हो। यो संख्या अघिल्लो वर्षको तुलनामा दुई हजार ३९३ युनिटले बढी हो । ६०औं रक्तसञ्चार सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै रुपन्देहीले नेपालमै सबैभन्दा धेरै रक्त संकलन गर्ने जिल्ला बन्न सफल भएको जनाइएको छ । 

कार्यक्रम संयोजक शुशिल गुरुङले संस्थालाई अत्याधुनिक प्रविधिमा लैजाने तयारी भइरहेको बताए। गत वर्ष ४३८ संघसंस्थाले ७०७ वटा रक्तदान कार्यक्रम गरी रक्त संकलनमा योगदान गरेका थिए। कार्यक्रममा एक सयभन्दा बढी पिन्ट रक्तदान गर्ने ६६ संघसंस्था सम्मानित भए । नेपाल स्वयंसेवी रक्तदाता समाज पहिलो, नेपाल नियमित रक्तदाता संघ रुपन्देही दोस्रो, र नेपाल स्वयंसेवी रक्तदाता तिलोत्तमा शाखा तेस्रो भएका छन्। 

लुम्बिनी प्रदेश सरकारद्वारा सरकारी अस्पतालमा निःशुल्क रगत प्रदान गर्ने कार्यको प्रशंसा गर्दै रेडक्रसले यो सेवा निजी अस्पतालसम्म विस्तार गर्न माग गरेको छ। समारोहमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनासहित विभिन्न पदाधिकारीले संघसंस्थाका प्रतिनिधिलाई सम्मान गरे। लुम्बिनी प्रदेशका सरकारी तथा निजी अस्पतालमा उपचारका लागि आउने र रगतको आववश्यकता परेका विरामीलाई सहज र छिटोछरितो रुपमा उपलब्ध गराउनेतर्फ आफू प्रयत्नशिल रहेको बताए ।

सोसाइटीले पेपरलेस प्रणाली, तथ्यांकिकरण अनलाइन, वेभसाइट लन्च, विपद् व्यवस्थापन, पारिवारिक पुनःस्थापना, एम्बुलेन्स सेवा लगायतका कार्यक्रम सञ्चालन गर्दै आइरहेको जानकारी मन्त्री टेकबहादुर थापाले दिए। संस्था “रक्तदान गरौं, आशा जोगाऔंः सँगै मिलि जीवन बचाऔं“ भन्ने नाराका साथ सामाजिक सेवामा अग्रसर छ।नेपालका पहिलो रक्तदाता दयाबिर सिंह कंसाकार हुन् । रक्तसञ्चार सेवा केन्द्र बुटवल २०३४ सालमा र भैरहवा केन्द्र २०५७ सालमा स्थापना गरिएको थियो। 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अठार वटा कृष्णसार स्थानान्तरण गरिने

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट १८ वटा कृष्णसार स्थानान्तरण गरिने भएको छ । वन तथा वातावरण ...

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

काठमाडाैँ । इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई अस्वीकार गरेको इरानी सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ। अमेरिकी ...

काभ्रेमा पक्की पुलका सात नयाँ योजना, १२ निर्माणाधीन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया अघि बढाइएको छ । बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत ती पुल...

‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ता

कैलाली । कैलालीको जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले ‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको...

ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा

रुपन्देही । रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले ‘अपरेसन साइलेन्ट स्ट्रिट्स’ सञ्चालन गरेको छ । सो अपरेसनअन्तर्गत स्वरुप ...

नेमकिपाले गाउँ-टोलमै पुगेर मतदातालाई धन्यवाद दिने

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तेस्रो केन्द्रीय समिति बैठक सम्पन्न भएको छ। आठौं महाधिवेशनपछिको यो बैठक चैत २१ देखि २३ गतेसम्म चलेक...

घुससहित विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख पक्राउ

जनकपुरधाम । नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ। अख्तियार दुरुप...

दुई दिने सार्वजनिक बिदाको तेस्रो प्रयास : संकट समाधान कि दीर्घकालीन सुधार ?

काठमाडौं । इन्धन आपूर्ति र बढ्दो खर्च व्यवस्थापनको सन्दर्भमा सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ। सोमबारदेखि ला...

ड्युटीमा रहेका प्रहरी कुटेको आरोपमा सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष पक्राउ

बुटवल । कपिलवस्तुको सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष ओमप्रकाश चौधरी कुर्मी पक्राउ परेका छन् । चौधरीलाई ड्युटीमा रहेका प्रहरी कुटपिट गरेको आरोपमा प्रहरी...

विरोध प्रदर्शनमा संलग्न दुई पुरुषलाई इरानमा मृत्युदण्ड

काठमाडौँ । जनवरीमा भएको विरोध प्रदर्शनको क्रममा सैन्य प्रतिष्ठानमा प्रवेश गर्ने र हतियारसम्म पहुँच प्रयास गरेको आरोपमा दोषी ठहरिएका दुई पुरुषलाई इरानल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending