Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

मधेशमा लागूऔषध कारोबार नियन्त्रण अभियान जारी, सफलता पााउँदै प्रहरी

खबरडबली संवाददाता

रौतहट । हालका दिनमा लागूऔषधको 'ट्रान्जिट' मार्गको रूपमा मधेश प्रदेश उभिन थालेपछि प्रदेश प्रहरी सक्रिय बनेको छ।

डिआईजी उमा प्रसाद चतुर्वेदीको निर्देशनमा भारतसँग सीमा जोडिएका आठै जिल्लामा लागूऔषध कारोबार र दुव्र्यसन नियन्त्रणका लागि प्रहरीले तीव्र अभियान थालेको हो। प्रहरीले उल्लेख्य मात्रामा लागूऔषध बरामद गर्दै सयौं मुद्दा फछ्र्यौट गरेको छ।

सीमावर्ती क्षेत्र र लागूऔषधको सहज आपूर्ति
नेपाल प्रहरीको अनुसन्धान अनुसार, भारतसँग सिमाना जोडिएका जिल्लाहरू — खासगरी सिराहा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, पर्सा, बारा र सापटारीमार्फत लागूऔषध काठमाडौं लगायतका ठूला सहरसम्म पुग्ने गरेको छ। भारतीय बजारमा खुलेआम पाइने लागूऔषध मधेश प्रदेश हुँदै भित्रिनु तथा त्यहीँबाट वितरण हुनु प्रदेशलाई 'ट्रान्जिट हब' बनाएको छ।

एक वर्षमा २३ करोड बराबरको लागुऔषध बरामद

मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार, गएको एक वर्षको अवधिमा मात्रै करिब २३ करोड रुपैयाँ बराबरको लागुऔषध बरामद गरिएको छ।

गाँजाः १५हजार,४४२ किलोग्राम (मूल्य १८ करोड ६० लाख)
चरेसः ५ सय ०८ किलोग्राम (मूल्य १ करोड ११ लाख)
ब्राउन सुगरः ३.२ किलोग्राम (मूल्य १५ लाख)
अफिमः ४६ किलोग्राम (मूल्य २५ लाख)
ट्याब्लेट, इञ्जेक्सन, सिरपस् ३लाख, ७५हजार, ७सय ३६ थान (मूल्य १ करोड ६७ लाख)

५८४ मुद्दा दर्ता, ५२२ फछ्र्यौट

प्रदेश प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चुर्तुवेदीका अनुसार, यो अवधिमा ५८४ लागूऔषध सम्बन्धी मुद्दा दर्ता भएका छन्, जसमध्ये ५२२ मुद्दा फछ्र्यौट भइसकेका छन्। उनले  लागुऔषध नियन्त्रणसँगै आत्महत्या, आर्थिक अपराध, र सडक दुर्घटनामा पनि वृद्धि देखिएको जानकारी दिएका छन्।

आत्महत्याको चित्त दुखाउने तथ्य

एक वर्षको अवधिमा १हजार,२५३ जनाले आत्महत्या गरेको तथ्यांक प्रदेश प्रहरीले सार्वजनिक गरेको छ। पानीमा डुबेर २१५ जनाको मृत्यु भएको छ। त्यस्तै, करेन्ट लागेर १३८ जना, आगलागीमा परेर १९ जनाको ज्यान गएको तथ्यांकमा उल्लेख गरिएको छ। यो तथ्यांकले मानसिक स्वास्थ्यको अवस्थाबारे गहिरो सोच आवश्यक रहेको संकेत गर्छ।

हतियार र तस्करी नियन्त्रण

एक वर्षमा १६ थान साना हतियार र १९ थान ठूला हतियार बरामद गरिनुका साथै राजस्व छली र तस्करी नियन्त्रणमा कडाइ गरिएको डीआईजी चुर्तुवेदीले बताएका छन्।मधेस प्रदेश प्रहरी कार्यालये गत आर्थीक बर्षमा १ अर्ब ३५ करोड ९७ लाख २७ हजार ९२३ रुपैयाँ बराबरको भन्साल छलीको सामान नियन्त्रणमा लिएर सम्बन्धित कार्यालयमा बुझाएको तथ्यांकमा उल्लेख छ । यसैगरी, १८ करोड ३७ लाख ९१ हजार ३५८ रुपैयाँ ट्राफिक राजश्वबाट उठेको डिआईजी चतुर्वेदीले न्युज कारखानालाई बताए । 

सीमावर्ती चुनौती र बहु-स्तरीय समाधानको आवश्यकता

मधेश प्रदेशको भौगोलिक अवस्थाले गर्दा यहाँ लागूऔषध, हतियार, र अन्य गैरकानुनी कारोबार सहज भएको देखिन्छ। खुला सीमा, गरिबी, बेरोजगारी, र सीमित शिक्षा अवसरका कारण युवाहरू जोखिमयुक्त क्रियाकलापतर्फ आकर्षित छन्।
प्रहरीको सक्रियता सराहनीय भए पनि दीर्घकालीन समाधानका लागि समुदायस्तरीय जनचेतना, मानसिक स्वास्थ्य सेवा, पुनर्स्थापना केन्द्रको व्यवस्था, र अन्तरदेशीय सहकार्य अपरिहार्य देखिन्छ। यसका साथै, स्थानीय सरकार, विद्यालय, अभिभावक, र सामाजिक संघसंस्थाको भूमिकासमेत महत्वपूर्ण हुने उनले जनाए ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सत्ता, पहुँच र प्रचारको घेराबन्दीमा रहेका बस्नेतलाई भक्तपुर–२ मा ‘दिपशिखा’ को चुनौती

को हुन् महेश बस्नेतसँग चुनावी मैदानमा उत्रिएका रामप्रसाद सापकोटा ‘दिपशिखा’ ?

चुनावी लोकतन्त्र कि पुराना अनुहारको घुम्ती ?

शरत्सिंह भण्डारी र पृथ्वी सुब्बा गुरुङको नथाक्ने उम्मेदवारी यात्रा

झापा–५ मा २४ उम्मेदवार, ओलीदेखि युवा चुनौतीकर्तासम्मको भिड

झापा । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–५ मा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार...

ओखलढुंगामा १६ जनाको उम्मेदवारी दर्ता, सबै नयाँ अनुहार

टिकट नपाएपछि गुरुङको विद्रोह

नेकपाका १६५ उम्मेदवार सार्वजनिक, सबै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीअन्तर्गत देशभरका ...

झापाकाे दमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप

झापा । झापाको दमकमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप भएको छ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएपछि झडप भएको हो ।  एमाले अध्यक्ष ओली...

करिब १३ लाख रूपैयाँ र लागूऔषधसहित काठमाडाैंबाट एकजना पक्राउ

काठमाडाैं । काठमाडाैं महानगरपालिका वडा नं. १३ अन्तर्गत कालिमाटी–टंकेश्वर क्षेत्रबाट प्रहरीले करिब १३ लाख रूपैयाँ नगद र लागूऔषधसहित एक जनालाई पक्राउ गर...

झापा–२ मा पूर्वसभामुख र पूर्वउपसभामुख चुनावी प्रतिस्पर्धामा

झापा । झापा निर्वाचन क्षेत्र नम्बर–२ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पूर्वसभामुख र पूर्वउपसभामुख चुनावी मैदानमा उत्रिएका छन् । पूर्वसभा...

सुनसरी–१ बाट हर्क साम्पाङको उम्मेदवारी दर्ता

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी मनो...

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

काठमाडौँ । निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका चार मन्त्री आसन्न प्रतिनिधिसभा सदस्य न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending