तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माणस्थलमा पानीको सतहबारे सूचना दिने सेन्सर जडान गरिएको छ । आयोजनाले आपत्कालीन पूर्वतयारीका रूपमा सेती नदीमा पानीको सतह मापन, अस्थायी बाँधको सुरक्षाका लागि निरन्तर निगरानी र आपत्कालीन पूर्वतयारीलाई प्रभावकारी बनाउन पानीको सतह मापन गर्न सेन्सर जडान गरिएको हो ।
सेन्सर जडान गर्नुको मुख्य उद्देश्य मनसुनको बाढीबाट अस्थायी बाँध भत्किन सक्ने जोखिम न्यूनीकरण गर्नु रहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य योजनाअन्तर्गत उक्त प्रणालीले बाढीको सतहको वास्तविक समयमा निगरानी गर्न मद्दत पुग्नुका साथै सार्वजनिक तथा अन्य सरोकार भएकासँगको सञ्चारलाई थप प्रभावकारी बनाउने उनले बताए ।
भण्डारीले भने- ‘पानीको सतहसम्बन्धी जानकारीसहितको विवरण ‘मल्टिस्क्रिन डिस्प्ले’ बोर्डमा देखिन्छ, जसले महत्त्वपूर्ण सूचना समयमै र तत्कालै प्रवाह गर्न सहयोग पुग्नेछ ।’ अस्थायी बाँध रहेको स्थान भौगोलिक रूपमा दुर्गम भएकाले रातिको समयमा त्यहाँ पुगेर स्थिति अवलोकन गर्न जटिल हुने भएकाले यस्तो प्रविधिले विपद् न्यूनीकरणमा सहयोग पुर्याउने उनले विशवास व्यक्त गरे ।
आयोजनाले मुख्य बाँधस्थलभन्दा तल्लो तटीय क्षेत्रका बासिन्दालाई सेती नदीको जलसतह सतर्कता तहभन्दा बढेमा सतर्कताको पूर्वसूचना दिन आपत्कालीन अवस्थामा प्रभावकारी सञ्चार सुनिश्चित गर्न मोबाइल नम्बरमा सन्देश पठाउन सेवा प्रदायकसँग सम्झौता भइसकेको आयोजना प्रमुख भण्डारीले जानकारी दिए । उनका अनुसार आयोजनाले आपत्कालीन अवस्थाको पूर्वसूचना दिन तल्लो तटीय क्षेत्रभित्रका समुदायलाई एकैपटक मोबाइल फोन प्रयोगकर्तालाई सतर्कता अपनाउने सन्देश समेटिएको एसएमएस पठाउनेछ ।
भण्डारीले भने, ‘यसका लागि त्यस क्षेत्रका बासिन्दाको मोवाइल नम्बर सङ्कलन गरिसकिएको छ । यस प्रणालीको उद्देश्य बाढीजस्ता आपत्कालीन अवस्थामा सम्भावित जोखिममा रहेका तल्लो तटीय बस्तीलाई समयमा सूचना प्रवाह गराई सार्वजनिक सुरक्षा र तयारी क्षमता अभिवृद्धि गर्नु हो ।’ आयोजनाले बाढीका कारण नदीको बहावमा हुने वृद्धि र बाँधको गेट खोलेको पूर्वसूचना दिन १७ स्थानमा साइरन जडान गरिसकेको जनाएको छ ।
आयोजनाको नदी सुरक्षा व्यवस्थापन योजनाअन्तर्गत बाँध निर्माणस्थलभन्दा तल्लो तटीय क्षेत्रमा पर्ने होक्सेटारबाट घुमाउने क्षेत्रका समुदायलाई पूर्वसूचना दिन साइरन जडान गरिएको भण्डारीले उल्लेख गरे ।
उनले भने, ‘सेती नदीमा निर्माण हुने १४० मिटर अग्लो बाँध र सोबाट तल्लो तटीय क्षेत्रमा पानीको सतहमा आउन सक्ने उतारचढावका विषयमा अग्रिम सूचना दिन साइरन जडान भएर सञ्चालनमा आइसकेको छ ।’ साइरन जडानपश्चात् बाँधमा जम्मा भएको पानीलाई प्राविधिक कारणले एकैचोटी छाड्नुपर्दा नदीमा अकस्मात आउन सक्ने बाढीबाट मानवीय क्षति नहोस् भन्नका लागि नदीमा नुहाउने, लुगा धुने, माछा मार्ने र पौडी खेल्नेकार्य गरिरहेका सर्वसाधारणलाई पूर्वसूचना दिइने जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - २०:१५
काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सहायता कटौति शर...
मंसिर ३० गते, २०८२ - २०:११
जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...
मंसिर ३० गते, २०८२ - २०:०६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...
मंसिर ३० गते, २०८२ - २०:०१
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीक...
मंसिर ३० गते, २०८२ - १९:०७
काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...
मंसिर ३० गते, २०८२ - १९:०४
काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...
मंसिर ३० गते, २०८२ - १९:०२
कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...
मंसिर ३० गते, २०८२ - १८:५९
काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...




प्रतिकृया लेख्नुहोस्: