Khabar Dabali १० बैशाख २०८३ बिहीबार | 23rd April, 2026 Thu

एक वर्षमा ५७२ जना महिलाको जमुनाहा नाकाबाट उद्धार

खबरडबली संवाददाता

नेपालगन्ज। मानवबेचविखनको अत्यधिक जोखिममा रहेको नेपालगज्जस्थित जमुनाहा नाकाबाट गत एक वर्षको अवधीमा बेचविखनको उच्च जोखिममा रहेका ५७२ जना महिला तथा किशोरीको उद्धार गरिएको छ ।

मानवबेचविखन रोक्ने कार्यमा सक्रिय गैरसरकारी संस्था माइती नेपालले बाँकेको जमुनाहा नाकाबाट गत एक वर्षको अवधीमा ५७२ जना महिला र किशोरीको उद्धार गरेको जनाएको छ ।

माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले विभिन्न बहाना र प्रलोभन दिएर पश्चिम नेपालका दाङ्ग, सुर्खेत, सल्यान, दैलेख र जाजरकोट लगायतका जिल्लाबाट ल्याई नाका पार गराउन लाग्दा ५७२ जनाको उद्धार गरेर घर पठाइएको बताए।

उनले खुला सीमानाको लाभ उठाउँदै नेपालका महिला तथा किशोरीहरुलाई ललाई फकाई नाका पार गराएर भारतका विभिन्न सहरमा पुर्‍याएर बेचविखन गर्नेहरु सक्रिय रहेको बताए ।

मानवबेचविखनको अत्यधिक जोखिममा रहेको नेपालगन्जस्थित जमुनाहा नाकामा प्रहरी र विभिन्न संघसंस्थाले निगरानी बढाएर कडाई गरेपछि जोखिममा रहेका महिला तथा किशोरीको उद्धार सम्भव भएको माइती नेपाल नेपालगन्जले जनाएको छ ।

माइती नेपाल नेपालगन्जका संयोजक कोइरालाका अनुसार सो अवधीमा भारत तथा खाडी मुलुक समेतबाट बेचविखन र श्रम शोषणमा परेका १० जना महिलाको उद्धार गरेर नेपाल ल्याइएको छ । सो अवधिमा विभिन्न जिल्लाबाट हराएका ७८८ जना महिला र बाालिकाको खोज तलास तथा उद्धारको निवेदन परेकोमा खोज तलाश गर्दा ४१५ जना फेला परेको उनले बताए ।

अझैपनि ३७३ जनाको अवस्था अज्ञात रहेकोले उनिहरुको पनि खोजी कार्य विभिन्न माध्यमबाट जारी रहेको माइती नेपालले जनाएको छ । सो संस्थाका अनुसार बेचविखनका दुई वटा मुद्दा समेत दर्ता गरिएको छ ।

बेचविखनमा सक्रिय दलालहरुले बेला बेलामा नयाँ नयाँ तरिकाको प्रयोग गरेर नाका पार गराउने कार्य गर्दै आएकोले पनि नियन्त्रणमा समस्या हुने गरेको मानवबेचविखन नियन्त्रणमा सक्रियहरुको भनाइ छ ।  

नाकामा कडा निगरानी गर्नुका साथै पहाडी जिल्लाहरुमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु पनि सञ्चालन गरिनु आवश्यक रहेको कुरामा विशेष जोड दिइएको छ ।

मानवबेचविखन नियन्त्रणका लागि नेपाल र भारतका सुरक्षा अधिकारी तथा अन्य सरोकारवालाहरुबिच छलफल तथा संवाद कार्यक्रम पनि हुँदै आएको माइती नेपालले जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फेरि सार्वजनिक यातायातको भाडा ९.८ प्रतिशत बढ्दै

काठमाडौं । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुन: सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष प्रस्ताव प...

राजीनामा दिएसँगै गृहमन्त्रालयबाट बाहिरिए सुधन गुरुङ

काठमाडौं। सुधन गुरुङ गृहमन्त्री पदबाट राजीनामा दिएसँगै गृहमन्त्रालयबाट बाहिरिएका छन् । उनले आज बुधबार  प्रधानमन्त्री बालेन शाहसमक्ष प्रधानमन्त्री त...

महिला टी–२० च्यालेन्ज: नेपालले रुवान्डालाई दुई विकेटले हरायो

काठमाडौँ। नेपालले आइसिसी महिला टी–२० च्यालेन्ज घरेलु टोली रुवान्डामाथि जित निकालेको छ । रुवान्डाको घरेलु मैदान किगालीमा रहेको गहङ्गा क्रिकेट ओभलमा ...

व्यवसायीद्वय दीपक भट्ट र अग्रवालमाथि अनुसन्धान गर्न ७ दिन म्याद थप

काठमाडौं । व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाल माथि थप अनुसन्धान गर्न अदालतले ७ दिनको म्याद थपको अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालत का न्यायाध...

कर्णबहादुर मल्ल पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं । बलात्कारको आरोपमा कर्णबहादुर मल्ल लाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश भगवती शर्मा ढुङ्गानाक...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, सात अर्बको कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ९५ अङ्कले घटेर दुई हजार ८०४ दशमलव १...

कानुनी परिपालना गर्न औद्योगिक प्रतिष्ठानलाई विभागको निर्देशन

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले औद्योगिक एवं प्रतिष्ठानहरूलाई कानुनको पालना गरी तत्क...

गृहमन्त्रीको राजीनामाबारे प्रचण्डको प्रतिक्रिया: उहाँले जे गर्नुभयो, राम्रो गर्नुभयो

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको कदमलाई सकारात्मक बताएका छ...

१४ केजी बढी चरेस सहित चार जना पक्राउ

कपिलवस्तु। कपिलवस्तु प्रहरीले १४ केजीभन्दा बढी लागु औषध चरेससहित ४ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले कृष्णनगर नगरपालि...

चैत १३ मा गृहमन्त्री नियुक्त भएका गुरुङले दुईदिन अघिमात्रै किनेका थिए भेडेटारमा जग्गा

विराटनगर। गृहमन्त्री सुधन गुरुङले मन्त्री पदको जिम्मेवारी सम्हाल्नुभन्दा दुई दिनअघि धनकुटामा करिब २० रोपनी जग्गा खरिद गरेको खुलासा भएको छ। धनकुटाको...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending