फिदिम। संघीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुदको विकासका लागि पूर्वाधारमा लगानी बढाउने बताँएको छन् ।
खेलाडी उत्पादन नभए खेलकुदको विकास नहुने भन्दै मन्त्री चौधरीले अब फुटबल, भलिबल र क्रिकेटसहितका खेलकुदको खेलाडी उत्पादनका लागि प्रशिक्षण र आवस्यक पूर्वाधार निर्माणमा केन्द्रीत नीति कार्यक्रम बनाउने बताए।
ग्रामिण खेलाडी उत्पादन गर्न पालिकाहरुमै कार्यक्रम कार्यन्वयन गर्ने गरी लगानी बढाँउने नीति ल्याउने तयारी भइरहेको उनको भनाई छ । आइतबार पाँचथरको फिदिममा जिल्ला खेलकुद विकास समिति पाँचथरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री चौधरीले जनाए ।
‘भरसक निर्माणको जिम्मा दिइएको ठेकेदार कम्पनीलाई थप जिम्वेवार बनाउने नभए प्रकृया पुर्याएर ठेक्का तोड्ने प्रकृया थाल्नेछौँ,’’ उनले भने।
फिदिममा २०७७ फागुन १ गते तत्कालीन भौतिक पूर्वाधार मन्त्री वसन्तकुमार नेम्वाङले शिलान्यास गरेको फिदिम रङ्गशालाको निर्माण अधुरो छ । १२ करोड १५ लाख ६६ हजार रुपियाँमा निर्माण गर्ने भनिएको खेल मैदानको ३१।७५ काम सकेर निर्माण व्यवसायी सम्पर्कबिहिन छन् ।
यसैगरी, फिदिम–५ मा रहेको पाँचथर रङ्गशालाको निर्माण पनि स्थानीयले निस्शुल्क दिएको ६२ रोपनी जग्गामा हुनुपर्ने भए पनि बजेट अभावका कारण रोकिएको छ ।
मन्त्री चौधरीले यसका लागि पनि आगामी आर्थिक वर्षमा आवश्यक बजेट व्यवस्थापन गरिने स्पष्ट पारे। मन्त्री चौधरीले जिल्लाको खेलकुद विकास र खेल मैदान निर्माणमा सरकारले ध्यान दिने प्रतिबद्धता समेत व्यक्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ६ गते, २०८२ - १८:२५
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन...
माघ ६ गते, २०८२ - १७:०६
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । चुनावमा सहभागी हुन भन्दै उनले राजीनामा बुझाउन लागेका हुन् । खरेल ...
माघ ६ गते, २०८२ - १६:५५
पोखरा । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । उनी पोखरामा कार्यक्रममा सहभाग...
माघ ६ गते, २०८२ - १६:२८
जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा। स्वर्णिम वाग्लेले मधेश प्रदेशमा ६० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने विश्वास व्यक्त गर...
माघ ६ गते, २०८२ - १६:०६
झलनाथ र बामदेव परेनन्
माघ ६ गते, २०८२ - १५:३४
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता हिक्मतजंग कार्कीले पार्टी छोडेका छन्। उनले पार्टी नेतृत्वको टिकट वितरणमा मनपरी गरेको निर्ण...
माघ ६ गते, २०८२ - १५:१९
स्याङ्जा। आगामी फागुन २१ ग्ते हुने प्रतिनिधी सभा निर्वाचनमा स्याङ्जामा नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ । दुई निर्वाचन क्षेत्र रहेको य...
माघ ६ गते, २०८२ - १४:२९
काठमाडौं । नेपाली कांग्रेसले आगामी २१ फागुनमा हुन गइरहेको निर्वाचनका लागि हिमाली जिल्लाहरूमा उम्मेदवारको टुंगो लगाएको छ। पार्टीभित्रै विवाद र छलफल चलि...
माघ ६ गते, २०८२ - १३:५७
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रतिनिधिसभा निर्वाचनका केही क्षेत्रमा उम्मेदवार मिलाउन सकिने अवस्था रहे अध्यक्ष केपी शर्मा ओलीलाई ...
माघ ६ गते, २०८२ - १३:२६
काठमाडौं । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्। उनले विधिवत रूपमा प्रदेशसभा सदस्यबाट राजीनामा दिएको ज...




प्रतिकृया लेख्नुहोस्: